Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु

खोमकान्त रेग्मी , अध्यक्ष, नेपाल मुद्रण उद्योग महासंघ
नेपाल मुद्रण उद्योग महासंघ (FNPA) नेपालमा मुद्रण उद्योग एवं सम्बद्ध उद्योगहरुको छाता संगठनको रुपमा स्थापित व्यावसायिकसंगठन हो । यस नेपाल मुद्रण उद्योग महासंघको विधान अनुसार जिल्ला मुद्रण उद्योग संघहरु तथा प्रदेश संघहरु यस नेपाल मुद्रण उद्योग महासंघको सदस्यको रुपमा आबद्ध रहेका छन् । संघिय संरचनाअनुरुप नै यस महासंको पनि जिल्ला प्रदेश र केन्द्र गरी तिन तहका संगठनहरु रहेका छन् । मुद्रण उद्योग संघहरुले भोग्नु परेका समस्याहरुलाई समाधान गर्दै व्यावसायिकहकहित स्थापित गर्दै व्यवसाय प्रवद्र्धन गर्नको लागि स्थापित यस महासंघको हालसम्म ४२ जिल्लामा संगठन बिस्तार भै सकेको छ भने अरु जिल्लामा तत्काल संगठन विस्तार हुने व्रmम जारी छ । नेपाल मुद्रण उद्योग महासंघ देशका मुद्रण व्यवसायीहरुको संगठित प्रतिनिधि निकाय भएकोले यसले नीजि क्षेत्रको हितलाई प्रतिनिधित्व गर्दछ र नीजि क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि मार्फत नेपालको सामाजिक–आर्थिक विकासको प्रवद्र्धनमा संलग्न हुन्छ ।
नेपाल मुद्रण उद्योग महासंका कार्यहरु मुद्रण व्यवसायलाई मद्दत गर्न, गुणस्तर सुधारको साथ उनीहरुको उत्पादकत्व बृद्धि गर्न, स्वदेश र विदेशमा बजारहरु खोज्न, नेपाली मुद्रण उत्पादनहरु र सेवाहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचय गराउन केन्द्रित छन् । स्वदेश तथा विदेशमा रहेका सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गरी मुद्रण व्यवसायको प्रवद्र्धन गर्न तथा उद्यमी कर्मचारी र प्राविधिकहरुको समग्र कार्यसम्पादनको खोजी गर्न पनि सम्पर्क निकायको रुपमा संलग्न हुँदै आएको छ ।
नेपाल मुद्रण उद्योग महासंघ र नेपालको मुद्रणको अवस्थाका बारेमा जानकारी लिनका लागि पहिलो चरणमा नेपालको सामान्य अवस्था, नेपालको मुद्रणको इतिहास, नेपालमा मुद्रणको अवस्था, नेपालमा मुद्रणका लागि कच्चा पदार्थको अवस्था सहित हामीविचमा परेका समस्या त्यसको निराकरणको लागि समाधानको उपायलाई प्रमुखता दिई त्यसलाई पहिल्याउने प्रयास गर्नु उपयुक्त हुने लाग्दछ ।
नेपालको सामान्य परिचयः
नेपाल पूर्वमा, पश्चिममा र दक्षिणमा भारत उत्तरमा चीनको बिचको भागमा रहेको १४३३५० वर्ग कि.मी मा फैलिएको सानो देश हो । यो देश भूपरिवेष्ठित देश हो । यहाँ करिब ३ करोड जनसंख्या छन् भने पूर्व–पश्चिम १०५० कि.मि. र उत्तर–दक्षिण ५५० किलोमिटर मात्र यसको फैलावट छ ।  