Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

लुम्बिनी प्रदेशमा मुद्रण उद्योग

कृष्ण प्रसाद पराजुली , अध्यक्ष, नेपाल मुद्रण उद्योग महासंघ – लुम्बिनी प्रदेश
पृष्ठभूमि
इ.सं. ६६० को दशकतिर बुद्धका प्रतिमूर्तिहरुलाई छपाईमा ढाल्नका लागि मसी र कागज तयार पारिएपछि काठका ब्लकबाट तयार पारिएको वस्तुलाई मेशिनमा छापिन थालिएपछि सुरु भएको मुद्रणको इतिहास बिस्तारै बिस्तारै आजको कम्प्युटराईज्ड युगमा प्रवेश भएको पाइन्छ । इतिहासलाई अध्ययन गर्दा १५ औं शताब्दीबाट विद्युतीय प्रिन्टिङ्ग मेसिनहरु उत्पादन भएको देखिन्छ । सन १८७५ बाट अफसेट मेसिनहरु र सन १९१० बाट स्क्रीन प्रिन्टिङ्ग प्रविधिको विकास भएको हामीले अध्ययन गरेका सामाग्रीमा भेट्न सक्छौं । विश्वमा सन् १९५१ बट इंकजेट, सन् १९६९ बाट लेजर प्रिन्टिङ्ग र सन् १९९१ बट डिजिटल प्रविधिमा प्रवेश भएतापनि नेपालमा यसको विकास अझै पनि संस्थागत र पूर्ण व्यवसायिकरण हुन सकेको छैन । आफ्नो देशमा आवश्यक पर्ने छपाई सामग्री आफै तयार गरी आत्मनिर्भर हुन सकिने प्रविधि भित्रिएपनि राज्यले उचित संरक्षण गर्न नसकेकोले आजको अवस्था विकराल हुन पगेको छ । वि.सं. १९०८ पौष ७ गतेका दिनसालमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले सरकारी कामकाजको लागि बेलायतबाट प्रिन्टिङ्ग मेसिन झिकाएपछि छापाखानाको इतिहास सुरु भएको मानिन्छ । तथापि यसलाई व्यावसायिकरूपमा सुरु भएको मान्न सकिँदैन । वि.सं. २००७ सालमा भएको राजनीतिक परिवर्तन पश्चात् राजधानी बाहिर मुद्रण व्यवसाय स्थापना भएको पाइन्छ । लुम्बिनी प्रदेशको इतिहासमा वि.सं. २००९ सालमा पहिलो छापाखानाको रूपमा निर्मल प्रेसका नामले निर्मल कसजूले स्थापना गर्नुभएको इतिहास भेट्न सकिन्छ जुन समयमा लुम्बिनी अञ्चलको कुनै पनि ठाउँमा प्रेस थिएन । वि.सं. २०११ सालमा पाल्पामा लाकौल प्रेस सुरु भएको थियो । त्यसलाई पछि बुटवलमा स्थानानतरण गरियो र उक्त समयमा बुटवलमा विद्युत सेवा नभएकोले हेन्ड प्रेस र पछि जेनेटरले सञ्चालन गरी लेटर प्रेस राखिएको थियो । तत्कालिन अवस्थामा प्रेस सञ्चालन गर्न त्यति सहज थिएन । एकातिर सरकारी दमन थियो भने अर्कोतर्फ उद्योगी, व्यवसायीहरुले बिल भौचर छपाउने अन्य प्रकाशन गर्ने संस्कृतिको विकास भएको थिएन । वि.सं. २०३६ को राजनीतिक घटनाक्रम पछि रूपन्देहीमा मुद्रण उद्योगले विकास गरेको पाइन्छ ।
लुम्बिनीको मुद्रण इतिहास हेर्दा विशेष गरी व्यावसायिकभन्दा पनि पत्रपत्रिका छाप्नका लागि ल्याइएको र त्यसलाई क्रमशः व्यावसायिकबनाउने लगिएको भेटिन्छ । वि.