कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
मुकुन्द ज्ञवाली ,कार्यकारी निर्देशक, लुम्बिनी प्रदेश उद्योग परिसंघ
संगठन अर्थात संस्थालाई कसरी मजबुत बनाउने, त्यस संस्थामा आवद् सबै प्रमुख साझेदारहरुको रुची र अपेक्षालाई कसरी सम्बोधन गर्ने, संस्थाको सबलता सक्षमता र प्रतिस्प्रधात्मक क्षमतालाई बिकास गर्दै संस्थालाई दिगो कसरी बनाउने भन्ने जस्ता प्रश्नहरु आजको दिनमा सबै संस्था नेतृत्वकर्ताहरुको लागी सोचनिय हुने गर्दछ । यस लेखमा हामी बिशेष गरी सदस्यमा आधारित व्यवसायीक संस्थाहरुको संगठनात्मक तथा व्यवस्थापकिय पक्षहरुको सुधार र बिकासमा नेतृत्वबर्ग, समितीहरु, कर्मचारीहरु तथा सदस्यहरुको भुमिका कस्तो हुनु पर्छ भन्ने बिषयमा चर्चा गर्ने जमर्को गर्नेछौ । वास्तबमा चेम्बर भनेको यसका सदस्यहरूको हितलाई प्रवर्द्धन र संरक्षण गर्न स्थापना गरिएको व्यवसायीहरूको संगठन वा नेटवर्क हो। यस्ता संस्थाहरु संसारभर अवस्थित छन । देशको समग्र आर्थिक सामाजिक बिकासमा व्यवसायीक संगठनहरुको महत्वपुर्ण भुमिका रहेको हुन्छ । नेपालको परिवेशमा कुरा गर्दा हाम्रो संवधानले नै मिश्रीत अर्थनितीलाई अंगिकार गरेको र निजी क्षेत्रको भुमिकालाई प्रोत्साहन गरेको छ । त्यसैले निजी क्षेत्रका विभिन्न व्यावसायिकसंगठनहरुको अपरिहार्यतालाई नकार्न सकिदैन तर तिनीहरूको कार्यसम्पादन र गतिविधिहरू परिणाममुखी र निरन्तर बेन्चमार्कीङ हुनुपर्छ ।निजी क्षेत्रका व्यवसायीक संस्थाहरुले उदाहरणीय कार्य गर्न र संस्थाको औचित्य पुष्टी गर्न समेत आफ्ना व्यवसायीक सदस्यहरूका लागि मात्र नभई व्यापक रूपमा सरकार र नागरिक समाजका लागि पनि केही योगदान गर्नै पर्ने बाध्यता हुन्छ ।
व्यावसायिक संगठनमा सदस्यहरु आवद् किन हुन्छन र तिनीहरुले संस्थाबाट के अपेक्षा गरेका हुन्छन् भन्ने कुरा नबुझि हामी संस्था कस्तो बनाउने भन्ने दिशानिर्देश गर्न सक्दैनौ त्यसैले सर्व प्रथम सदस्यहरुले के चाहान्छन् भन्ने चर्चा गरौ ।
सदस्यहरु आफ्नो एक्सपोजर बढाउन चाहान्छन्
(Increase Exposure)
सदस्यहरु व्यावसायिक संगठनको आड लिएर आफ्नो तथा आफ्नो व्यवसायको एक्सपोजर बढाउन चाहान्छन् त्यसैले नै उद्यमी सदस्यहरु संगठनमा आबद्ध हुन चाहान्छन् ।
संजाल विस्तार गर्न चाहान्छन्Networking Opportunity
आजको दिनमा सम्बन्ध मुलक बजारीकरण नै व्यवसाय विस्तारको लागी एउटा महत्वपुर्ण रणनिती हो त्यसैले विभिन्न व्यक्ती तथा संघ संस्थाहरुमा आफ्नो संजाल बिस्तार गर्नको लागी पनी व्यवसायीक संगठनमा आबद्ध हुने गर्दछन् ।
