नेपालमा मुद्रण उद्योग / ब्यवसायमा बिभिन्न समस्याहरु रहेको कारण समाधानका लागि नेपाल मुद्रण उद्योग महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको र सुझावहरु पनि पेश गरेको छ । साथै स्वदेशी मुद्रण उद्योगको हितका लागि न्यायलयको सहयोगको पनि अपेक्षा गरेको छ । तसर्थ मुद्रण उद्योगी / ब्यबसायी तथा संस्थालाई आफ्नो ठाउबाट आवाज बुलन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गाराउन स्वदेशी उद्योगको हितमा सहयोग गर्न आग्रह गर्दछौ। नेपाल मुद्रण उद्योग महासंघ