Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

मुद्रण व्यवसायसँग सम्बन्धित करको बारेमा केही जानकारी

सन्तोष रेग्मी, चार्टर्ड एकाउन्टेन्ट
यो लेखामार्फत आयकर ऐन, २०५८ र मूल्य अभिबृद्धि कर ऐन, २०५२ को मुद्रण व्यवसायलाई चाहिने मूख्य प्रावधानहरु प्रष्ट्याउन खोजिएको छ । यो लेखामा विशेषत आर्थिक वर्ष २०७८।०७९को प्रावधानहरु प्रष्टयाइएको छ । आफ्नो पेशामा रहेर पेशा गर्दा छापाखाना सम्बन्धि कारोबार गर्ने व्यवसायको हकमा लागू हुने प्रावधानहरु उल्लेख गर्ने खोजेको छु । मेरो पारिवारिक पृष्ठभूमि मुद्रण उद्योगसंग आवद्ध रहेकोले आयकर तथा मूल्य अभिवृद्धि कर मा रहेका व्यवहारिक समस्याहरु सुन्दै भोग्दै आइरहेको छु । मुद्रण उद्योराहरुले स्थानीय बजारमा कांगज, मसी तथा सामग्रीहरु आवश्यक मात्रामा नपाइने हुनाले बाहिर देशबाट आयात गर्नुपर्ने वाध्यता छ ।
आर्थिक वर्ष २०७८।७९ को तथ्याङ्क अनुसार नेपालमा offset Printing Machinery हरु (जम्मा रु.१८,३१२४ हजार, ४,६०५ के.जी) आयात भएको छ ।Letter Press Printing Machinery जम्मा रु.११,१९३ हजार ४७९ के.जी) आयात भएको एबउभच र एबउभचदयबचम ४,३३०,३९९ हजार ३३,४८७,३९८ के.जी आयात भएको छ भने भारतबाट मात्रै ३,६४१,९४७ हजार २८,१८७,४१७ के.जी बराबरको पेपर आयात भएको छ ।
कागज र कागजबोर्ड गरेर जम्मा १२,८१७ हजार ६,४४८ के.जी बराबरको निर्यात भएको छ ।
कागजमा आयात र निर्यातको प्रतिशत ९९.७ % र ०.३ प्रतिशत रहेको छ ।
कागजमा भारत तर्फको आयतमा १४.२५ % को दरलो भन्सार असुलउपर भएको छ । साथै Machinery को Parts मा ५% को दरले भन्सार असुल उपर भएको छ ।
यस अवस्थालाई नियाल्दा कागजको माग अनुसार नेपालमै उत्पादन गर्न सकियो भने राज्यबाट बाहिरिने रकम धेरै मात्रामा जोगाउन सकिन्छ । उत्पादन उद्योगलाई आयकरमा Concession हरु छन् । एक अर्व भन्दा बढी पुजि लगानी भएको उद्योगलाई सञ्चालनको पहिलो पाचवर्ष  सम्मआयकर लाग्दैन र त्यसपछिको ३ वर्षसम्म लाग्ने करको पचास प्रतिशत छुट हुन्छ ।
एक सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको असी प्रतिशत, पाँच सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको पचहत्तर प्रतिशत, एक हजार वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने कर रकममा थप दश प्रतिशत छुट हुन्छ ।
उत्पादनमूलक उद्योग एवम् अन्य साधारण व्यवसायमा यदि निर्यात गर्दा लाग्ने करमा थप २५ प्रतिशत छुट हुन्छ ।
२०७८।०७९ आ.व. पछि वार्षिक कारोबार ३० लाख सम्म गर्ने व्यक्ति (Proprietorship Business को यदि नाफा  ३ लाखसम्म छ भने त्यस्तो व्यवसाय गर्न व्यत्तिले कारोबारको आधारमा आयकर दाखिला गर्नुेपर्ने हुन्छ । महानगरपालिकामा कारोबार गर्नेले रु. ७,५००, नगरपालिकामा कारोबार गर्नेले ४,०००, गाँउपालिका कारोबार गर्नेले २,५०० वार्षिक कर बुझाउनु पर्ने हुन्छ ।
२०७८।०७९ को लागि ७५ प्रतिशत छुट लाग्ने करमा वार्षिक कारोबार ३० लाख देखि १ करोडसम्म गर्ने व्यक्तिको यदि नाफा रकम १० लाखसम्म छ भने पहिले ३० लाखसम्म ३० लाखसम्म माथिको कर ३० लाखदेखि पचास लाखसम्म १ प्रतिशत र ५० लाखदेखि एक करोडसम्म ०.८ प्रतिशत कर लाग्दछ । २०७८।०७९को लागि पचास प्रतिशत छुट छ लाग्ने यो प्रावधानले घाटामा रहेको व्यवसायको पनि कर असुलउपर गर्ने हुन्छ ।
एक पटकमा पचास हजार भन्दा बढि भुक्तानी गर्नु परेमा १.५ प्रतिशतको दरले अग्रिम करकट्टि गर्नेु पर्ने हुन्छ ।
मुद्रण व्यवसाय सेवा एवम् वस्तु दुवैको मिश्रण हुने हुनाले खरिद अथवा बिक्री कुनै मध्ये २० लाख कारोबार नाघेपछि मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने हुन्छ ।
मूल्य अभिवृद्धि करतर्फ किताब, पत्रिका, क्यालेन्डर तथा केही प्रकाशित सामग्रीहरुको विक्रीमा मूल्य अभिवृद्धि कर लाग्दैन । निर्यात गर्ने वस्तुमा मूल्य अभिवृद्धि कर ० प्रतिसतको दरले लाग्छ । किताब, पत्रिका, क्यालेन्डर तथा केही प्रकाशित सामग्रीहरुको बिक्री गर्ने संस्थाले पेपर किन्दा मूल्य अभिवृद्धि कर तिरे तापनि बिक्रीमा मूल्य अभिवृद्धि कर नउठाउने भएकोले पेपर किन्दा तिरेको  मूल्य अभिवृद्धि करकट्टी गर्न मिल्दैन । साथै मूल्य अभिवृद्धि करलाग्ने र नलाग्ने वस्तु बिक्री गर्नेले कच्चा पदार्थ एवम् खर्चको प्रत्यक्ष सम्बन्धमा स्थापित गर्ने नसकेमा बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिदमा तिरेको करकट्टि गर्ने मिल्छ ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा timing of supply को व्यवस्था रहेको छ । यस व्यवस्था अनुसार ख्ब्त् तिर्नुपर्ने वाध्यता बिजकजारी हनुभन्दा अगावै पनि हुन्छ । तर व्यवहारमा विजक जारी नगरी VAT  तिरेको खासै देखिदैन । नेपाली बजारमा समयमा बिक्री रकम नउठ्नु र विक्री रकम उठनु अगावै VAT  बुझाउन पर्ने हुँदा कयांै व्यवसायहरु मारमा परिरहेको देखिन्छ ।
नोट : यो लेखा ऐनको साधारण व्याख्या मात्र हो । कर तथा मूल्य अभिवृद्धि कर एवम् भन्सारको सम्पूर्ण असूल उपर प्रक्रिया तथा प्रावधानहरुमा ऐनको व्याख्या बमोजिम हुन्छ र सम्पूर्ण अधिकार ऐनको अधिनमा रहि आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई छ ।