व्यवसायीक समुदायको राम्रो बुझाई चाहान्छन् (Better understanding of Business community concern) व्यवसायलाई प्रभाव पार्ने बाह्य वातावरणहरु धेरै परिवर्तनशिल र जटिल हुने गर्दछ । आफ्नो व्यवसायीक प्रतिष्ठानको बारेमा भै रहेका र हुन सक्ने विविध पक्षहरुको बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी हुनु अती जरुरी हुन्छ । व्यवसायीक संगठनहरुको माध्यमबाट व्यवसायीक समुदायको राम्रो बुझाई लिन सजिलो हुन्छ ।
नेतृत्व दायी क्षमता बिकास गर्न चाहान्छन्Increased Leadership skill
नेतृत्व सिप बिकासको लागी एउटा महत्पुर्ण प्लेटफर्म भनेकै व्यवसायीक संस्थाहरु नै हुन। यस्ता संगठनहरुमा आबद्ध भै सदस्यले विभिन्न तालिम गोष्ठी तथा सेमिनारहरुमा भाग लिने अवसर मिल्ने र समय समयमा पैरवी लगायतका कार्यहरु गरीरहनु पर्ने हुदा नेतृत्व क्षमता बिकासको लागी महत्वपुर्ण भुमिका रहेको हुन्छ ।
सामुहिक शशक्त आवाज Stronger voice
एक जना व्यक्तीको एकल प्रयासले सुनाउन नसकेको विषयबस्तुहरु सम्बन्धित सरोकारवालाहरुलाई संस्था मार्फत घचघचाउन र दबाब सृजना गर्न सजिलो हुने हुदा पनी सदस्यहरु संस्थामा आबद्ध हुन चाहान्छन् ।
माथीका सदस्यहरुको अपेक्षा हेर्दा हामी के निचोडमा पुग्न सक्छौ भने संस्थालाई सबल र सक्षम बनाउनको लागी संस्थाले आफ्ना सदस्यहरुको अपेक्षालाई पुरा गर्ने ल्याकत राख्न सक्नु पर्छ । संस्था तब मात्र सबल मानिन्छ जब उसले संस्थामा आबद्ध सबै सदस्यहरुको हितको लागी कार्य गरीरहेको हुन्छ । आर्थिक रुपमा सबल हुन पनी सदस्यनै बलीयो र संस्था प्रती उत्प्रेरित हुन जरुरी छ । आजको दिनमा सदस्यता शुल्क र नविकरण शुल्कले मात्रै संस्था चलायमान हुन सक्दैन त्यसैले व्यावसायिकसेवा प्रदायकको रुपमा समेत संस्थाले आफ्ना सेवा बेच्न सक्नु पर्दछ । कस्तो संस्थालाई सदस्यहरुले उत्कृष्ट संस्थाको रुपमा लिने गर्दछन् भन्ने बिषयमा अनुसन्धानले देखाएका केही तथ्यहरु यस प्रकार छन् ।
व्यवसायीको समस्याहरुको वकालत गर्ने (Advocacy Initiatives)
नविनतम प्रविधी र बजार प्रवर्दनमा सहयोग पुराउन सक्ने Innovative technology and Marketing their business
राम्रा तथा नराम्रो अवस्थाको बारेमा जानकारी प्रदान गर्न सक्ने(Sharing of Best and Worst Practices and scenarios)
विविध कार्यक्रमहरुमा सहभागिता गराउने (Engaging Activities and Events)
तालिम तथा सिप विकास कार्यक्रमहरुको नियमित आयोजना (Education and Professional Development)
दोहोरो संचार स्थापित गर्ने (Improved Communications)
