नेपाल मुद्रण महासंघको गतिविधि
नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन सम्पन्न
२०७८ फागुन २० र २१ गतेमा नेपाल मुद्रण उद्योग महासंघको चौंथो महाधिवेशन भव्यताका साथ सम्पन्न भयो । महासंघका संस्थापक अध्यक्ष श्री उदयनरसिंह वादे श्रेष्ठद्वारा उद्घाटन गरी शुरु गरिएको महाधिवेशनका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री चन्द्र ढकाल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि नेपाल उद्योग परिसंघका उपाध्यक्ष श्री कृष्णप्रसाद अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समितिका सदस्य श्री डिबी वस्नेत, पूर्व केन्द्रीय सदस्य श्री सुनिल गोपाल श्रेष्ठ, नेपाल शैक्षिक सामग्री तथा मसलन्द उद्योग संघका अध्यक्ष श्री हरि भण्डारी समेतको उपस्थिति रहेको थियो ।
महासंघको उक्त विशेष कार्यक्रममा पूर्व अध्यक्ष माधव के.सी., सल्लाहकार श्री भरत श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष श्री रामलाल शाह, पूर्व सचिव श्री खेम लुइटेल, पुराना मुद्रण व्यवसायी कृष्ण प्रसाद अधिकारी सहित अग्रज मुद्रण व्यवसायीहरु, प्रदेश तथा जिल्लाबाट उपस्थित हुनु भएका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो । झण्डै ४०० जना प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको व्यवस्थापन काठमाडौं मुद्रण उद्योग संघले गरेको थियो ।
निर्वाचन पश्चात सोहि दिन निर्वाचन अधिकृतद्वारा सपथ ग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो । तत्काल कार्यसमितिको बैठक बसी कार्य सम्पादन गर्नुहुने निर्वाचन आयोग लगायत सबैमा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष खोमकान्त रेग्मीले २ वर्षे कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रतिबद्धता व्यक्त गर्दै निवर्तमान अध्यक्ष पुस्कल गौतमको कार्यकालमा गरिएको कार्यलाई प्रशंसा गर्दै बाँकी अधुरा कामहरु सम्पन्न गरिने बताउनु भयो । सबै मुद्रण व्यवसायीलाई धन्यवाद दिदैं उहाँले वरिष्ठ उपाध्यक्ष हुँदा मुद्रण व्यवसायीले पु¥याएको सहयोग र सदभावका लागि साथै निर्वाचित गराउनु हुने सबै मुद्रण व्यवसायी मित्रहरुलाई धन्यवाद व्यक्त गर्दै महासंधको उचाईलाई थप बल पुग्ने काम गर्ने कुरा बताउनु भएको थियो । निर्वाचन पश्चात कसैको हार र कसैको जित नभै सबैको जित भएको कुरा व्यक्त गर्दै सबै मुद्रण व्यवसायीहरु एकाकार र गोलबद्ध हुँदै अगाडि बढ्नु पर्ने बताउनु भयो ।
नेपाल मुद्रण उद्योग महासंघको अध्यक्षमा
खोमकान्त रेग्मी निर्वाचित
२०७८ फागुन २० र २१ गते काठमाडौंमा भएको नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशनबाट अध्यक्षमा श्री खोमकान्त रेग्मी निर्वाचित हुनु भएको थियो । यसै गरी सो महाधिवेशनले खोमकान्त रेग्मीको अध्यक्षतामा ४४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । अध्यक्ष खोमकान्त रेग्मी, निवर्तमान अध्यक्ष पुस्कल गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, प्रथम उपाध्यक्ष अरुण सापकोटा, द्वितीय उपाध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्ष प्रदेश १ राजन प्रसाद पाठक, उपाध्यक्ष मधेश प्रदेश प्रमोदकुमार गुप्ता, उपाध्यक्ष बागमती प्रदेश कुयाङ लामा, उपाध्यक्ष गण्डकी प्रदेश पदमलाल श्रेष्ठ, उपाध्यक्ष लुम्बिनी प्रदेश मनोजकुमार जि.सी., उपाध्यक्ष कर्णाली प्रदेश हेमाकुमारी उपाध्याय, उपाध्यक्ष सुदूरपश्चिम प्रदेश नरसिंह धामी, महासचिव कमलप्रसाद पोखरेल, उप–महासचिव अर्जुन प्रसाद सापकोटा, सचिव जीवन गोर्खाली, सह–सचिव मिना सुवेदी ढकाल, कोषाध्यक्ष सुदिप न्यौपाने, सह–उपाध्यक्ष गिरीराज गैरे, एशोसिएट सदस्य बसन्त नारायण भोचिभोया, सदस्यहरुः चण्डी ढकाल, सत्यराम महर्जन, निराजन शाक्य, विश्वराज दुवाल, हरि पहारी, राजु पोखरेल, दिपक दाहाल, कृष्णप्रसाद पराजुली, ईन्द्र प्रसाद नेपाल, शम्भु शाह, गौराज श्रेष्ठ, खिलराज पराजुली, खड्गबहादुर खड्का, नवल किशोर राय, विजय पाखरिन, खिलनाथ लुईटेल, कृष्णप्रसाद वास्तोला, खगेन्द्र प्रसाद अर्याल, हरिभक्त डाँगी, चण्डीप्रसाद गैरे, सोमराज ढकाल, हिरामणि चौलागाई, छत्रबहादुर साउद र मणिकान्त मिश्र रहेका छन् । उक्त महाधिवेशनमा अध्यक्ष, द्वितीय उपाध्यक्ष र सह–सचिवमा मात्र निर्वाचन भएको थियो भने अन्य पदाधिकारी एवं सदस्यहरुमा सबै जना निर्विरोध रुपमा निर्वाचित हुनुभएको थियो ।
मुद्रण उद्योग संघ चितवनको साधारण सभा,
सम्मान तथा वनभोज कार्यक्रम
चितवन÷मुद्रण संघ चितवनको २० औं साधारण सभा एवं पारिवारिक वनभोज कार्यक्रम २०७८ फागुन २८ गते सम्पन्न भएको छ । रत्ननगर स्थित टिकौली इको पार्कमा सम्पन्न उक्त कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संघका निवर्तमान अध्यक्ष गुमानसिंह खड्काद्वारा स्वागत मन्तव्य व्यक्त गरेका थिए । संघका सचिव रविन मिश्रद्वारा प्रगति एवं कोषाध्यक्ष उत्तम अर्यालद्वारा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा महासंघमा हालैमात्र निर्वाचित हुनुु हुने चितवन जिल्ल्लाका मुद्रण व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । महासंघको निर्वाचनमा यसै जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने संघका पूर्व अध्यक्ष खोमकान्त रेग्मी अध्यक्षमा, संघका सदस्य मनोज जि.सि. लुम्बिनी प्रदेश उपाध्यक्षमा र संघका पूर्व सचिव अर्जुन सापकोटा उप–महासचिवमा निर्वाचित भएका थिए ।
जिल्ला स्थित अधिकांश मुद्रण व्यवसायीहरुको उपस्थित रहको उक्त कार्यक्रको सभाध्यक्ष संघका अध्यक्ष उपकार सापकोटाले गरेका थिए भने कार्यक्रम संचालन संघका उपाध्यक्ष सन्दिप सुदेवीले गरेका थिए ।
प्रिन्ट कम्पिटिसनमा निर्णायकको रूपमा सहभागी
२७ फागुन २०७८ अफसेट प्रिन्टिङ्ग एशोसियसन भारतद्वारा सञ्चालित प्रिन्ट कम्पिटिसनको निर्णायकको भूमिकामा मुद्रण उद्योग महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी सहभागी हुनुभयो । भर्चुवल रुपमा सञ्चालित सो कार्यक्रम भारतमा सञ्चालन भएको थियो । सो कार्यक्रमको निर्णायकको रुपमा इन्डोनेशिया र श्रीलङ्काका मुद्रण महासंघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोफेसर डा. कमल चोप्राको पनि उपस्थिति रहेको थियो ।
महासंघको पाठ्यपुस्तकका सन्दर्भमा ध्यानाकर्षण
विभिन्न मितिमा, नेपाल सरकारले विगतका वर्षहरुमा दिँदै आएका सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाईको कार्य नीजि क्षेत्रलाई नदिई जनक शिक्षालाई दिँदा शैक्षिक सत्र शुरु हुँदा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएकोमा महासंघमार्फत ध्यानाकर्षण विज्ञप्ती प्रकाशित गरिएको थियो । यो विषयमा पटक पटक गरी विभिन्न माननीयहरु र सरोकारवाला व्यक्तित्वहरु, त्यसमा सम्बन्धित व्यक्तित्वहरुसँग भेटी पटक पटक लविङ्ग गरिएको थियो । विभिन्न पत्रपत्रिका, संसद भवन लगायत सबै ठाउँमा आवाज उठाइएको थियो ।
काठमाडौं मुद्रण उद्योग संघको क्यालेण्डर विमोचन, सम्मान तथा वनभोज कार्यक्रम
वैशाख ३, २०७९ काठमाडौं मुद्रण उद्योग संघले प्रकाशन गर्दै आएको २०७९ को क्यालेण्डर विमोचन सहित नेपाल मुद्रण उद्योग महासंघका नव निर्वाचित कार्य समितिलाई सम्मान कार्यक्रम र वनभोज कार्यक्रम सम्पन्न गरेको थियो ।
संघका अध्यक्ष श्री घननारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मी हुनुहुन्थ्यो भने कार्यक्रममा निवर्तमान अध्यक्ष पुस्कल गौतम, प्रथम उपाध्यक्ष श्री अरुण सापकोटा, द्वितीय उपाध्यक्ष श्री राजकुमार घिमिरे, वागमती प्रदेश उपाध्यक्ष श्री कुयाङ लामा, कोषाध्यक्ष श्री सुदिप न्यौपाने, पूर्व अध्यक्ष श्री माधव के.सी., सल्लाहकार श्री भरत श्रेष्ठ लगायत कार्यसमितिका सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, काठमाडौं मुद्रण उद्योग संघका पदाधिकारी एवं सदस्यहरु सहित उल्लेख्य मुद्रण व्यवसायीहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो । सो कार्यक्रममा काठमाडौं मुद्रण संघका उपाध्यक्ष श्री प्रेम आचार्यद्वारा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संघका उप–सचिव विष्णु पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्य समितिको दोस्रो पूर्ण बैठक सम्पन्न
नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय कार्यसमितिको बैठक चैत ५, २०७८ मा तीनकुने स्थित सिद्धार्थ कटेजमा सम्पन्न गरियो । महासंघका अध्यक्ष खोमकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न सो बैठकको सञ्चालन महासचिव श्री कलमप्रसाद पोखरेलले गर्नुभएको थियो भने बैठकमा विभिन्न समसामयिक विषय र महासंघको धारणाका विषयमा छलफल गरी निर्णय गरिएको थियो ।
पन्चाङ्ग निर्णायक समितिको निर्णयप्रति
महासंघको ध्यानाकर्षण