सं. २०५० सालसम्म पनि लेटर प्रेस, स्क्रीन प्रिन्टिङ्ग प्रेस र स्टाम्प बनाउने प्रेसहरु मात्र रहेको इतिहास रहेको छ । पत्रिका छाप्नुका साथै व्यावसायिकरूपमा प्रविधिको विकास गर्नुपर्दछ भन्ने भावनाबाट कर्णबहादुर कार्कीले लुम्बिनी अफसेट प्रेसको स्थापना पश्चात् मात्रै आधुनिक कम्प्युटर प्रणालीको मेसिनको विकास भएको हो । त्यसपछिका अवस्थामा देशमा रहेको लोडसेडिङ्ग र राजनैतिक घटनाक्रमले प्रेस व्यवसायीलाई पनि संकटमा पु¥यायो । राजाको प्रत्यक्ष शासनकालमा प्रेस व्यवसायी माथि धरपकड गर्ने, सेन्सरका नाममा सुरक्षाकमी तैनाथ गर्ने कार्यले व्यवसायीहरुलाई प्रेसलाई अभिवृद्धि गर्ने मनोबललाई निरुत्साहित तुल्यायो । २०६२÷०६३ को जनाआन्दोलन पश्चात् मुद्रण व्यवसायमा ठूलो प्रगति आएको छ । सो पूर्व यस क्षेत्रको अधिकांश मुद्रण सामाग्री भारतीय बजारबाट खुलेयाम बिना भन्सार नेपालमा भित्रिरहेको थियो । तथापि त्यो प्रक्रिया आजसम्म पनि पूर्ण रूपमा अन्त्य भइसकेको भने छैन । यस क्षेत्रमा आवश्यक पर्ने प्रश्नपत्रहरु, सरकारी अड्डाका कागजपत्रहरु, पाठ्यपुस्तकहरु लगायत अफिसियल कागजपत्र भारतीय बजारबाट आइरहेको छ ।
एकातर्फको भारतीय सीमाबजारको सुगमता र अर्कोतर्फ राज्यको नीति समय सापेक्ष परिवर्तन हुन नसक्दा त्यो पनि व्यापारिक नीति बन्नुले मुद्रण पेशा बचाईराख्न संकट परेको छ । कच्चा पदार्थमा भन्दा तयारी वस्तुमा भन्सार दर कम हुनु, केही उद्योगहरुमा प्रयोग गर्ने सामाग्रीलाई बिना भन्सार प्रवेश गराउनुले पनि समस्या पारिरहेको छ । बुटवल र नेपालगञ्जदेखि करिब १२० कि.मी.को दूरीमा रहेको गोरखपूर र लखनउ बजारमा नेपाली सामाग्रीहरु यथेष्ट रूपमा छपाई भइरहेको छ । गोरखपुर र लखनउमा धेरै अघिदेखि मुद्रण उद्योगको राम्रो विस्तार र सबै किसिमका छपाई उपलब्धताका कारण र भन्सारका कारणले पनि यस प्रकारको स्थिति लुम्बिनी प्रदेशका मुद्रणले भोग्नुपरेको हाम्रो बुझाइ रहेको छ ।
लुम्बिनी प्रदेशको मध्य भागमा पर्ने प्रदेश हो । यो प्रदेश नवलपरासीदेखि बर्दियासम्म भारतको सीमासँग करीब ४०० कि.मी.को दुरीसम्म जोडिएको छ । यसको बजार विशेष गरी तराईका जिल्लाको साथसाथै यी माथि सूदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लासम्म रहेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, देउखुरी उपत्यका, स्वर्गद्वारीका साथै देशका प्रमुख व्यापारिक, औद्योगिक तथा पर्यटकीय स्थल रहेको छ । हाल आएर मुद्रण उद्योगको क्षेत्रमा राजधानी बाहिर आफ्नै पहिचान बनाउन सकेको छ । नेपालमा राजधानी बाहिर विभिन्न प्रकृतिको छपाई हुने र धेरै मुद्रण व्यवसायी रहेको प्रदेशको रूपमा स्थापित छ । विशेष गरी नेपालगञ्ज, भैरहवा, बुटवल, दाङ जस्ता स्थापित सहरसमेत यसै प्रदेशमा रहेका छन् । आज यस क्षेत्रमा सेक्युरिटी प्रेस र मानोग्राम स्टिकर बनाउने बाहेक अधिकांश सामाग्री उत्पादन गर्न सक्ने गरी मुद्रण उद्योगको विकास भइसकेको छ । हाल यस प्रदेशमा ८ वटा २८×४० का, २०×३० का, १९×२५ का Sheetfeed रङ्गीन छपाई गर्ने मेसिन स्थापना भएका छन् । करिब २५ वटा कार्टुन प्रिन्टिङ्ग