अधिकांश नागरिकले यहाँ हिन्दु धर्म माने तापनि यहाँ सबै धर्मावलम्बीहरु छन् । यसर्थ हाम्रो देश धर्मनिरपेक्ष देश हो । नेपाल गणराज्य मुलुक हो । यहाँको मुख्य पेशा कृषि हो भने व्यापार पनि अहिले फस्टाउदो अवस्थामा छ । संसार प्रसिद्ध हिमाल सगरमाथा, लुम्बिनी, पशुुपतिनाथ, मुक्तिनाथ जस्ता  विभिन्न प्रसिद्ध पर्यटकीय स्थल नेपालमा पर्दछन् भने संसारका नागरिकहरु रमणीय देश नेपाल हेर्न आउने गर्दछन् । यहाँको साँस्कृतिक, धार्मिक रितिरिवाजका कारण विदेशीहरू पनि लोभिएको पाइन्छ । नदिनाला, पहाड पर्वत यहाँको सौन्दर्यता हो भने हिमाल, पहाड र तराईबीचको सम्बन्ध यहाँको गहना हो । यो देश ७७ जिल्ला १४ अञ्चल र ७ प्रदेशमा विभाजित छ भने उत्तरतर्फ चीनमा नभै भारततर्फको सम्पूर्ण नाका खुल्ला छ । भारत तिर सिमानाका आसपासमा रहेका दुवै तिरका मानिसहरुको रहनसहन मिल्छ, विवाहवारी चल्छ र सांस्कृतिक रितिरिवाज पनि पुरै एकैनासको देखिन्छ । लाग्छ दुवै देशको सिमाना वारिपारी छौ भन्ने नसम्झने हो भने हामी सबै एकै गाउँका एउटै देशका नागरिक हौ भन्ने ठान्दछौ ।
नेपालमा मुद्रणको छोटकरी इतिहासः
नेपालमा मुद्रणको इतिहास त्यति लामो छैन । नेपालमा प्रेसकोे इतिहास १८० वर्षको मात्र भएको पाइन्छ । हामीहरुलाई थाहा छ कि यहाँको यो प्रविधिको सुरुवात १९०८ सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा वेलायत भ्रमण गएका बेला फर्कदा साथमा ल्याएको गिद्ध आकारको हाते जुन टाइप छापाखानाको नाममा थापाथलिमा स्थापना गरियो यो नै नेपालको पहिलो सरकारी छापाखाना भयो । त्यसमा एउटा गिद्धको चित्र अङ्गित थियो । त्यसैले यसलाई गिद्धे प्रेस भन्ने गरिन्छ । त्यसपछि १९१९ मा मनोरञ्जन प्रेस, १९३३ मा नारायणहिटि प्रेस, १९३९ मा लिथोग्राफिक छापाखाना स्थापना भएको पाइन्छ भने वि.सं १९५० मा जनस्तरमा मोतीकृष्णद्वारा सञ्चालित पशुपति प्रेस नै नेपालका पहिला प्रेस मानिन्छन् । यसै व्रmममा १९५८ वैशाख २४ गते नेपालमा गोरखा पत्र साप्ताहिक रुपमा प्रकाशन हुन थाल्यो जब १९६८ पछि फर्पिङ्गको विद्युत संचालनमा आयो अनि विद्युतिय मेसिनहरु पनि आउन थाल्यो । त्यसपछि १९८० मा बालाजुमा जोर गणेश प्रेसको स्थपना भयो जुन नेपालको पहिलो आधुुनिक अफसेट प्रेस थियो जसले नेपालमा रङ्गिन छपाइको थालनी ग¥यो ।
नेपालमा मुद्रण क्षेत्रको अवस्थाः
नेपालमा आफै छपाई मेशिनहरु उत्पादन गर्ने उद्योगहरु नभएका कारण यहाँका मुद्रण व्यवसायीहरुले विदेशबाटै मुद्रण मेशिन र यससँग सम्बन्धित मेशिनहरु आयात गर्ने गरेका छन्् । त्यसमा पनि खासगरी भारतबाट आयात हुने गर्छन् । खुल्ला नाका र सामिप्य रहनसहन सहित नजिकको बजार भएका कारण भारतबाटै विदेशी मेशिन र भारतीय मेशिनहरु पनि नेपालमा खरिद गरिन्छन् । देशका मुख्य शहरहरु काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ्ग, चितवन, कास्की, विरगञ्ज, रुपन्देही धनगढी लगायतका शहरहरुमा विदेशी मेशिनहरु जोडिएका भए तापनि अन्य साना बजार र जिल्लाहरुमा भारतमै बनेका मेशिनहरु लगाइएका छन् । यसरी भारतबाटै तयार गरिएका मेशिन औजारहरुको कारण यहाँका टेक्नीशियनहरु पनि भारतबाटै आयत गरी काम गर्नुपर्ने अवस्था छ । पाटपूर्जादेखि इलेक्ट्रिसियन, मेकानिकल लगायत सबै प्रिन्टिङ्ग क्षेत्रलाई आवश्यक प्राविधिकहरु पनि छिमेकी मुलुक भारतमै आश्रित हुनपर्ने अवस्था छ । यति मात्र नभएर नेपालमा हुने सरकारी र गैरसरकारी क्षेत्रका छपाईहरु पनि अधिकांश भारतवाटै हुने गरेका