मिति २०७८/१२/०७ गते पन्चाङ्ग निर्णायक समितिले फाल्गुन ११ गते प्रकाशन गरेको सूचना अनुसार २०७९ सालको भित्ते पात्रो प्रकशन गर्नका लागि दस्तुर तिरी छपाई स्वीकृति लिनुपर्ने नियमले सम्पूर्ण प्रेस व्यवसायलाइ प्रभावित गरि छ्पाइ कार्यमा हुने सँकुचनले व्यवसायलाई धारासायी पार्ने निर्णय तत्काल फिर्ता गर्न र पन्चाङ्ग निर्णायक समितिलाई दिएको स्वेच्छाचारी निर्णय गर्ने अधिकार समेतमा पुनर्विचार गर्नका लागि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री महेश्वर न्यौपानेज्यु समक्ष नेपाल मुद्रण उद्योग माहासघको तर्फबाट अध्यक्ष श्री खोमकान्त रेग्मीको नेतृत्वमा प्रथम उपाध्यक्ष अरुण सापकोटा, दितीय उपाध्यक्ष राज कुमार घिमिरे काठमाडौं मुद्रण सघका अध्यक्ष घननारायण श्रेष्ठसहितको उपस्थितिमा ध्यानाकर्षण पत्र पेश गरेको थियो । सचिवज्युबाट यो बर्ष २०० भन्दा बढि सस्थाहरुले दस्तुर तिरि स्वीकृति लिइसकेकोले आगामी वर्षमा व्यावसायिक प्रयोजनलाई यथावत गर्ने व्यक्तिगत र मुल्य नराखेका भित्ते पात्रोको दस्तुरमा परिमार्जन गर्ने आश्वासन प्राप्त भएको थियो ।
मकवानपुर मुद्रण उद्योग संघको अधिवेशन
तथा साधारण सभा सम्पन्न
मकवानपुर मुद्रण उद्योग सङ्घको साधारण सभा तथा अधिवेशन २०७८/१२/१२ गते हेटौडाको दक्षिणकाली मन्दिर परिसरमा सम्पन्न भएको थियो । नेपाल मुद्रण उद्योग महासङ्घका केन्द्रीय सदस्य इन्द्र प्रसाद नेपालको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष अजिव भट्टराईको अध्यक्षता र सचिव राजु नेपालले सञ्चालन गर्नु भएको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष गोकर्ण सुवेदी, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो । ४४ जना प्रेस व्यवसायीहरुको सहभागीता रहेको साधारण सभामा संघको वार्षिक प्रतिबेदन र आर्थिक प्रतिवेदन पास भए पश्चात् नयाँ कार्य समिति राजु नेपालको अध्यक्षतामा उपाध्यक्ष खिल प्रसाद पौडेल “दामु”, सचिव पुरुषोतम ढकाल, कोषाध्यक्ष शङ्कर गोपाल खड्की, सदस्यहरु बिष्णु प्रसाद नेपाल र भानुभक्त चौलागाई रहेको सर्वसम्मत चयन भएको थियो । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको र निर्वाचित कार्यसमितिले विधान अनुसार धनराज विश्वकर्मा र विजय पौडेललाई मनोनित गर्नुका साथै वार्षिक कार्यक्रम तय गरेको थियो । साधारण सभा पश्चात् प्रेस मजदुरहरुको समेत सहभागितामा रमाईलो वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।
मकवानपुर मुद्रण उद्योग संघले मकवानपुरका पर्यटकीय स्थलका तस्बिर समाबेस गरी प्रकाशन गर्न लागेको २०७९ सालको क्यालेण्डर प्रकाशन समेत गरेको थियो ।
संघीय संसदका मुद्रण शाखाका कर्मचारीहरुलाई प्रशिक्षण
संघीय संसद सचिवालयले संसदको कर्मचारी प्रशिक्षण शाखा अन्तर्गत मुद्रण शाखाका कर्मचारीहरुलाई तालिमको आयोजना गरी नेपाल मुद्रण उद्योग महासंघलाई पनि तालिम दिन अनुरोध गरे अनुसार नेपाल मुद्रण उद्योग महासंघका महासचिव श्री कमल पोखरेलले सो तालिम प्रदान गर्नुभयो । संघीय संसदको सचिवालयको सभाहलमा सम्पन्न सो कार्यक्रममा संघीय संसदका मुद्रण सम्बन्धी कार्य गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रिन्टिङ्गको भविष्य (Future of Printing) मा सहभागी
८, चैत २०७८ भारतको चण्डीगढको महेन्द्रगढ भन्ने ठाउँमा प्रिन्टिङ्गको भविष्य (Future Printing) को विषयमा अध्यक्ष खोमकान्त रेग्मी सहभागी हुनुभएको थियो । भर्चुवल सो कार्यक्रममा भारत, इन्डोनेसिया,
बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, नेपाल र भुटानको सहभागिता रहेको थियो । नेपालको वर्तमान प्रिन्टिङ्गको अवस्थाका बारेमा अध्यक्ष
श्री खोमकान्त रेग्मीले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रोफेसर डा.कमल मोहन चोप्रासहित Federation of Master Printing Association का अध्यक्षको पनि उपस्थिति रहेको थियो ।
चितवनमा प्रिन्टिङ्ग मेला
चितवनमा भएको प्रिन्टिङ्ग सम्बन्धी मेला चितवन उद्योग संघको सभाहलमा सम्पन्न भएको थियो ।5P द्वारा आयोजित उक्त कार्यक्रममा वागमती प्रदेशका उद्योग मन्त्री माननीय श्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । झण्डै ७० वटा स्टल रहेको सो प्रदर्शनीमा नेपालका झण्डै २०० जना मुद्रण व्यवसायीहरुले अवलोकन गर्नुभएको थियो ।
मुद्रण उद्योग संघ कास्कीद्वारा ग्राफिक
डिजाइन तालिम सञ्चालन
पोखरा । मुद्रण उद्योग संघ कास्कीद्वारा आयोजित निःशुल्क ग्राफिक डिजाइन तालिम पोखरामा सञ्चालन भएको थियो । जेठ २४ गतेबाट सञ्चालन भएको उक्त तालिम असार २३ सम्म सञ्चालित थियो ।
सिटिइभिटी गण्डकी प्रदेशको सहयोगमा आयोजित तालिममा २७ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । एक महिना सञ्चालन हुने तालिम ए फोर जेड ग्राफिक एकेडेमीमा सञ्चालित थियो ।
मुद्रण उद्योगमा दक्ष जनशक्ति निकै अभाव भएकाले समस्या भईरहेको र त्यसलाई थोरै मात्रामा भएपनि राहत पुग्नेछ भन्ने विश्वासका साथ तालिम आयोजना गरिएको कार्यक्रम संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका सहकोषाध्यक्ष पदम श्रेष्ठले जानकारी दिएका थिए ।
कार्यक्रम शुभारम्भ गर्दै सिटीईभिटी गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारीले मुद्रण उद्योग संघ र सिटिईभिटी बीच आगामी दिनमा पनि सहकार्य गर्ने र तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले तालिम लिएर प्रमाणपत्र घरमा राखेर नबस्न र रोजगारमा लाग्न पनि आग्रह गरेका थिए । भण्डारीले तालिमबाट मुद्रण उद्योग थप व्यवस्थित हुने र पोखरामा पनि राम्रो डिजाइन र छपाई हुने विश्वास व्यक्त गरेका थिए ।
तालिम सिकेका प्रशिक्षार्थीलाई युवा स्वरोजगारमा जोडाइदिने काम सिटिइभिटीले गर्ने भन्दै उनले तालिम निकै प्रभावकारी हुने कुरा व्यक्त गरेका थिए । संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले १३ र १४ जना गरि प्रशिक्षार्थीहरुलाई दुई समुहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको जनाकारी गराएका थिए । उनले बढ्दो बेरोजगारी र दक्ष कामदारको अभावले गर्दा श्रमिकहरुले उचित ज्याला पाउन नसक्ने तथा रोजगारदाताले दक्ष कामदार नपाउने अवस्था सृजना हुँदा आवश्यकता अनुसार सीप दिएर उनिहरुलाई रोजगार दिनको लागि प्रशिक्षण सुरु गरेको बताए ।
कितावी ज्ञान मात्र भएर अहिले समाजमा जिउन धेरै गाह्रो भएको बताउँदै युवालाई रोजगार वा स्वरोजगार बनाउनको लागि तालिम सञ्चालन गरिएको हो, उनले भने आगामी दिनमा छपाई मेशिन अपरेटर टे«निङ लगायतका छापाखानामा काम गर्ने श्रमिकहरुलाई सिप विकासका तालिमहरु सञ्चालनको लागि मुद्रण उद्योग संघ कास्कीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जानकारी गराएका थिए ।
मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश उपाध्यक्ष पदमलाल श्रेष्ठ र मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण क्षेत्र निकै ठूलो सम्भावना रहेकाले उद्योगमा आवश्यक पर्ने दक्ष डिजाइनर उत्पादन हुने विश्वास व्यक्त गरे ।
संस्थाका वरिष्ठ उपाध्यक्ष चिन्तामणि बाँस्तोलाले उद्योगमा दक्ष डिजाइनर नहुँदा निकै समस्या भएको दुःखेसो पोखे । संस्थाका अध्यक्ष गिरबहादुर श्रेष्ठ किरणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद भुर्तेलले गरेका थिए ।
उद्योग वाणिज्य महासंघको वार्षिक
साधारण सभामा सहभागी
चैत २८ २०७८ उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी र महासचिव श्री कमल पोखरेलको सहभागीता रहेको थियो । वस्तुगत संघको तर्फबाट सो महासंघमा सहभागिता जनाइएको थियो ।
मुद्रण उद्योग संघ रुपन्देहीको दुई दिने
वार्षिक योजना सम्पन्न
रुपन्देही जिल्ला भित्र रहेको सम्पूर्ण प्रेस व्यवसायीहरुको छाता संगठन मुद्रण उद्योग संघ रुपन्देहीको वार्षिक योजना निर्माण तथा कार्यशाला गोष्ठी असार ३ र ४ गते झरना रिर्सोट, बल्डेङगढी, पाल्पामा सम्पन्न भएको थियो ।
मुद्रण उद्योग संघ रुपन्देहीका अध्यक्ष लिलाधर लुईटेलको अध्यक्षतामा तथा यस संस्थाका सल्लाहकार तथा नेपाल मुद्रण महासंघका उपाध्यक्ष मनोज जि.सी.को आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा यस संस्थाका सल्लाहकार तथा नेपाल मुद्रण उद्योग महासंघ सह–कोषाध्यक्ष गिरीराज गैरे (राजु), सल्लाहकार तथा नेपाल मुद्रण उद्योग महासंघका सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पराजुली, निवर्तमान तथा नेपाल मुद्रण उद्योग महासंघका सदस्य हरि पहारी, लुम्बिनी प्रदेश सदस्य निर्मल अर्याल लगायत मुद्रण उद्योग संघ रुपन्देहीका सम्पूर्ण कार्यसमितिको पूर्ण सक्रियता सम्पन्न उक्त कार्यक्रम संघका उपाध्यक्ष पशुपति पौडेलको स्वागत तथा सचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा संघले बढ्दो महङ्गीलाई मध्येनजर गर्दै छपाईका दरभाउमा परिमार्जन गर्ने, मुद्रण व्यसायलाई सुदृणीकरण गर्ने, ग्राहक कालोसूची निर्माण गर्ने कार्यविधी, नयाँ व्यवसायीलाई संघमा आवद्ध हुन प्रोत्साहीत गराउने, दुर्घटना बिमा, गैर व्यवासायीलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने जस्ता नीतिगत विषयबस्तुमा गहन छलफल गरी
निर्णय गरिएको थियो । त्यसैगरी संघले वर्षभरीमा व्यवसायीक तथा सामाजिक क्षेत्रमा गर्न सकिने कार्यलाई समेटी वार्षिक क्यालेण्डर समेत तयार गरिएको थियो ।
सचिवालयको बैठक सम्पन्न
जेठ, २८, नेपाल मुद्रण उद्योग महासंघको सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न विभाग गठन गर्दै आगामि असार १० र ११ गते बुढानिलकण्ठ काठमाडौंको पार्क भिलेजमा दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरी तेस्रो कार्यसमितिको बैठक सम्पन्न गर्ने कुरा निर्णय गरेको थियो ।
ललितपुर मुद्रण उद्योग संघको क्यालेण्डर
विमोचन तथा सम्मान कार्यक्रम
