मुद्रण उद्योग महासङ्घको महाधिवेशनबाट ४३ जना पदाधिकारी निर्वाचित (Gorkhapatra)

मुद्रण उद्योग महासङ्घको महाधिवेशनबाट ४३ जना पदाधिकारी निर्वाचित (Gorkhapatra)


मुद्रण उद्योग महासङ्घको महाधिवेशनबाट ४३ जना पदाधिकारी निर्वाचित (Gorkhapatra)
February 5, 2024

काठमाडौं, माघ २२ गते । मुद्रण उद्योग महासङ्घको १० औं साधारणसभा तथा पाँचौँ महाधिवेशनबाट ४३ जना पदाधिकारी निर्वाचित भएका छन् । महासङ्घको आइतबार काठमाडौंमा सम्पन्न पाँचौँ महाधिवेशनबाट पदाधिकारीसहित ४३ जनाको कार्यसमिति निर्वाचित भएको हो ।

महाधिवेशनबाट अध्यक्षमा विष्णु तिवारी निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घका अनुसार प्रथम उपाध्यक्षा राजकुमार घिमिरे र द्वितीय उपाध्यक्षमा मनोजकुमार जि.सी निर्वाचित हुनुभएको छ ।

यसैगरी, उपाध्यक्ष कोशीमा युवराज डाँगी, उपाध्यक्ष मधेशमा सीताराम साह, उपाध्यक्ष बागमतीमा इन्द्रप्रसाद नेपाल, उपाध्यक्ष गण्डकीमा महेन्द्र बजिमय, उपाध्यक्ष लुम्बिनीमा मीना सुवेदी ढकाल, उपाध्यक्ष कर्णालीमा सोमराज ढकाल, उपाध्यक्ष सुदूरपश्चिममा मणिकान्त मिश्र, महासचिवमा अर्जुनप्रसाद सापकोटा, उप–महासचिवमा चण्डी ढकाल, सचिवमा नारायण भट्टराई, सह–सचिवमा खिलनाथ लुइँटेल र कोषाध्यक्षमा निराजन नरसिंह शाक्य निर्वाचित हुनुभएको महासङ्घले जनाएको छ ।

https://gorkhapatraonline.com/news/95378