छन् । औषधिका बट्टाहरु देखि उच्चस्तरिय लेबल, होलोग्राम जुन सेक्युरिटी प्रेसको काम छ ति प्रायस विदेशवाटै हुने गर्छन् । नेपालमा खास गरि मुख्य शहर काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ्ग, कास्की, रुपन्देही, बाँके, बारा, पर्सा, कैलाली, सुर्खेत लगायतका जिल्लाहरुमा अत्याधुनिक प्रेसहरु पनि स्थापना भएका छन् र छपाइका कामहरु पनि उत्कृष्ट तरिकाले गरिएको पाइन्छ । सरकारले विदेशमा लगेर गर्ने गरेका कामहरु पनि यहाँ हुने गर्दछन् । यदि सरकारले सहि नीति अवलम्वन गरी यस क्षेत्रलाई समेट्ने हो भने छपाइ कार्यमा विदेशिने पैसा नेपालमै रहने छ ।
कच्चा पदार्थ र आवश्यक अन्य सामानको अवस्थाः
नेपालमा केही कागज उद्योगहरु छन् तर पनि उच्चस्तरीय कागज उत्पादन हुन सकेको छैन भने स्तरीय कामका लागि नेपाली मुद्रण जगत विदेशी कागजमै निर्भर रहन पर्ने परिस्थिति छ । आर्टपेपर, आर्टबोर्ड, टपबोर्ड, म्यापलिथो उडफ्रि कागज लगायतका उच्चस्तरीय कागजका लागि चीन, भारत, वङ्गलादेश जस्ता मूलकसँग आश्रित हुनु पर्ने अवस्था छ भने मसी, केमिकलहरु पनि आवश्यकता अनुसार नेपालमा उत्पादन हुन सकिरहेको अवस्था नभएको र परनिर्भर नै रहनु परेको अवस्था हो । ति सामग्रीहरु पनि अत्यधिक मात्रमा भारतवाटै आयात हुने गर्छन् । अन्य मुलुकहरुको तुलनामा भारतवाट आयात गर्दा छिटो र सहज हुने हुँदा यस्तो भएको होला ।
जनशक्तिको अवस्थाः
    नेपालमा मुद्रण क्षेत्रसँग सम्वन्धित जशक्तिको अत्यन्त कमजोर अवस्था छ । मेकानिकल, इलेक्ट्रीसियन, अपरेटर, वाइन्डर र डिजाइनर सबै जसो दक्ष जनशक्ति खासगरी भारतबाटै आयात गरेर काम गर्नुपर्ने अवस्था छ । नेपालमै उत्पादन हुन सक्ने केही दक्ष कामदारहरु पनि प्रर्याप्त आर्थिक अभावका कारण विदेशिन बाध्य छन् । स्वदेशका छापाखाना र यससँग सम्वन्धित व्यवसायीले बजारको अस्वस्थ प्रतिस्पर्धा, उपयुक्त कामको अभावका कारण उनीहरुलाई पनि उपयुक्त ज्याला दिन नसकिरहेको अवस्था छ । पढेलेखेका टाठाबाठा युवाहरुको विदेश पलायनको कारण यहाँ बसेर यस सम्बन्धी काम सिक्ने युवाहरु नहुँदा नेपालमा जनशक्तिको अभाव भएको छ ।
नेपालमा मुद्रणमा लगानी रोजगारीको अवस्थाः
नेपालमा हालको अवस्था हेर्ने हो भने मुद्रण र यस सँग सम्वन्धित क्षेत्रमा करिब ८५ अर्बको लगानी भएको पाइन्छ । झण्डै १५०० को संख्यामा रंगीन छपाई गर्ने मेशिनहरु (२ रङ्ग भन्दा माथिका) मुद्रण उद्योग सहित यससँग सम्वद्ध प्याकेजिङ, प्लाष्टिक प्रिन्टिङ र अन्य प्रिन्टिङ क्षेत्रलाई पनि समेट्ने हो भने झण्डै ४ हजार वटा प्रेस व्यवसायी नेपालमा छन् भने १ लाख मानिस यो क्षेत्रमा प्रत्यक्ष काम गर्दछन् । अप्रत्यक्ष रुपमा १ लाख जनाले रोजगारी प्राप्त गरेको मुद्रण क्षेत्रमा झण्डै ८ लाख जनसंख्या यो क्षेत्रसँग आश्रित भएको अनुमान छ । राज्यलाई उल्लेख्य आयकर तिरी अगाडि बढेको यो क्षेत्रले नेपालको आर्थिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको पाइन्छ ।