२०७९ वैशाख १० गते, ललितपुर मुद्रण उद्योग संघको क्यालेण्डर विमोचन कार्यक्रममा नेपाल उद्योग महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम ललितपुर मुद्रण उद्योग संघका अध्यक्ष तथा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष श्री राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष श्री अरुण सापकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष मनोज जि.सी., गण्डकी प्रदेश उपाध्यक्ष श्री पदम श्रेष्ठ, महासचिव कमल पोखरेल, उप–महासचिव श्री अर्जुन सापकोटा, कोषाध्यक्ष श्री सुदिप न्यौपाने लगायत ललितपुर र काठमाडौंका मुद्रण व्यवसायीहरु, संघका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो कार्यक्रममा नव निर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।
मुद्रण उद्योग संघ बाँकेको विविध कार्यक्रम
२०७८ चैत ३ गते होली मिलन कार्यक्रम तथा वार्षिक साधारण सभा सम्पन्न । २०७८ चैत ३ गते जिल्ला कार्यसमिति विस्तार तथा विधान संशोधन सम्पन्न । नयाँ वर्ष २०७९ को क्यालेण्डर विमोचन कार्यक्रम सहित सम्मान कार्यक्रम ।
महासंघद्वारा सुझाव पेश
चैत्र २४ २०७८, नेपाल उद्योग वाणिज्य महासंघद्वारा वस्तुगत संघसँग नेपाल सरकारलाई २०७९÷०८० को बजेटमा निजीक्षेत्रसहित आफ्नो वस्तुगत संघको तर्फबाट सुझाव पेश गर्न गरिएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी सहभागी भई लिखित सुझाव पेश गर्नुभयो ।
FAPGA को कार्यक्रम महासंघको सहभागिता
२०७९ जेठ १०–११ । विभिन्न १६ वटा देश संलग्न संस्था FAPGA (Forum of Asia Pacific Graphic Arts Association) को सम्मेलन भारतको नोयडाको होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष खोमकान्त रेग्मी, तत्कालीन FAPGA का तृतीय उपाध्यक्ष वर्तमान वागमती प्रदेश उपाध्यक्ष कुयाङ लामा र कार्यसमितिका सदस्य श्री कृष्णप्रसाद पराजुलीको सहभागीता रहेको थियो । नेपालको तर्फबाट देशको रिपोर्ट सहित त्यहाँ उपस्थित भई नेपाल FAPGA को उपाध्यक्ष चयन भएको थियो ।
उक्त FAPGA को अध्यक्षमा मनोज मेहता निर्वाचिन हुनु भएको छ भने बाँकी देशका सबै जना उपाध्यक्षमा रहने व्यवस्था छ । महासंघको तर्फबाट उपाध्यक्षमा वागमती प्रदेश उपाध्यक्ष श्री कुयाङ लामालाई सर्वसम्मत चयन गरी पठाइएको छ । यस फोरममा अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, चिन, भारत, इन्डोनेशिया, जापान, कोरिया, मलेशिया, न्यूजिल्याण्ड, नेपाल, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड र भियतनाम समावेश छन् । कार्यक्रम उत्साह र उमङ्गका साथ सम्पन्न भएको थियो भने त्यस कार्यक्रममा सम्मानित सबैलाई नेपाली टोपी र नेपालको तर्फबाट हिमाल सहितको गौतम बुद्धको चित्र अंकित मायाको चिनो प्रदान गरिएको थियो ।
१५ औं प्रिन्टप्याकमा सहभागिता
भारतको सुन्दर शहर ग्रेटर नोयडामा भारतीय संस्था IPAMA को आयोजनामा र त्यहाँका धेरै संस्था सहितको सहभागितामा प्रिन्टिङ्ग मेलाको शुभारम्भमा महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीको सहभागिता रह्यो । करिब ८ वटा मुलुकका विदेशी पाहुना सहितको समूहले रिवन काटेर उक्त कार्यक्रमको शुरुवात गरिएको थियो भने कार्यक्रमको आयोजक संस्थाले नेपालका अध्यक्ष खोमकान्त रेग्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाल मुद्रण उद्योग महासंघको दुई दिने
कार्यशाला गोष्ठी सम्पन्न
असार १०, २०७९ । नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन पश्चात २ वर्षे कार्ययोजना तर्जुमा गर्नको लागि असार १० र ११ मा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । सहजकर्ताको रुपमा उपस्थित मुकुन्द ज्ञवालीले महासंघको विगत, वर्तमान र भविष्यका बारेमा प्रष्ट पार्दै महासंघले आगामी २ वर्षे कार्यकालमा गर्नुपर्ने विषयवस्तुका बारेमा ग्रुप छलफल गराई उपस्थित महासंघका पदाधिकारीहरु र त्यससँग सम्बन्धित व्यवसायीहरुको उपस्थितिमा व्यवसायीहरुले नै प्रस्तुत गरेका विषयमा सहजीकरण गरी कार्यशालामा प्रस्तुतीकरण गर्नुभएको थियो ।
पहिलो दिन उद्घाटन कार्यक्रम CNI का उपाध्यक्ष श्री कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि अधिकारीले CNI र नेपाल मुद्रण उद्योग महासंघ बिचको सम्बन्ध, संगठनको आवश्यकता, हामी र हाम्रो (व्यवसायी र व्यवसाय) कर्तव्यका विषयमा र राज्य र व्यवसायी बिचको अन्तरसम्बन्धका विषयमा आफ्ना भनाई राख्नु भएको थियो । कार्यशाला गोष्ठीको औचित्व र आवश्यकताको विषयमा प्रष्ट पार्दै सबै सहभागी र अतिथिलाई स्वागत गर्दै महासंघका अध्यक्ष एवं त्यस कार्यक्रमका अध्यक्ष खोमकान्त रेग्मीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । महासंघका महासचिव श्री कमल पोखरेलबाट सञ्चालित सो कार्यक्रममा महासंघका पदाधिकारी सहित कार्यसमितिका सदस्य र
प्रदेश, जिल्ला अध्यक्षहरु, काठमाडौं, ललितपुर, मोरङ्ग लगायत विभिन्न जिल्लाबाट पनि अग्रज मुद्रण व्यवसायीहरुको सहभागीता रहेको थियो ।
दोस्रो दिनको कार्यक्रममा प्याव्सनका केन्द्रीय अध्यक्ष, लायन्स क्लब्स अफ अन्तर्राष्ट्रियका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा Radient Readard Academy सानेपा ललितपुरका संस्थापक प्राचार्य श्री डिके ढुङ्गाना प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रममा मुद्रण व्यवसायीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
नेतृत्व विकासमा संगठनको भूमिका, व्यक्तिको र नेतृत्वको भूमिका सहित समाजमा हाम्रो कर्तव्य प्याव्सन र नेपाल मुद्रण उद्योग महासंघ बिचको अन्तरसम्बन्ध, दुवै महासंघ बिचका नेतृत्वको सम्बन्ध, वास्तविक व्यवसायी र राज्यको भूमिकाका सम्बन्धमा प्रष्ट पार्दै सकारात्मक सोचका विषयमा सहभागीलाई प्रशिक्षित गराउनु भएको थियो ।
कार्यक्रममा वरिष्ठ चार्टर एकाउण्टेन्ट श्री उमेशराज पाण्डेले प्रेस जगतमा आर्थिक विषयमा पर्ने समस्या, अडिट गर्दा अपाउनु पर्ने वास्तविकता र राज्य र हाम्रो नेपाल मुद्रण उद्योग महासंघसँग सम्बन्धित समस्या र निकास बिचको प्रक्रियाको बारेमा प्रष्ट पार्नु भई मुद्रण व्यवसायीहरुलाई प्रशिक्षित गराउनु भएको थियो ।
दुई दिनसम्म चलेको सो आवासीय कार्यशाला गोष्ठीले हामी र हाम्रो कार्य जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षित हुने अवसर प्राप्त गरी महासंघको ध्येय, लक्ष्य र दुई वर्षमा गरिने Action Plan एबिल समेत निर्माण गर्न सफल रहेको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी कार्यसमितिका सदस्यहरुको सहभागीता रहेको सो कार्यक्रम महासंघकै इतिहासमा एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा हेरिएको थियो ।
कार्यसमितिको तेस्रो बैठक सम्पन्न
असार ११, २०७९ । पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ काठमाडौंमा नेपाल मुद्रण उद्योग महासंघको तेस्रो कार्यसमितिको बैठक सम्पन्न गरिएको थियो । कार्ययोजना तर्जुमा गोष्ठीको निचोड अनुसार सो बैठकले विभिन्न ७ वटा कार्यगत समिति निर्माण गर्नुका साथै देशभरि छरिएर रहेको महासंघका सदस्यहरुलाई व्यवस्थापकीय कार्यमा सहजता गराउनको लागि महासंघको इतिहासमै परिवर्तनीय कार्य गर्ने जमर्को गरेको थियो । पदाधिकारी र कार्य समितिको समिश्रणको महासंघको ११ सदस्यीय सचिवालयलाई विस्तार गरी १५ सदस्यीय सचिवालय निर्माण गरिएको थियो । सो कार्यसमितिबाट विधानअनुसार ३ जना कार्यसमिति सदस्य पनि मनोनित गरेको थियो ।
सो समितिमा गोपाल प्रसाद ढकाल काठमाडौं, रामशरण कुँवर काठमाडौं र विनोद पौडेल बाँके रहनु भएको थियो । जस अनुसार निम्नानुसारको सचिवालय र कार्यगत समिति निर्माण गरिएको थियो ।
सचिवालयः
(१) खोमकान्त रेग्मी, अध्यक्ष
(२) पुस्कल गौतम, निवर्तमान अध्यक्ष
(३) विष्णु तिवारी, वरिष्ठ उपाध्यक्ष
(४) अरुण सापकोटा, प्रथम उपाध्यक्ष
(५) राजकुमार घिमिरे, द्वितीय उपाध्यक्ष
(६) कुयाङ्ग लामा, वागमती प्रदेश उपाध्यक्ष
(७) पदम श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्ष
(८) मनोज जिसी, लुम्बिनी प्रदेश उपाध्यक्ष
(९) कमल पोखरेल, महासचिव
(१०) अर्जुन सापकोटा, उपमहासचिव
(११) जीवन गोर्खाली, सचिव
(१२) सुदिप न्यौपाने, कोषाध्यक्ष
(१३) गौराज श्रेष्ठ, कासस
(१४) कृष्णप्रसाद पराजुली, कासस
(१५) गोपाल प्रसाद ढकाल, कासस
यसैगरी कार्यगत समिति पनि निर्माण गरिएको छ ।
१) सचिवालय व्यवस्थापन विभाग– महासचिव कमल पोखरेल
२) संगठन विभाग– वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी
३) आर्थिक योजना विभाग – कोषाध्यक्ष सुदिप न्यौपाने
४) नीति निर्माण तथा वहस पैरवी विभाग – सचिवालय सदस्य कृष्णप्रसाद पराजुली
५) संयोजना तथा समन्वय विभाग– सचिवालय सदस्य गोपाल प्रसाद ढकाल
६) विदेश विभाग– उपाध्यक्ष कुयाङ्ग लामा
७) प्रकाशन विभाग– प्रथम उपाध्यक्ष अरुण सापकोटा
उक्त बैठकले महासंघ निर्माण र वर्तमानमा योगदान प्रदान गर्नुहुने अग्रज मुद्रण व्यवसायीलाई सल्लाहकार मनोनित गरेको थियो । सल्लाहकार समितिमा उदयनरसिंह वादे, माधव केसी, भरतकुमार श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, युवराज श्रेष्ठ, रामलाल शाह र खेमप्रसाद लुईटेल रहनु भएको छ ।
कास्की मुद्रण उद्योग संघको साधारण सभा
तथा गण्डकी प्रदेशको अधिवेशन सम्पन्न