एउटा सबल संस्था बनाउनको लागी विशेष गरी त्यस संस्थामा आवद्ध सबै सदस्यहरुको भुमिका रहेको हुन्छ । संस्थागत विकासको लागी सर्वप्रथम संस्थाको भिजन मिसन तयार पारी सोही अनुसार वार्षिक कार्ययोजना तयार पारी लागु गर्ने र सबै सदस्यहरुको समय व्यवस्थापन गर्नु अती जरुरी हुन्छ । संस्थाको नेतृत्वको महत्वपुर्ण कार्य भनेकै Vision, Mission, and Values formulation, Succession Planning, Operational Policies, Procedures and Systems, Resource Mobilization, Advocacy Planning, time management हो । व्यवसायीक प्रतिष्ठानमा आबद्ध सबै उद्योगीहरु व्यस्त हुने र संस्थालाई समय दिन नसक्ने गुनासोहरु प्राय हामी सुनीरहेका हुन्छौ । त्यसैले संस्थाका नेतृत्व तथा पदाधिकारीहरुको समय व्यवस्थापन नै पहिलो शर्त हुनु पर्दछ ।समय व्यवस्थापनमा 4D Approach अन्तर्गत Do Delegate Delay र Deleted लाई अनुसरण गर्नु पर्दछ । सर्वप्रथम कार्य प्राथमिकताको आधारमा आफैले गर्नु पर्ने कार्यहरु तत्कालै गर्ने । आफुले एक्लै संभव नहुने कार्यहरु उत्तराधिकारीहरुलाई प्रत्यायोजन गर्ने केही तयार नपुगीरहेका कार्यहरुमा अल्झीरहनु भन्दा केही पर धकेल्ने र अन्त्यमा कम प्राथमिकताको कामहरुलाई ड्रप अर्थात डिलिट नै गर्ने त्यस्तोमा समय नदिने गर्नाले समयको प्रभाकारी व्यवस्थापन गर्न सहज हुन्छ । त्यस्तै संस्थाका निती तथा कार्यक्रमहरु कस्ता थिए वा छन् त्यसले कस्तो प्रभाव पारीरहेको छ भन्ने विषयमा पनी नेतृत्ववर्ग सचेत हुन जरुरी छ। संस्थामा गठन गरीएका सबै उपसमितीहरुको पनी आ आफ्नै भुमिका र महत्व रहेको हुन्छ । उपसमिती सदस्यहरु आफ्नो काम कर्तब्य र जिम्मेवारी प्रति जानकार हुनु जरुरी हुन्छ त्यस्तै नेतृत्वले ल्याएका कार्ययोजनाहरुको स्वामित्व लिने र कार्यन्वयनमा सहजीकरण गर्न जरुरी हुन्छ ।
सदस्यमा आधारित व्यवसायीक संगठनहरुको लागी सदस्य नै प्रमुख आधार हो । त्यसैले सदस्यता विस्तार र सदस्य क्षमता अभिबृद्धी नै बलियो संगठनको लागी अपरिहार्य हुने गर्दछ । सदस्यहरुलाई संगठनमा उत्प्रेरित र ईंगेज गराईराख्नको लागी नेतृत्व सधै लागी पर्नु पर्दछ । सदस्यहरुले पनी संस्थालाई बलियो बनाउन तन मन र धन दिएर लागीपर्नु पर्दछ । बिशेष गरी सदस्यहरुले निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।
बुझाईमा एकरुपता कायम गर्ने र शशक्त टिम निर्माण गर्ने ।
संस्थाको सभा तथा बैठकहरुमा नियमित उपस्थित हुने र संस्थाले गरेका निर्णयहरुको स्वामित्व लिने ।
आफ्नो जिम्मेवारी ईमान्दारिताका साथ निर्वाह गर्ने ।
पछाडी कुरा काट्नुको सट्टा फेस टु फेस छलफल गर्ने पद्धतीको बिकास गर्ने ।
नविकरण लगायतका शुल्कहरु नियमित भुक्तानी गर्ने ।
Recent Posts
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
नेपाल मुद्रण महासंघको गतिविधि
November 22, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024
सरकारले बेलाबेलामा गरेका निर्णयले मुद्रण ब्यवसायीहरु धरापमा
November 21, 2024