महासंघद्वारा पाठ्यक्रम बिकास केन्द्र समष ज्ञापनपत्र पेश

महासंघद्वारा पाठ्यक्रम बिकास केन्द्र समष ज्ञापनपत्र पेश


महासंघद्वारा पाठ्यक्रम बिकास केन्द्र समष ज्ञापनपत्र पेश
March 15, 2019

सामूदायिक बिदालयका पाठ्यपुश्तक छपाई तथा बितरण लगायत मुद्रण उद्योगसंग सम्वद्ध यावद बिषयहरुमा गरिने छलफल, अन्तरक्रिया लगायत जुनसुकै निर्णय प्रक्रियामा नेपाल मुद्रण उद्योग महासंघको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने माग गर्दै पाठ्यक्रम बिकास केन्द्रमा ज्ञापनपत्र दिईएको छ ।

केन्द्र लगायत सरकारका अन्य सरकोकारवाला निकायमा महासंघको सहभागिताका बिषयमा पटक पटक माग भएको र कतिपय समयमा त्यसका लागि प्रतिवद्वता समेत जनाईएको भएपनि ब्यवहारमा कार्यानवयन नभएको बिषयमा ध्यानाकर्षण गराईएको थियो । सो ज्ञापनपत्रलाई बोधार्थको रुपमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिंह दरवार काठमाडौं र शिक्ष तथा मानस्रोत बिकास केन्द्र, सानोठीमि भक्तपुर समक्ष पेश गरिएको छ ।

महासंघका अध्यक्ष पुश्कल गौतमको नेतृत्वमा महासचिव युवराज श्रेष्ठ तथा सदस्यद्वय सुदिप न्यौपाले र पीबी पोखरेल सम्मिलत प्रतिनिधिमण्डलले केन्द्रका महानिर्देशक डाक्टर लेख नाथ पौडेललाई भेटी ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

सो अवसरमा महानिर्देशक पौडेलले महासंघबाट गरिएका मागहरुप्रति आफू सकारात्मक रहेको बताउदै केन्द्रबाट सामूदायिक बिदालयका पाठ्यपुश्तक छपाई तथा बितरण सम्वन्धी कार्यको अनुगमनका लागि अनुगमन सिमिति बनाईँदा महासंघको प्रतिनिधित्व गराउने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।