असार १८, २०७९ । मुद्रण उद्योग संघ कास्कीको १२ औं साधारण सभा भव्य रुपमा सम्पन्न भएको थियो । अध्यक्ष श्री किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभाको प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मी हुनुहुन्थ्यो ।
कार्यक्रमले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गर्दै मुद्रण व्यवसायीहरुको हक हित र संरक्षणका लागि विभिन्न प्रस्तावहरु समेत पारित गरी साधारण सभा सम्पन्न गरेको थियो । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी र उप महासचिव अर्जुन सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो ।
यसैगरी नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । भब्य कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको सभामा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी र उप महासचिव अर्जुन सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो ।
नेपाल मुद्रण उधोग महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षता सम्पन्न कार्यक्रमले गण्डकी प्रदेश समितिको नेतृत्वमा वसन्त बास्तोलालाई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पूर्ण पदमा निर्विरोध रूपमा कार्यसमिति चयन गरेर कार्यक्रम समापन गरेको थियो । जसमा वसन्त वास्तोला अध्यक्ष, सुदर्शन रेग्मी उपाध्यक्ष, भीम रसाइली उपाध्यक्ष, मनोहर दाहाल महासचिव, भीम शर्मा सह–सचिव, कोपिला श्रेष्ठ सह–सचिव, सूर्य पौडेल कोषाध्यक्ष र सदस्यहरुमा पुनम गुरुङ, घनश्याम गौतम, गोविन्द सिग्देल, सन्दिप खत्री, गीता खनाल रहेका थिए ।
गण्डकी प्रदेश प्रथम बैठक तथा मुद्रण
उद्योग संघ तनहुँको पदस्थापना
साउन २१, भिमाद । मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको प्रथम त्रैमासिक अन्तर जिल्ला बैठक, र तनहूँ जिल्लाबाट निर्वाचित मुद्रण
उद्योग संघको कार्यसमितिलाई पदस्थापना तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको थियो । तनहुँको भिमाद नगरपालिका स्थित पाथर्दी होमस्टेमा मुद्रण उद्योग ब्यवसायीहरुको बैठक सम्पन्न भएको हो । ब्यवसायिक एकता विस्तार गर्ने क्रममा रहेको महासंघको कार्यक्रममा मुद्रण उद्योग महासंघ तनहुँका निर्वाचित कार्यसमितिको पदस्थापन समेत गरिएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष ज्योति श्रेष्ठ सहित उपाध्यक्ष प्रफुल्ल श्रेष्ठ, सचिव बालकृष्ण विक, कोषाध्यक्ष राजन नेपाली लगायत निर्वाचित कार्यसमितिको पदस्थापना गरिएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले ब्यवसायिक एकताले मात्र उद्योगीको सम्मानमा बृद्धि गर्ने दावि गरे । उनले नेपालमा मुद्रण ब्यवसायीहरु एकताबद्ध नभएकै कारण यो ब्यवसायमा लाग्नेहरुको अवस्थामा उल्लेख्य सुधार नभएको बताए । उनले संगठन विस्तारमा ध्यान दिन ब्यवसायीहरुलाई आग्रह गर्दै यही बर्ष नेपालभरि रहेको मुद्रण ब्यवसायीलाई महासंघले संगठित गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
केन्द्रिय महासचिव कमल पोखरेलले निजी क्षेत्रका ब्यवसायीहरुलाई राज्यले सम्मानजनक ब्यवहार गर्न नसकेको गुनासो गरे । पोखरेलले संगठित भएका ब्यवसायिका आवाज बुलन्द पार्न आवश्यक रहेको तर्फ जोड दिएका थिए । महासंघका सचिव जीवन गोर्खाली, महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पराजुली, केन्द्रीय सदस्य हरि पहारी, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष महेन्द्र बजिमय लगायतले ब्यवसायिक एकतासँगै मुल्यमा एकरुपता कायम गरेर ब्यवसायीहरु विच सदभाव कायम गर्नुपर्नेमा जोड दिए । उनीहरुले मुद्रण ब्यवसायीले स्थानीय बजारका काम गर्न नपाउने गरेको भन्दै संगठनले अन्यत्र बजारमा जाने काम स्थानीय क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नियम बनाउनुपर्ने बताए ।
सो अवसरमा मुद्रण उद्योग ब्यवसायी गण्डकी प्रदेशका सल्लाहकार दिनेश शर्मा, कोषाध्यक्ष कोपिला श्रेष्ठ, तनहुँ अध्यक्ष ज्योति श्रेष्ठ लगायतले महासंघले ब्यवसायीहरु विच स्वस्थ प्रतिष्पर्धा गराएर सम्वन्ध विस्तारमा भुमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेश अध्यक्ष बसन्त बास्तोलाका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमबहादुर रसाईलीले स्वागत गरेका थिए भने सञ्चालन महासचिव मनोहर दाहालले गरेका थिए ।
साझा अवधारणा निर्माणका लागि सम्बन्धित
वस्तुगत संघसँगको अन्तरक्रिया कार्यक्रम
श्रावण १३, २०७९ मा नेपाल मुद्रण उद्योग महासंघको आयोजनामा वानेश्वर स्थित इन्द्रेणी होटलमा मुद्रण पेशासँग सम्बद्ध वस्तुगत संघहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष श्री अन्जनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शैक्षिक सामग्री तथा मसलन्द उत्पादक संघका अध्यक्ष श्री हरि भण्डारी, स्टेनरी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष श्री दिवाकर घिमिरे महासचिव श्री शिवसागर शर्मा, नेपाल पेपर उत्पादक महासंघको तर्फबाट श्री मुरारी कोइराला, पेपर डिलर एशोसियसनका अध्यक्ष श्री मनोहरदास मुल, एभरेष्ट पेपर मिलका प्रबन्ध सञ्चालक अजय पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य श्री डिवि वस्नेत, पूर्व उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सुनिल गोपाल श्रेष्ठ लगायत नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष श्री पुस्कल गौतम, प्रथम उपाध्यक्ष श्री अरुण सापकोटा, वागमती
प्रदेश उपाध्यक्ष श्री कुयाङ्ग लामा, संयोजन तथा समन्वय विभाग प्रमुख श्री गोपाल प्रसाद ढकाल, महासंघका पदाधिकारी, सचिवालय सदस्यहरु, कार्यसमितिका सदस्यहरु, वागमती प्रदेश अध्यक्ष भक्त श्रेष्ठ, काठमाडौं र ललितपुरका मुद्रण उद्योग संघका पदाधिकारी र सदस्यहरु, लब्ध प्रतिष्ठित मुद्रण व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री अन्जनकुमार श्रेष्ठले व्यावसायिकहतहित र समद्र्धनका लागि नेपाल मुद्रण उद्योग महासंघद्वारा आयोजित यो कार्यक्रम महत्वपूर्ण रहेको र यसलाई फलदायी बनाउन नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आश्वासन प्रदान गर्नुभएको थियो भने स्वागत मन्तव्यका क्रममा सभापतिको आसनबाट नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीले उपस्थित सम्पूर्ण व्यवसायीलाई स्वागत गर्दै मुद्रण उद्योगका समस्या र समाधानका लागि उपस्थित वस्तुगत संघहरुसँगको सहकार्य र एकाकार हुनसक्ने साझा अवधारणाका सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी अध्यक्षतामा सम्पन्न भएको थियो भने महासंघका महासचिव श्री कमल पोखरेलज्यूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सम्बन्धित व्यवसायी बिचका समस्या र समधानका विषयमा आपसी छलफल गरी साझा अवधारणा गराउने उद्देश्यले आयोजित सो कार्यक्रम व्यवसायीक हकहितमा आपसी समझदारी र भाइचारा सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास लिएको थियो ।
नेपाल मुद्रण उद्योग संघ बाँकेद्वारा मूल्यसूची सार्वजनिक
बाँके । नेपाल मुद्रण उद्योग संघ बाँकेले चालू आर्थिक वर्षको लागि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो । जिल्लामा रहेका प्रेस तथा ब्यानर छपाईको मूल्यलाई एउटै बनाउनको लागि मूल्यसूची सार्वजनिक गरिएको थियो । बुधबार नेपालगन्जका संघका बाँके अध्यक्ष बिनोद पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ मूल्यसूची सार्वजनिक गर्ने निणर्य गरेको थियो । बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका थिए ।
‘अहिलेको बजारको अवस्थालाई ध्यानमा राखेर नयाँ मूल्यसूची सार्वजनिक गर्ने निर्णय भएको हो’ उनले भने, ‘संघ मात्र नभएर बाँकेमा रहेका मुद्रण उद्योगहरुसहितको भेलाले यस्तो निर्णय गरेको थियो ।’ मूल्यसूची निर्माण गर्नुपूर्व मेसिनका साईज र क्षेत्रगत हिसाबमा पटक पटक बैठकहरु गरि मूल्यका विषयमा विशेष छलफल गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका थिए । ‘सम्पूर्ण मुद्रण व्यवसायीहरुको विचारलाई समावेश गरी मूल्यसूची तयार गरिएको हो’ उनले भने । भेलामा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सह–सचिव मिना सुवेदी ढकालले मुद्रण व्यवसायी एक भई व्यवसायीका पिर मर्कालाई समाधान गर्नुपर्ने बताइन् ।
‘बाँकेका सबै मुद्रण व्यवसायी एक भएर व्यवसायलाई टिकाईराख्न र आफ्नो लगानी डुब्न नदिन सहकार्य र सहजीकरण गर्दै व्यवसायी हकहितलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ’ उनले भनिन्, ‘एकरुपता दिनको लागि सार्वजनिक गरिएको मूल्यसूची यसैको पछिल्लो उदाहरण हो ।’ नेपाल मुद्रण उद्योग महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष मेघराज ओलीले देशको अवस्थाअनुसार मुद्रण उद्योगीहरु पनि अछुतो हुन नसकेको बताए । ‘कागज, मसी, केमिकल, ढुवानीमा भएको मूल्यवृद्धिले बाँकेका व्यवसायीहरु पनि अछुतो छैनन्’ उनले भने, ‘समयअनुसार प्रेस सञ्चालक र व्यवसायी टिकाईराख्न पनि मूल्यवृद्धि समायोजन गर्नुपर्छ ।’ अहिले नयाँ सार्वजनिक गरिएको मूल्यसूचीले केही भएपनि बाँकेका व्यवसायीहरुलाई राहत दिने उनले बताए । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय सदस्य चण्डी गैरे, पूर्व केन्द्रिय सदस्य तपेन्द्र विक्रम शाह, लुम्बिनी प्रदेश उपाध्यक्ष पूर्णलाल चुके, सदस्य हरिप्रसाद ज्ञवाली, मुद्रण संघ बाँकेका संस्थापक अध्यक्ष ज्योतीलाल भण्डारी लगायतले मूल्यसूची प्रकाशनले बजार मूल्यमा एकरुपता आउने बताएका थिए । संस्थाको विश्वसनीयतामा पनि वृद्धि हुने बताउँदै उनीहरुले नयाँ मूल्यसूचीलाई सम्पूर्ण व्यवसायीले पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रम नेपाल मुद्रण उद्योग संघ लुम्बिनीका महासचिव चिन्तामणी उपाध्यायले स्वागत मन्तव्य तथा बाँके सचिव नोखराज रावतको सञ्चालन गरेका थिए । नेपालगन्जमा भएको भेलामा बाँके जिल्लाभरीका एक सय बढी मुद्रण उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