गर्ने उद्योग, ५ वटा कागज बनाउने उद्योग (एक प्रस्तावित गरी), ५ वटा प्रि–प्रेस उद्योग, ६ वटा वेभ प्रिन्टिङ उद्योग करिब ४६१ वटा मुद्रण उद्योगहरु स्थापना भएका छन् । मुद्रण र सम्बद्ध  उद्योगमा करिब ४ अर्बको लगानी र प्रत्यक्ष अप्रत्यक्ष गरी ५००० जनाको रोजगारी अभिवृद्धि भएको छ । राष्ट्रिय पूँजीको विकास गर्दै व्यापार घाटा कम गर्नका लागि समेत यस क्षेत्रका व्यवसायीहरु लागि परिरहेको स्थितिमा यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने, बैंक वित्तीय क्षेत्रले उद्योगमा लगानी बढाउने, राज्यको औद्योगिक नीति उद्योग मैत्री हुने हो भने अझ मुद्रण व्यवसाय फस्टाउने देखिन्छ ।
मुद्रण उद्योगको अवस्था
देशको करिब मध्यभाग पूर्वमा नवलपरासीदेखि पश्चिम चिसापानी सम्म र उत्तर पूर्वी रुकुमदेखि दक्षिण मर्चवारसम्म अवस्थित लुम्बिनी प्रदेश ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय तथा औद्योगिक सबल आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गइरहेको छ । एकातर्फ शिक्षा, स्वास्थ्य, विभिन्न सार्वजनिक, निजी कार्यालय तथा व्यवसायिक, औद्योगिक केन्द्रको उपस्थितिले गर्दा मुद्रण कार्यको माग दिनानुदिन बढिरहेको छ भने अर्काे तर्फ उच्चतम प्रविधिले गर्दा उबउभचभिकक को अवधारणाले कार्यालय सामग्री र प्रचार सामग्रकिो उत्पादनका ह्रास आएको छ  तर समग्रमा भन्नु पर्दा प्याकेजिङ्गको रुपमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको उत्पादन बड्दो देखिन्छ ।
विश्व परिवेशमा आएको मुद्रणको विकास समय सापेक्ष सबै स्थानमा परिवर्तन हुन आवश्यक छ । त्यसका लागि यस पेशामा लागि परेका व्यवसायीहरुले उच्च नैतिकतामा आधारित रहेर प्रतिस्पर्धा, गुणस्तरीय र प्रविधियुक्त हुनु अवको आवश्यकता हो । यसका लागि अब एक आपसमा प्रतिस्पर्धीको व्यवहार नगरी विशिष्टिकृत रूपमा पेशालाई अगाडि बढाउनु पर्दछ । सबैकुरा जान्ने, बुझ्ने र उत्पादनलाई वर्गिकृत गरी अगाडि बढेमा व्यवसायको वृद्धि हुनुका साथै सबै किसिमको सेवा समेत मुद्रण व्यवसायीले प्रदान गर्न सक्दछन् । यसका लागि विभिन्न प्रदर्शनी, प्रविधि र भेला तथा अन्तरक्रियाहरुले अझ बढी सरलीकृत बनाउने छ । यसले नेपाल र भारतीय बजारमा रहेका मुद्रण व्यवसायीहरु एक आपसमा छलफल, भेटघाट, प्राविधिक सहयोग र व्यावसायिक नैतिकताप्रति इमान्दार रहन जरुरी छ । जसले गर्दा व्यवसायलाई दिगो मात्र नभई अनन्त जीवन दिन सक्दछ ।
मुद्रण उद्योग एक फरक प्रकृतिको उद्योग हो । यो सेवामूलक उद्योगकको रूपमा रहेको छ । यो वस्तु उत्पादन गर्ने र बजारमा बेच्न राख्ने प्रकृतिको उद्योग होइन यसले राज्यका निकाय र निजी क्षेत्रका संघसंस्थाहरुसँग मिलेर सेवा प्रदान गरिरहेको हुन्छ । स्वदेशी वस्तु उपभोग गर्ने नीतिलाई प्रोत्साहन गर्नु पर्ने सबै क्षेत्रलाई आग्रह समेत गर्दछ ।