Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

आधिकारिक लगत तथा तथ्याङ्क तयार गरिने सम्वन्धि सूचना

आधिकारिक लगत तथा तथ्याङ्क तयार गरिने सम्वन्धि सूचना

नेपालमा स्थापित मुद्रण उद्योग तथा यस व्यवसायसंग सम्वन्धित अन्य ब्यवसायिक पर्महरुको आधिकारिक लगत तथा तथ्याङ्क तयार गरिन आवश्यक भएको र महासंघमा आवद्व रहेका जिल्ला मुद्रण उद्योग संघमा हाल कायम रहेका जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, महाधिवेशन प्रतिनिधि तथा आवद्व सम्पुर्ण साधारण सदस्यहरुको समेत बिस्तृत बिवरण समेत तयार गरिन लागिएको ब्यहोरा सम्पूण महानुभवहरुलाई जानाकारी गराईन्छ ।

अतः यसै वेवसाईटमा राखिएका ति अलग अलग फारमहरु डाउनलोडगरी उल्लेखित सबै बिषयहरुलाई खुलाई आफ्नो जिल्ला अन्तर्गत रहेका सम्पूण व्यवासायि महानुभवहरुको (म्यानुअल) फारम भर्ने भराउने व्यवस्था गर्नुहुन र त्यसरी भरिएको म्यानुअल फर्मलाई जम्मागरी २०७६ बैसाख १५ गते भित्र महासंघमा पेश गर्नुहुन सम्पूण जिल्ला संघलाई आग्रह गरिन्छ ।

साथै, जिल्ला संघ गठन नभएका जिल्लाहरुमा पनि लगत तथा विवरण संकलन गरिन आवश्यक भएकाले सम्वन्धित प्रदेश उपाध्यक्ष महानुभवहरु तथा प्रदेश अन्तर्गत रहनुभएका केन्द्रीय पदाधिकारी तथा सदस्य महानुभवहरुले जिल्ला संघ गठन नभएका जिल्लाहरुबाट लगत तथा विवरण संकलन गर्ने प्रयोजनका लागि (म्यानुअल) फारमहरु भर्ने व्यवस्था गर्नुहुन र त्यसरी भरिएको म्यानुअल फर्मलाई जम्मागरी २०७६ बैसाख १५ गते भित्र महासंघमा पेश गर्नुहुन सम्पूण प्रादेशिक उपाध्यक्ष महानुभवहरु समक्ष आग्रह गरिन्छ ।

यसरी संकलन गरिने लगत तथा तथ्याङ्ग आधिकारिक तथ्यांकको रुपमा महासंघ लगायत राज्यका सरोकारवाला निकायहरुबाट प्रयोग गरिने र सो को आधारमा कतिपय अवस्थामा नीति योजना तथा कार्यक्रमहरु समेत तय हुने भएकाले यस कार्यलाई बिशेष प्राथमिकतामाराखी आफ्नो जिम्मेवारीलाई यहाँहरुबाट समयमै पूरा हुनेछ भन्ने बिश्वास गरिएको छ ।

साथै, ब्यवसायीको बैयक्तिक गोपनियता महासंघमानै सिसमत रहने बिषय समेत जानाकारी गराईन्छ ।