मुद्रण उद्योग संघ रुपन्देहीद्वारा मूल्यसूची सार्वजनिक
मुद्रण उद्योग संघ रुपन्देहीले वर्तमान बजारको अवस्थालाई मध्ये नजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो ।
संस्थाका अध्यक्ष लिलाधर लुईटेलको अध्यक्षता, उपाध्यक्ष पशुपति पौडेलको स्वागत मन्तव्य तथा सचिव सागर पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मुद्रण महासंघका बरिष्ट उपाध्यक्ष विष्णु तिवारी, संस्थापक अध्यक्ष खेमप्रसाद लुइटेल तथा संस्थाका सल्लाहकार तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद पराजुलीले मुल्यसूची प्रकाशनले बजार मूल्यमा एकरुपता आउने र संस्थाको विश्वसनियतामा पनि वृद्धि हुने र उक्त मूल्यलाई सम्पूर्ण व्यवसायीले अक्षरस पालना गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले विगतका दिनमा मुद्रण व्यवसायीलाई सरकार र अन्य संघसंस्थाले हेर्ने दृष्टिकोण अलि भिन्न भए पनि हालका दिनमा केन्द्रस्तरबाट पनि विषेश पहल भएको कारण अवस्थामा परिर्वतन आएको बताउनु भयो । साथै उहाँले मुद्रण उद्योग संघ रुपन्देही विशेष पहलका साथ प्रकाशन गरेको मूल्यसूचीले रुपन्देहीमा मुद्रण व्यवसायीहरु बिचको एकता दर्शाउने हुदाँ यस पहलकदमी गर्ने सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
मुद्रण उद्योग संघ रुपन्देहीले उक्त मूल्यसूची निर्माण गर्नुपूर्व मेसिनका साईज र क्षेत्रगत हिसावमा चरणबद्धरुपमा बैठकहरु गरी मुल्यका विषयमा विशेष छलफल गरिएको र जसले गर्दा सम्पूर्ण मुद्रण व्यवसायीहरुको बिचारलाई समावेश गरी मूल्यसूची तयार गरिएको अध्यक्ष लिलाधर लुईटेलले बताउनु भएको थियो ।
व्यावसायिक पुनर्मिलन एवम् अन्तरक्रिया कार्यक्रम
मुद्रण संघ–चितवनको आयोजनमा मिति २०७९ साल भाद्र महिना १०–११ गते बृहत् अन्तरक्रिया कार्यक्रम होटल गैराीबारी रिसोर्ट, सौराहा चितवनमा सम्पन्न भएको थियो ।
अन्तरक्रिया कार्यक्रम, विश्व बजारमा देखिएको अत्यधिक मूल्यवृद्धिका बिच मुद्रण व्यवासयीले आफ्नो पेशा व्यवसायलाई अबका दिनमा कसरी अगाडि बढाउने भन्ने कुरामा केन्द्रित रहेको थियो । कच्चा पदार्थमा भारी मूल्यवृद्धि भईरहेको परिवेशमा चितवनका मुद्रण व्यवसायीबिच अन्तरक्रिया पश्चात् मूल्यमा गर्नुपर्ने हेरफेर गरी मूल्य समायोजनको लागि निकास निकाल्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको थियो ।
एउटा निश्चित मापदण्डमा रहेर मूल्यसूचि निर्माण गर्ने र त्यसलाई आफ्नो व्यवसाय सञ्चालनका क्रममा इमान्दारीपूर्वक लागु गर्ने, अव्यवाहरिक रुपमा न्यून मूल्यमा कुनै एउटा मुद्रण व्यवसायीले काम गर्दा अन्य मुद्रण व्यवसायीलाई समेत असर पर्नुका साथै अस्वस्थ प्रतिस्पर्धाले प्रतिस्पर्धि व्यवसायीहरुलाई त असर गर्छ नै अन्य व्यवसायीहरु समेत विस्थापित हुने खतरा बढाउछ भन्ने कुरामा व्यवसायीहरुलाई सचेत गराउन अन्तरक्रिया कार्यक्रम केन्द्रित रहेको थियो । नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीज्यू प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता मुद्रण संघ–चितवनका अध्यक्ष श्री उपकार सापकोटाज्यूले गर्नुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेपाल मुद्रण उद्योग महासंघका लुम्बिनि प्रदेश उपाध्यक्ष श्री मनोज जि.सि.ज्यू एवम् नेपाल मुद्रण उद्योग महासंघका उप–महासचिव श्री अर्जुन सापकोटाज्यू रहनु भएको थियो । मुद्रण संघ–चितवनका उपाध्यक्ष श्री सन्दिप सापकोटाज्यूले स्वागत मन्तव्य तथा मुद्रण संघ–चितवनका उप–सचिव श्री राजाराम रेग्मीज्यूले ब्याच वितरण गर्नुभएको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन संघका सचिव श्री रविन मिश्रज्यूले गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलनमा महासंघको सहभागीता
अफसेट प्रिन्टिङ्ग एशोसियसन हरियानाको आयोजनामा भारतको हरियाना अन्तर्गत मूर्तल सोनिपथको दिनबन्धु छोटुराम यूनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजीमा भदौं १९–२१ गते प्रिन्टिङ्ग सम्बन्धी अन्तर्राष्टिय सम्मेलन(International Conference of Printed Electronics and Smart Packaging) को आयोजना भएको थियो । विश्वका सात वटा देशको सहभागिता रहेको सो सम्मेलनमा नेपालबाट महासंघका अध्यक्ष खोमकान्त रेग्मी र सचिवालय सदस्य कृष्णप्रसाद पराजुलीज्यूको सहभागिता रहेको थियो ।
आवाशीय रुपमा तीनदिनसम्म चलेको सो कार्यक्रम हरियाना राज्यका राज्यपाल Shri Bandaru Dattaraya को प्रमुख आतिथ्यता र सोही विश्व विद्यालयका उपकुलपति Prof. Dr. Rajendra Kumar Anayath को उपस्थिति र प्राध्यापक डा. कमल चोप्राको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपालबाट उपस्थित जनाउने दुवै जनालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपालको तर्फबाट नेपाल र प्रिन्टिङ्ग जगतको वर्तमान अवस्थाको बारेमा आफ्ना धारणा प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल, भारत, वंगलादेश, श्रीलङ्का, भुटान, ग्रिस र फिलिपिन्स गरी सात राष्ट्रको सहभागिता रहेको थियो ।
काठमाडौं मुद्रण उद्योग संघको साधारण
सभा एवम् अधिवेशन सम्पन्न
भाद्र २५, २०७९ । काठमाडौं मुद्रण उद्योग संघको ८ औं साधारण सभा तथा चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको थियो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय रत्न ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा महासंघका अध्यक्ष खोमकान्त रेग्मी विशिष्ट अतिथि हुनुहुन्थ्यो । काठमाडौं स्थित अधिकांश मुद्रण व्यवसायीहरुको उपस्थिति रहेको सो कार्यक्रममा संघका प्रतिवेदनहरु पारित गर्दै साधारण सम्पन्न गरिएको थियो ।
महासंघका मुख्य पदाधिकारीहरुको समेत महत्वपूर्ण उपस्थिति रहेको सो कार्यक्रम संघका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष पुस्कल गौतम, पूर्व अध्यक्ष श्री माधव केसी, प्रथम उपाध्यक्ष श्री अरुन सापकोटा, संघका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य श्री गोपाल प्रसाद ढकाल, संघका संस्थापक अध्यक्ष तथा अग्रणी मुद्रण व्यवसायी प्रेम उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका उपाध्यक्ष श्री प्रेम आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव दुर्गा प्रसाद ढकाल र सहसचिव विष्णु पोखरेलबाट कार्यक्रम सञ्चालन भएको थियो ।
मुद्रण उद्योग संघ काठमाडौंको अध्यक्षमा श्रेष्ठ
मुद्रण उद्योग संघ काठमाडौंको अध्यक्षमा घननारायण श्रेष्ठ निर्वाचित भएका थिए । संघको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका थिए । अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको थियो ।
जसको उपाध्यक्षमा बिष्णु पोखरेल र सचिवमा कुमोद खतिवडा चयन हुनु भएको छ । सह–सचिवमा मानव के.सी. र कोषाध्यक्ष–श्यामसुन्दर गैरे चयन हुनु भएको थियो ।
अधिवेशनले सह कोषाध्यक्षमा गायत्री अधिकारीलाई चयन गरेको छ । आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट सदस्यहरु समेत चयन भएको संघले जनाएको छ । जस अनुसार दामोदर रेग्मी, हरेराम कुँवर, पुष्प प्रधानाङ्ग, केशव ठकुरी, जनक खड्का, सरोज योञ्जन, कामिल जमाली, उत्तमकुमार श्रेष्ठ निर्वाचिन हुनु भएको थियो ।
छापाखाना सूचीकृतको आह्वानप्रति महासंघको आपत्ति
निर्वाचन सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन निर्वाचन आयोगले गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ । सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले आम छापाखाना व्यवसायीहरूको पेसामाथि आघात पुगेको जनाएको थियो ।
‘नेपाल सरकारको सबै निकायमा दर्ता गरी राज्यलाई तिर्नुपर्ने सबै दायित्व तिरेका, अति आवश्यक छपाइ सामग्रीहरू तयार गर्न सक्ने क्षमता राखेका छापाखानाहरूसमेत शर्त राखी प्रकाशित गरिएको सूचनाको कारण सूचीकृत हुनबाट वञ्चित भएकाले आम छापाखाना व्यवसायीहरूको पेसामाथि नै आघात पुगेको देखिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपाल संघीय गणतान्त्रिक लोकतन्त्रमा गइसकेको र सो अनुरुप तीन तहका सरकार समेत बनिसकेको अवस्थामा पनि सबै कामको व्यवस्था केन्द्रिकृत हुनुले अझै पनि राज्य संघीयताको मूल मर्मअनुसारको नीति अवलम्बन गर्न नसकेको हो कि भन्ने हाम्रो बुझाइ रहेको छ’ उनले बताएका थिए ।