   सरकारी द्वैध चरित्रको कारण समस्यामा रहेको यो क्षेत्रले देशमा रोजगारीको महत्वपुर्ण अवसर सृजना गरेको छ भने मुद्रण जगतको विकास र सम्वद्र्धनले देशको आर्थिक क्षेत्रलाई पनि उल्लेख्य रुपमा सहयोग गरेको पाइन्छ । छपाइ र यससँग सम्वन्धि क्षेत्रलाई हेर्दा देशमै एउटा राम्रो रोजगार सृजना गर्ने क्षेत्रका रुपमा मुद्रण क्षेत्रलाई हेरिन्छ ।
नेपाल मुद्रण महासंघको वर्तमान अवस्थाः
देशका ७७ वटा जिल्लामा सिधै सम्पर्क रहेको नेपाल मुद्रण उद्योग महासंघको ४२ भन्दा बढी जिल्लामा संगठन निर्माण भैसकेका छन् भने बाँँकी रहेका जिल्लामा पनि संगठन बन्ने अवस्था अगाडि बढिरहेको छ । जिल्लाहरुमा  धेरै प्रेसहरु भएका ठाउँमा धेरै संख्यामा र थोरै प्रेसहरु भएका ठाउँहरुमा थोरै संख्यामा संगठनको प्रारुप तयार गरी संगठन निर्माण गरिएको छ । नेपालका ७ प्रदेश मध्ये अहिले महासंघका ७ वटै प्रदेश संगठन बनिसकेका छन् भने गण्डकी प्रदेशमा दोस्रो अधिवेशन समेत सम्पन्न भइसकेको छ ।
     नेपालमा प्रेस क्षेत्रको संगठनको पनि त्यति लामो इतिहास छैन । प्रेसको बाक्लो शुरुवात भएको काठमाडौं, ललितपुर, भक्तपुर तिर हेर्दा २०३५ सालमा काठमाडौंमा नेपाल मुद्रण उद्योग संघ गठन भएको पाइन्छ  भने २०४४ सालमा चितवनमा मुद्रण उद्योग संघ गठन भएको पाइन्छ । त्यसपछि मोरङ्ग, कास्की, रुपन्देही लगायत विभिन्न क्षेत्रका संगठनहरुले मूर्तरुप लिदै गएका छन् । नेपालमा खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, वनेपा, झापा, मोरङ्ग, सुनसरी, जनकपुर, विरगञ्ज, चितवन, मकवानपुर, रुपन्देही, कास्की, वाग्लुङ्ग, स्याङ्जा, दाङ्ग, बाँके, कैलाली, सुर्खेत, ताप्लेजुङ जस्ता जिल्लाहरुमा राम्रोसँग यस क्षेत्रको विस्तार भएको देखिन्छ भने अन्य जिल्लामा पनि मुद्रण क्षेत्रको विस्तार बढ्दो व्रmम छ ।
मुद्रण र यससँग सम्वन्धित व्यवसायको समस्या समाधानको पाटो
(१). छापाखाना सम्बन्धि नयाँ ऐनको निर्माण गर्नुपर्ने । मुद्रण व्यवसायलाई उद्योगको रुपमा मान्यता दिई सोअनुरुप आवश्यक सुविधा प्रदान गर्नुपर्छ ।
(२). मुद्रण उद्योगलाई वित्तीय संस्थानहरुबाट सहुलियत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइनुपर्छ ।
(३) प्राविधिक शिक्षामा मुद्रण सम्बन्धि विषयलाई समावेश गर्दै कम्तिमा पनि माध्यामिक तहदेखि स्नातक तहसम्म मुद्रणको पाठ्यक्रम समावेश गरी पढाउनु पर्ने ।
(४) सरकारी छापाखानालाई एकद्वार प्रणलीबाट चलाउनु पर्ने ।
(५) छापाखाना संचालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ मसी, कागज, केमिकल लगायतका सामग्री नेपालमै उत्पादन गर्न प्रोत्साहन गर्ने र स्वदेशी कच्चा पदार्थ प्रयोग गरेकोमा राज्यले प्राथमिकता दिने व्यवस्था मिलाइनु पर्छ ।
(६) कम्तिमा अर्ध वार्षिक रुपमा क्षेत्रीय स्तरमा मुद्रण सम्वन्धि वृहद अन्तरक्रिया कार्यक्रम राखी वार्षिक रुपमा यसको समिक्षा हुनुपर्ने हुन्छ । दीर्घकालीन रुपमा नीति बनाउँदा राष्ट्रभाषा र विभिन्न राष्ट्रिय भाषाको लिपी र भाषिक स्वरुपलाई समेत विकसित गर्दै लैजाने दृष्टिकोण अपनाई राष्ट्रिय आवश्यकता अनुकूल लक्ष्य निर्धारण गरेर चरणवद्ध रुपमा योजनाबद्ध किसिमले नेपालमा युगसापेक्ष मुद्रण प्रविधिको विकास गर्दै लैजानु पर्दछ ।