निर्वाचन आयोगले भदौ १ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री छपाइ गर्ने छापाखानाहरू सूचीकृत हुन आह्वान गरेको थियो । गत स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा मत बदर हुनु मतदाता शिक्षा कमीका कारण भएको महासंघले जनाएको छ । ‘मतदाता शिक्षाका लागि आवश्यक पर्ने सामग्रीहरू पर्याप्त मात्रामा छपाइ हुन नसक्नु र जनमानसले सो सम्बन्धमा यथेष्ठ पाठ्य सामग्री पाउन नसक्दा फेरि पनि मत बदरको संख्या बढ्न सक्ने हुँदा त्यसतर्फ ध्यान दिनुहुन अनुरोध छ,’ महासंघले भनेको छ, देशैभर छरिएर रहेका छापाखानाहरू र छपाइसँग सम्बन्धित व्यवसायीहरूले निर्वाचन आएको महसुस गर्दै प्रतिस्पर्धीको रुपमा छपाइ कार्य गर्न पाउनु पर्दछ, राज्यले आम नागरिकलाई दिएको सुविधा व्यावसायिक रुपले निर्वाचन आयोगले पनि दिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताएका थिए ।
यस्तै महासंघले जी टू जी मार्फत् राज्यले व्यापार गर्ने गरी ठेक्का चलाएको छापाखानालाई समेत काम दिनु र नितान्त कम छापाखानासँग मात्र दररेट माग्नु जिम्मेवार निकायलाई नसुहाउने पनि जनाएको थियो । दररेट सार्वजनिक रुपमा माग्नुस्, हामी पूर्ण रुपमा निर्वाचन आयोगलाई सहयोग पुग्ने गरी राज्यलाई सक्दो सहयोग गर्न तत्पर छौँ भन्ने कुरा यहाँलाई महासंघको तर्फबाट विश्वसनीयता दिलाउन चाहन्छौं भनिएको थियो । महासंघले आम मुद्रण व्यवसायीलाई समावेश गरी काम गर्ने र देशमा निर्वाचन आएको अनुभूति हुने गरी कार्य गरिदिन निर्वाचन आयोगसमक्ष अनुरोधसमेत गरेको थियो ।
गण्डकीद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम
असोज १२, २०७९ पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिले बुधबार शुभकामना आदान–प्रदान, पोखरा उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष लगायतलाई सम्मान तथा बधाई ज्ञापन ग¥यो ।
नेपालीहरुको महान पर्व वडादशैं, दीपावली, छठ, नेपाल संवत् लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला लगायतलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष पदमलाल श्रेष्ठले सरकारले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सेदार मुद्रण उद्योगीलाई हेप्ने काम गरेको बताए । उनले नेपालमा चार हजार मुद्रण उद्योग स्थापना भएको र त्यसमा करिब ८५ अर्व लगानी भएको जानकारी दिए । यसमा एक लाखले रोजगारी पाउनुका साथै चार लाख जना आश्रित रहेको उनले बताए । संघका अध्यक्ष पवन प्रजापतिले आफू सधैं उद्योगी व्यवसायीको साथमा रहने प्रतिवद्धता जनाए । उनले उद्योगी, व्यवसायीको क्षमता बढाउनका लागि संघले ध्यान दिने बताएका थिए ।
पोउवासंघका महासचिव बलराम आचार्यले व्यवसायीको हक र हितका लागि आफूहरु तत्पर रहेको भन्दै मुद्रण उद्योगको समस्या समाधानका लागि छलफल गरिने स्पष्ट पारेका थिए ।
कार्यक्रममा गोरखा मिलन समाजका अध्यक्ष कोपिला श्रेष्ठ, महासंघका सचिव जीवन गोर्खाली, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष महेन्द्र बजिमय, मुद्रण उद्योग संघ कास्कीका सचिव रामप्रसाद भुर्तेल, सल्लाहकार कृष्णप्रसाद ढुंगाना लगायतले बोलेका थिए । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले स्वागत र महासचिव मनोहर दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।
ब्याजदर वृद्धि र राष्ट्र बैंकको नीतिप्रति महासंघको विरोध
काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले ब्याजदरमा भएको वृद्धि र नेपाल राष्ट्र बैंकको वित्तीय नीतिप्रति असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाहरुद्वारा असोजदेखि लागू हुनेगरी ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।
राष्ट्र बैंकका नीतिका कारण कर्जाको ब्याजदर आकाशिने र कोभिडले पारेको बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण मुद्रण व्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरुको ध्यानाकर्षण गराएको थियो । बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्थामा आएको तथा उत्पादिन सामानको मूल्य आकाशिन गइ आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै आएको महासंघको ठहर गरेको थियो ।
कोभिडको समयमा बैंकिङ क्षेत्रबाट ऋण प्राप्त गरेकोमा प्रशंसा गरेको छ । राष्ट्र बैंकको पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेका व्यवसाय जोखिममा परेको र नयाँ लगानी पनि निरुत्सिाहित भएको महासंघले जनाएको थियो ।
काठमाडौं संघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
कार्तिक ५, २०७९ । मुद्रण उद्योग संघ काठमाडौंले सदाझै यस पटक पनि नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीको प्रमुख आतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष माधव केसी, प्रथम उपाध्यक्ष अरुण सापकोटा, द्वितीय उपाध्यक्ष राजकुमार घिमिरे, मुद्रण उद्योग संघका निवर्तमान अध्यक्ष शंकर खड्का, नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य सहित काठमाडौं मुद्रण उद्योग संघका संस्थापक अध्यक्ष श्री प्रेमप्रसाद उपाध्याय, महासंघका सचिवालय सदस्य एवं काठमाडौं मुद्रण उद्योग संघका निवर्तमान अध्यक्ष गोपालप्रसाद ढकाल लगायत काठमाडौं मुद्रण उद्योग उसंघका
पदाधिकारीहरु, कार्य समितिका सदस्यहरु सहित काठमाडौंमा रहेका उल्लेख्य मुद्रण व्यवसायीहरुको उपस्थिति रहेको थियो । प्रबुद्ध मुद्रण व्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रम काठमाडौं मुद्रण संघका सचिव श्री कुमोद खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
सचिवालय र पदाधिकारीहरुको संयुक्त बैंठक
काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघको पदाधिकारी तथा सचिवालयको संयुक्त बैठक सम्पन्न गरिएको थियो । अध्यक्ष श्री खोमकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा पदाधिकारीहरु र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
आफ्नै कार्यालयमा सम्पन्न सो बैठकले महासंघ निर्माण र यसका चुनौती, आगामी कार्यक्रमका सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको थियो । महासंघका महासचिव श्री कमल प्रसाद पोखरेलबाट सञ्चालित सो कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त गरिएका थिए । बैठकले महासंघको चौथो पूर्ण बैठक कास्की जिल्लाको आतिथ्यता पोखरामा गर्ने निर्णय गरेको थियो ।
नेपाल मुद्रण उद्योग महासंघको
सुदूरपश्चिम भेला सम्पन्न
नेपाल मुद्रण उद्योग महासंघको प्रथम सुदूरपश्चिम स्तरिय भेला सम्पन्न भएको थियो । प्रदेशभरका व्यवसायीहरुको सहभागितामा कैलालीको धनगढीमा भेला सम्पन्न भएको थियो । उक्त भेलाले महेन्द्र शाहीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति चयन गरेको थियो ।
समितिको वरिष्ठमा उपाध्यक्ष देवेन्द्रविक्रम शर्मा, उपाध्यक्षमा धर्मसिंह साउँद र महासचिवमा डिल्लीराज ऐरी चयन भएका थिए । यस्तै तदर्थ समितिको सचिवमा मदनराज भट्ट, सह सचिवमा भोजराज जाशी र कोषाध्यक्षमा लक्ष्मण खडायतलाई चयन गरिएको थियो ।
समितिको सदस्यहरु रामबहादुर साउँद, खडक पातली, रुपलाल चौधरी, अरुण पन्त, सरस्वती धामी, बासुदेव गौतम, रमण भट्ट, हेमराज भट्ट, महेश भट्ट, झरेन्द्र ओली र राजेन्द्र प्रसाद वड रहेका छन् । महासंघका केन्दीय उपाध्यक्ष नरसिंह धामीको अध्यक्षता र नेपाल मुद्रण महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त भेलामा वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, कर्णाली उपाध्यक्ष हिमा उपाध्याय, सहसचिव मिना ढकाल, केन्द्रीय सदस्य विनोद पौडेल, पूर्व उपाध्यक्ष महेश दाहाल, मुद्रण उद्योग संघ दाङका अध्यक्ष दीपक आचार्य, पूर्व सांसद महेश्वर पाठक, मुद्रण ब्यवसायी मधुसुधन उपाध्याय, मुद्रण व्यवसायी पत्रकार हेमन्त पौडेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सुदुरपश्चिम जिल्लाका अधिकांश मुद्रण व्यवसायीहरु र कैलाली जिल्लाका उल्लेख्य मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो । पूराना व्यवसायीले मुद्रण उद्योग संघका लागि र व्यवसायका लागि गरेको उल्लेखनीय कार्यको उच्च कदर गर्दै सम्मान व्यक्त गरिएको थियो ।
सुदुरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र विक्रम शाही
नेपाल मुद्रण उद्योग महासंघ सुदुर पश्चिम प्रदेशको मुद्रण व्यवसायीहरुको भेलाले महेन्द्र विक्रम शाहीको नेतृत्वमा प्रदेश संगठन समिति निर्माण गरेको थियो ।
मंसिर १०, २०७९ शनिबारका दिन धनगढीमा सम्पन्न भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचित सम्पूर्ण कार्य समितिलाई महासंघका अध्यक्ष खोमकान्त रेग्मीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।
मुद्रण उद्योग संघ रुपन्देहीको आठौं
वार्षिक साधारण सभा सम्पन्न
मुद्रण उद्योग संघ रुपन्देहीको आठौं वार्षिक साधारण सभा २०७९ मंसिर १७ गते, शबिनर बुटवलमा सम्पन्न भएको थियो । संघका अध्यक्ष लिलाधर लुईटेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथिको आतिथ्यता नेपाल मुद्रण उद्योग महासंघको अध्यक्ष खोमकान्त रेग्मीज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका वरिष्ट उपाध्यक्ष विष्णु प्रसाद तिवारी, नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष, मनोज जि.सी., नेपाल मुद्रण उद्योग महासंघ सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पराजुली, नेपाल मुद्रण उद्योग महासंघ सदस्य तथा यस संघका निवर्तमान अध्यक्ष हरि पहारी, यस संघका संस्थापक अध्यक्ष तथा महासंघ सल्लाहकार खेमप्रसाद लुईटेल, लुम्बिनी प्रदेश उपाध्यक्ष घनश्याम घिमिरे, इम्प्रेसन नेपालका लुम्बिनी प्रदेश संयोजक लक्ष्मी जि.सी. तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सञ्जय सौगात लगायत १०० भन्दा बढी मुद्रण व्यवसायीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
संघका उपाध्यक्ष पशुपति पौडेलको स्वागत मन्तव्य तथा सचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खोमकान्त रेग्मीज्यूले रुपन्देहीले गरेका कुनै पनि क्रियाकलापहरु सदैव अन्य जिल्ला तथा स्वयम् महासंघलाई समेत मार्गदर्शक हुने गरेको र रुपन्देहीले आगामी दिनमा नेतृत्व तहमा पुग्ने गरी कार्य गर्ने कुरामा आफुु विस्वस्थ रहेको बताउनु भएको थियो । साथै रुपन्देही भारतसँग सिमान जोडिएको जिल्ला रहेकाले यसको आप्mनै खालको समस्या रहेको र उक्त समस्या समाधान महासंघ पूर्णरुपमा सहकार्य गर्न तयार रहेको समेत बताउनु भएको थियो । वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद तिवारीले सभालाई सम्बोधन गर्दै हामी सम्पूर्ण मुद्रण व्यवसायीहरु सहकार्यको अवधारणालाई अगाडि बढाई आजको माग अनुसारको मेसिन तथा छपाई गर्नु पर्ने बताउनु भएको थियो । त्यसैगरी यस प्रदेशमा आवश्यक पर्ने सम्पूर्ण सामानहरु हामी नै उपलब्ध गराउन सक्षम रहेको परिप्रेक्षमा सम्बन्धित निकायले पनि बेवस्था गरेका कुरालाई गम्भिरताका साथ लिनु पर्ने बताउनु भएको थियो । मुद्रण उद्योग संघ रुपन्देहीका सल्लाहकार तथा संस्थापक अध्यक्ष खेमप्रसाद लुइटेलज्यूले मुद्रण व्यवसायलाई एकादेशको कथा जस्तो बन्न नदिन सम्पूर्णको सहकार्य जरुरी रहेको बताउनु भएको थियो । उक्त कार्यक्रमका अन्य वक्ताहरुले सहकार्य र सहभागितालाई व्यापक बनाउदै मुद्रण उद्योगलाई एक प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
संघका अध्यक्षद्वारा प्रस्तुत यस संघले सम्पन्न गरेको कार्यक्रम तथा आगामी दिनमा गरिने कार्यक्रम एव नीति नियमहरु बन्दसत्रमा घनिभूत रुपमा छलफल भई सर्वसम्मत् रुपमा पारित भएको थियो ।
महासंघ चौथो बैठक पोखरामा सम्पन्न
आश्विन २९, २०७९ । नेपाल मुद्रण उद्योग महासंघको चौथो पूर्ण वैठक नेपालको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको थियो ।
कास्की मुद्रण उद्योग संघको आतिथ्यमा सम्पन्न सो बैठकको अध्यक्षता महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीले गर्नुभएको थियो भने महासंघका महासचिव श्री कमल पोखरेलबाट कार्यक्रम सञ्चालन गर्नु भएको थियो । महासंघ निर्माणका लागि महत्वपूर्ण निर्णयहरु गर्दै उक्त बैठक सम्पन्न भएको थियो ।
सामाजिक कार्यमा मुद्रण उद्योग संघ ललितपुर
मंसिर २५, २०७९ । मुद्रण उद्योग संघ ललितपुरले जिल्ला स्थित विकट ठाउँ वागमती गाउँपालिका–४, प्यूटारमा रहेको कालिदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । सो गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष श्री राजकुमार लाामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर लामा, नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष तथा ललितपुर मुद्रण उद्योग संघका अध्यक्ष राजकुमार घिमिरे, निवर्तमान अध्यक्ष तथा महासंघका महासचिव कमल पोखरेल, महासंघका केन्द्रीय सदस्य दिपक दाहाल, निराजन शाक्य, ललितपुर मुद्रण संघका प्रथम उपाध्यक्ष विष्णुहरि महर्जन, द्वितीय उपाध्यक्ष हरिप्रसाद अधिकारी, सचिव दशराम महर्जन, सहसचिव अतुल पाण्डे, सदस्यहरु विष्णु अधिकारी सहित ललितपुरका अग्रणी मुद्रण व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सल्लाहकार युवराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा करिव २ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको जानकारी प्राप्त भएको थियो ।
कैलाली मुद्रण उद्योग संघको १४औं साधारणसभा
तथा ५औं जिल्ला अधिवेशन धनगढीमा
पौष ९, धनगढी । कैलाली मुद्रण उद्योग संघको १४ औं साधारणसभा तथा ५औं जिल्ला अधिवेशन धनगढीमा सम्पन्न भएको थियो । कैलाली जिल्ला मुद्रण उद्योग संघका अध्यक्ष एवं मुद्रण व्यवसायीहरुले धनगढीमा मुद्रण सम्बन्धमा आफुहरु जस्तोसुकै र जतिसुकै परिणाममा छाप्न समक्ष रहेकाले आफुहरुलाई काम गर्ने अवसर दिन आग्रह गरेका थिए । व्यवसायीले करोडौं लगानी लगाएर उद्योग संचालन गरेपनि काम नपाएको सरकारले व्यवसायीको हित हुने गरि उद्योग निति नल्याएर करोडौं रुपैयाँ डुब्ने र व्यवसायी पलायन हुने अवस्था आउने भएकाले समयमै सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
कैलाली जिल्ला मुद्रण उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष नरसिंह धामी प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा मुद्रण व्यवसायी जोन शाह, पूर्व मेयर खेमराज पाण्डे नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका सुदूरपश्चिम अध्यक्ष मेखराज दहाल,नेपाल निर्माण व्यवसायी संघ सुदूरपश्चिमका सचीव लक्ष्मण साउँद, उद्योग वाणिज्य संघ कैलालीका महासचिव ओम बिस्ट लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कैलाली मुद्रण उद्योग संघका जिल्ला सचीव लक्ष्मण खडायतले गरेका थिए । सो अधिवेशनले ११ जनाको कार्यसमिति समेत चयन गरेको थियो ।
१) अध्यक्ष – शैलेन्द्र श्रेष्ठ
२) उपाध्यक्ष – सुरवली चौधरी थारू
३) सचिव – धर्म सिंह साउँद
४) कोषाध्यक्ष – भोजराज जोशी
५) सह–सचिव – धनकुमार जोशी
६) सदस्य – श्रीमती भुवनेश्वरीदेवी भण्डारी
७) सदस्य – मुकेश ठाकुर
८) सदस्य – जोधिराम चौधरी
९) सदस्य – शुलभ शाह
१०) सदस्य – साँधुराम चौधरी
११) सदस्य – यज्ञ ब. चौधरी
निजी प्रकाशकका पुस्तक छाप्ने प्रेशहरू बीच अन्तक्र्रिया
पुस ६, २०७९ । नेपाल मुद्रण उद्योग महासंघ अन्तर्गतका प्रिन्टर्सहरु जसले प्राइभेट प्रकाशकका पाठ्यपुस्तकहरु छाप्नु हुन्छ, वहाँहरु बीच महासंघको आयोजनामा एउटा छलफल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रकाशकहरुले धेरै प्रिन्टर्ससँग काम गर्ने तर समयमा भुक्तानी नभैरहेको अवस्था र प्रिन्टर्स बीच पनि कुन प्रकाशकको कस्तो व्यवहार भईरहेको छ भन्ने विषयमा छलफल भएको थियो । प्रकाशकहरु प्रेसका सहयोगी हुन जसका कारण छापाखानाले काम पाएका छन् तर पनि भुक्तानीको र दरभाउका सम्बन्धमा समस्या आएको हुँदा त्यसलाई समायोजन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गर्नुपर्ने खाँचो देखिएको थियो । छलफल कार्यक्रम ३ चरण गरी बसेको थियो । पुतलीसडक स्थिल ग्रीन लिफ होटलमा पहिलो र तेस्रो चरणको बैठक बसेको थियो भने दोस्रो चरणको बैठक नेपाल मुद्रण उद्योग महासंघको कार्यालयमा सम्पन्न भभएको थियो । महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीको अध्यक्षतामा बसेको सो बैठकमा महासंघका प्रथम उपाध्यक्ष श्री अरुण सापकोटा, उपाध्यक्ष हिमाकुमारी उपाध्याय, उपाध्यक्ष कुयाङ्ग लामा, महासचिव कमलप्रसाद पोखरेल, उप–महासचिव श्री अर्जुन सापकोटा, बागमती प्रदेश अध्यक्ष श्री भक्त श्रेष्ठ, केशर ठकुरी, रमेश किशोर श्रेष्ठ, कमल कार्की, पारस कायस्थ, कृष्ण काजी वादे, नारायणप्रसाद भट्टराई, नारायणबहादुर बस्नेत, अतुल पाण्डेय, विदुर अधिकारी, घननारायण श्रेष्ठ, अजय खनाल, हरि दाहाल, मनोज राजवंशी लगायतको उल्लेख्य मुद्रण व्यवसायीको उपस्थिति रहेको थियो ।
नेपाल मुद्रण उद्योग महासंघको सचिवालय बैठक सम्पन्न
पौष ८, २०७९ । नेपाल मुद्रण उद्योग महासंघको सचिवालयको बैठक महासंघको कार्यालयमा सम्पन्न भएको थियो । बैठकले माघ २१ गते काठमाडौंमा नवौँ साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको थियो सो बैठकले साधारण सभा सम्पन्न गर्ने केही समिति निर्माण गरेको थियो । बैठक अध्यक्ष खोमकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, प्रथम उपाध्यक्ष अरुण सापकोटा, द्वितीय उपाध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्ष मनोज जि.सी., महासचिव कमलप्रसाद पोखरेल, उप–महासचिव अर्जुन सापकोटा, काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष श्री घननरायण श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर मुद्रण उद्योग संघका अध्यक्ष विश्वराज दुलालको उपस्थिति रहेको थियो । सो बैठकमा साधारण सभामा उपस्थिति र व्यवस्थापन मिलाउनका लागि काठमाडौं, ललितपुर र भक्तपुरका मुद्रण उद्योग संघका अध्यक्षसँगको छलफल समेत गरिएको थियो । बैठकले नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद पराजुलीका पूजनीय पिताको स्वर्गारोहण हुनुभएकोमा शोक प्रस्ताव पनि पारित गरिएको थियो ।
समवेदना व्यक्त
पौष १०, २०७९ । नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष श्री कृष्णप्रसाद पराजुलीका पिताको स्वर्गारोहण भएको नवौँ दिनको पूण्य तीथिमा श्रद्धाञ्जली व्यक्त गर्न वहाँको निवास नवलपरासीको बासाबसाइमा उपस्थित रह्यो । महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मी, लुम्बिनी प्रदेश उपाध्यक्ष श्री मनोज जि.सी., मुद्रण उद्योग संघ चितवनका पूर्व अध्यक्ष श्री खेमराज भट्टराई सहितको उपस्थिति रहेको थियो ।
नेपाल मुद्रण उद्योग महासंघ र मिडिया स्पेस
सोलुसन प्रा. लि. बीच सम्झौता
नेपाल मुद्रण उद्योग महासंघ र मिडिया स्पेस सोलुसन प्रा. लि. बीच आगामी चैत्र महिनाको १०, ११ र १२ गते काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिने Nepal 5P International Exhibition सम्बन्धमा लिखित सम्झौता गरिएको थियो । नेपाल मुद्रण उद्योग महासंघ र मिडिया स्पेस सोलुसन प्रा. लि. बीचको यो सम्झौताले आगामी दिनमा अझ बढी प्रगाढ सम्बन्ध विस्तार हुने कुरामा विश्वास गरिएको थियो ।
मुद्रण व्यवसायीहरू बीच महासंघको अन्तक्र्रिया
२०७९ पौष २१ । महासंघका काठमाडौंमा उपलब्ध पदाधिकारीहरु र मुद्रण व्यवसायमा लामो समयदेखि काम गरेर पनि महासंघको अभियानमा नजोडिएका मुद्रण व्यवसायीहरु बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । झम्सीखेल, ललितपुरको होटल भिवान्तामा सम्पन्न भएको कार्यक्रम महासंघसँग आवद्ध नभएका मुद्रण व्यवसायीलाई कसरी महासंघसँग आवद्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । वहाँहरुलाई महास.घमा आवद्ध गराउनका लागि व्यावसायिक र सांगठनिक विषयमा कसरी व्यवस्थापन हुने भन्ने कुरामा सबैजनाले आ–आफ्नो सुझाव राख्नुभएको थियो ।
महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रम महासंघका महासचिवले संचालन गर्नु भएको थियो भने उक्त कार्यक्रममा उपाध्यक्ष हिमाकुमारी उपाध्याय, केन्द्रीय सदस्य श्री निराजन शाक्य, चण्डी ढकाल, दिपक दाहाल, सत्यराम महर्जन सहित पूर्व उद्योग वाणिज्य महासंघका सदस्य तथा नेपाल मुद्रण संघका पूर्व अध्यक्ष नन्दकिशोर श्रेष्ठ, पुराना मुद्रण व्यवसायी सुनिल श्रेष्ठ, बाबुकृष्ण सापकोटा, अच्युतराज भण्डारी, विदुर अधिकारी, अतुल पाण्डेय, राजेन्द्र चापागाई, पुष्प मानन्धर, मोहनध्व जोशी, राजविर जोशी, कृष्णकाजी वादे, पुष्पराज, दिपक भण्डारी, अजय वादे श्रेष्ठ, माधव भट्टराई, अमर शाक्य, भावा राजभण्डारी, रमेश श्रेष्ठ, शैलेन्द्रराज आचार्य, परशुराम दाहाल सहितको उपस्थिति रहेको थियो ।
महासंघ र प्रिप्रेस (CTP) बीच अन्तरक्रिया
पौष २२, २०७९ । नेपाल मुद्रण उद्योग महासंघ र प्रि–प्रेस (CTP) बीच पुतलीसडक स्थिति ग्रीन फिल होटलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रेस व्यवसायी, प्रकाशक र CTP बीचको समस्या र त्यसका निकासका बारेमा छलफल गरिएको थियो । कार्यक्रम महासंघका अध्यक्ष श्री खोमकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष श्री अरुण सापकोटा, उपाध्यक्ष हिमकुमारी उपाध्याय, महासचिव कमलप्रसाद पोखरेल, उपमहासचिव अर्जुन सापकोटा, केन्द्रीय सदस्य दिपक दाहाल, कागमती प्रदेश अध्यक्ष श्री भक्त श्रेष्ठ सहित पर्शुराम खड्का, सुरेश श्रेष्ठ, रमेश जोशी, बुद्ध प्रधान, मधुकर मानन्धर, राजन सिग्देल, विक्रम कुँवर, जनक खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पूर्ण CTP सँग सम्बन्धित व्यवसायीहरुले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो ।
महासंघको स्थापना दिवस भव्यरुपमा सम्पन्न
पुस २९, २०७९ । नेपाल मुद्रण उद्योग महासंघको स्थापना दिवस महासंघको कार्यलयमा भव्यरुपमा केक काटेर मनाइयो । सो कार्यक्रम महासंघ प्रथम उपाध्यक्ष अरुण सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यव्रm्रममा द्वितीय उपाध्यक्ष राजकुमार घिमिरे महासंघका महासचिव कमल प्रसाद पोखरेल, कोषाध्यक्ष सुदिप न्यौपाने, सचिवालय सदस्य गौराज श्रेष्ठ, केन्द्रीय सदस्य दिपक दाहाल, चण्डी ढकाल, विश्वराज दुवाल, खिलानाथ लुइटेल, महासंघका सल्लाहकार तथा निवर्तमान महासचिव युवराज श्रेष्ठ सहितको भव्य उपस्थिति रहेको थियो । कार्यव्रm्रममा महासंघका कार्यकारी अधिकृत नरोत्तम घिमिरेले सहजीकरण गर्नुभएको थियो भने कार्यलय सहायक संगीता सपकोटाको पनि उपस्थित रहेको थियो ।
चितवन मुद्रण उद्योगको साधारण सभा तथा अधिवेशन
माघ १४, २०७९ । चितवन मुद्रण उद्योग संघको २१ औं साधारण सभा तथा १४ औं अधिवेशन भरतपरुको होलिडे पार्टी प्यालेसमा सम्पन्न भएको थियो । संघका अध्यक्ष उपकार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यव्रmममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघ चितवनका वरिष्ठ अध्यक्ष सूर्य न्यौपाने, स्व्रिmन प्रिन्ट नेपालका अध्यक्ष प्रकाश ढुङ्गाना, नेपाल स्टेशनरी व्यवसायी संघ चितवनका अध्यक्ष प्रवेश आचार्य, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन, नवलपुर क्षेत्रीय समितिका अध्यक्ष केशवराज खनाल, नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपमहासचिव अर्जुन सापकोटा, नेपाल मुद्रण उद्योग महासंघ वाग्मती प्रदेशका सचिव तथा चितवन उद्योग संघका सदस्य गोपाल प्रसाद गैरे, मुद्रण संघ चितवनका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक खेमराज भट्टराई, संघका निवर्तमान अध्यक्ष गुमानसिंह खड्का लगायत चितवन मुद्रण संघका पदाधिकारीहरु, कार्य समितिका सदस्यहरु सहित उल्लेख्य साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यव्रmम संघका उपाध्यक्ष सन्दिप सुवेदीले संचालन गर्नु भएको थियो ।
मुद्रण संघ चितवनको अध्यक्षमा सन्दिप सुवेदी निर्वाचित
१४ माघ २०७९ । मुद्रण संघ चितवनको अध्यक्षमा सन्दिप सुवेदी निर्वाचित हुनुभएको थियो । २१ औं साधारण सभा तथा १४ औं अधिवेशनवाट चितवनका मुद्रण व्यवसायीहरुले वहालाई अध्यक्षमा निर्वाचित गरेका हुन् । त्यसै गरी उपाध्यक्ष– रविन मिश्र, सचिव– उत्तम अर्याल, कोषाध्यक्ष–राजराम त्रिपाठी, सहसचिव– सरोजबाबु घिमिरे, सहकोषाध्यक्ष– सुजन अर्याल, सदस्य– पुरन थापा मगर, सदस्य– डिलाराम ढकाल, सदस्य– भविश्वर पाण्डे, सदस्य– महेन्द्र अधिकारी, सदस्य– भिवराज सुवेदी निर्वाचित हुनुभएको थियो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले प्रमाण पत्र वितरण गर्नु भएको थियो भने महासंघका अध्यक्ष खोमकान्त रेग्मीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यव्रmममा निर्वाचित अध्यक्षले आफ्ना भनाइहरु व्यक्त गर्दै मुद्रण संघलाई सवल र सक्षम गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष रेग्मी र रुद्रनाथ अधिकारी सम्मानित
१४ माघ २०७९ । मुद्रण संघ चितवनले प्रत्येक २ वर्षमा गर्दै आएको पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रम अनुसार आफ्नो २१ औं वार्षिक साधारण सभा र १४ औं अधिवेशनको अवसर पारेर २०५८–६०/२०६०–२०६२ सम्म मुद्रण संघ चितवनको नेतृत्व गरेका अध्यक्ष खोमकान्त रेग्मीलाई मुद्रण व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै संघका अध्यक्ष उपकार सापकोटाद्वारा प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसै गरी सो कार्यक्रममा संघका जेष्ठ सदस्य रुद्रनाथ अधिकारीलाई पनि ६८ वर्षका उमेरसम्म मुद्रण पेशामा सव्रिmय संलग्न रहेकोमा प्रमाणपत्र र दोसल्ला ओढाई संघद्वारा सम्मान गरिएको थियो ।
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश स्तरीय भेला
मुद्रण सञ्चालकहरुको व्यावसायिकसंस्था नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश स्तरीय भेला २०७९ माघ १४ गते नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्री विष्णु तिवारीज्यूले खुला सीमा र दक्ष जनशक्ति अभावमा सीमा क्षेत्रका व्यवसायी समस्यामा परेको बताउनु भयो । उहाँले राज्यका कतिपय नीति, नियम र कानुनी अड्चनका कारण पनि व्यवसायीले लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेका बैंक, वित्तिय संस्था र अहिलेको आर्थिक संकटका कारणले झन समस्या झेल्नु परेको बताउनु भयो । बरिष्ठ उपाध्यक्ष तिवारीले महासंघ संगठन विस्तार र अभियानमा रहेकाले सम्पूर्ण व्यवसायीहरु एक भएमा मात्र राज्यले हाम्रा कुरा सुन्ने हुँदा व्यावसायिकएकता विना उद्योगले प्रतिफल पाउन नसक्ने र व्यवसायि सधैँ परनिर्भर हुनु पर्ने हुनाले मुद्रण पेसामा लागेका व्यवसायीहरु एक हुनु पर्नेमा जोड दिनु भयो ।
भेलामा लुम्बिनी प्रदेशस्तरीय १२ जिल्ला मुद्रण व्यवसायीहरुको सहभागिता रहेको थियो । भेलामा १२ जिल्लाका जिल्ला प्रतिनिधिले आ–आफ्नो जिल्लाको संगठनको वस्तुस्थितिको बारेमा रिपोटिङ समेत गरेका थिए । भेलाले नेपाल मुद्रण उद्योग महासंघले प्रदेशमा रहेका ८ जिल्लामा जिल्ला संगठन भईसकेको, २ जिल्लामा महासंघको विधान अनुरुप गठन गर्न सकिने र २ जिल्लामा सम्पर्क जिल्ला निर्माण गर्ने निर्णय पनि गरेको छ । यही २०७९ माघ २१ गते नेपाल मुद्रण उद्योग महासंघको काठमाण्डौमा हुन गइरहेको नवांै साधारणमा प्रदेशको तर्फबाट उल्लेख्य उपस्थिति जनाउने निर्णय समेत गरियो ।
नेपाल मुद्रण उद्योग संघ लुम्बिनी प्रदेश अध्यक्ष श्री कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष मनोज जि.सी, उप सचिव मिना ढकाल सुवेदी, केन्द्रीय सदस्य चण्डी प्रसाद गैरे, हरि पहारी, हरि डाँगी, प्रदेश उपाध्यक्ष पूर्णलाल चुके, नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष बिनोद पौडेल, मुद्रण उद्योग संघ बर्दियाका अध्यक्ष महेश अधिकारी, दाङ, अध्यक्ष दिपक आचार्यलगायतले मुद्रण व्यवसायीको समस्याका बारेमा बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मुद्रण उद्योग संघ लुम्बिनी प्रदेश सचिव चिन्तामणी उपाध्याय(सि.एम.) ले गर्नु भएको थियो ।
Recent Posts
कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
November 30, 2024
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024
सरकारले बेलाबेलामा गरेका निर्णयले मुद्रण ब्यवसायीहरु धरापमा
November 21, 2024