(७) भन्सार निती सुधार गरी छपाईजन्य सामान छपाई गरी आउँदा लाग्ने भन्सार सोहि प्रकृतिको सामान तयार गर्न ल्याइने कच्चा पदार्थको भन्सार भन्दा बढी भन्सार हुनुपर्छ ।
(८) स्वदेशमा कामको स्तरीयता वृद्धि गर्न लागि सकभर नयाँ मेसिनको आयात गर्न जोड दिई नेपालमा रहेका पुराना मेसिनाई भारत लगायत अन्य मुलुकहरुमा विक्री वितरण गर्न खुल्ला गर्नुपर्ने ।
(९) मुद्रण क्षेत्रको आर्थिक भन्सार नीति लगायतका विषयमा छलफल गर्दा सम्बन्धित मुद्रण उद्योग महासंघसँग पनि समन्वय गरी गर्न गराउने गर्दा कुरा गरिनु पर्दछ ।
(१०)G to G  को प्रावधानबाट सरकारले उच्च मूल्यमा खरिद गर्नुपर्ने हुँदा ठूलो लगानी गरे तापनि नीजि क्षेत्रले काम गर्ने अवसर नपाउने हुँदा यो प्रावधानलाई हटाउनु पर्ने हुन्छ ।
(११) प्रयोगमा नआउने तर सरकारी क्षेत्रबाट खरिद गरिने मेसिन औजारहरु खरिदमा रोक लगाउनुपर्ने हुन्छ ।
(१२) मुद्रण कार्यमा प्रयोग हुने सबै किसिमका मेशीनमा कर छुट भए जसरी कागज, मसी आदि वस्तुहरुको आयातमा सुविधा उपलब्ध हुनुपर्छ ।
(१३) २०६४ सालबाटै निजी क्षेत्रलाई छपाईको दिइदै आएको सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरु समयमा छपाई गर्न नसक्दा पनि जनकशिक्षालाई  दिइदै आएको छ । उक्त कार्यमा निजी क्षेत्रलाई पनि समावेश गरी समयमै विद्यालय तहमा पाठ्यपुस्तक पु¥याउन सक्ने वातावरण बनाउनुको साथै सरकारले यस सम्बन्धमा वजेट निर्माण गर्दा समयमै ध्यान पु¥याउन पर्ने देखिन्छ र जनक शिक्षालाई सरकारी निकायवाट वाहिर गएर छापिने कामको जिम्मा लगाएर निजि क्षेत्रलाई कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छाप्ने अनुमति दिनु पर्छ ।
(१४) स्वदेशभित्र हुनसक्ने छपाइसम्बन्धी सम्पूर्ण काम बाहिर लगेर छपाउन तुरुन्त बन्देज गरिनुपर्छ ।
(१५) लागत मूल्य र गुणस्तर वृद्धिमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गरी स्थानीय प्रेसहरुलाई समक्ष हुन प्रेरित गर्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रलाई बलियो टेवा पु¥याउन सकिने र दक्ष एवं अर्धदक्ष कामदारहरुलाई रोजगारका साथै साना र घरेलु उद्योगको रुपमा सञ्चालन गर्न सकिने तथा शिक्षा र सञ्चारजस्तो संवेलनशील पक्षसँग पनि सम्बन्धित यस मुद्रण उद्योगको विकासमा सरकारी र गैरसरकारी क्षेत्रको ठोस नीतिको नितान्त आवश्यकता मात्र होइन ढिला भइसकेको छ ।
यसो गर्न सकिएको खण्डमा रोजगारीको अवसर सृजना हुन्छ, प्रविधि मैत्री जनशक्ति तयार भई स्वदेशी छापाखानाहरु फस्टाउछन्, राज्यलाई राजश्वमा वृद्धि भई स्थानीय साधन श्रोतको अधिकतम उपयोग हुन्छ । वाहिर छपाइ हुँदा अरबौं वाहिरिएको रकम स्वदेशमै रहन्छ, यसलाई विकास गर्न जसरी मुद्रित सामानको सम्मान गरिन्छ त्यसरी त्यसलाई परिचालित र त्यससँग सम्बन्धित व्यवसायीको पनि सम्मान गर्नु राज्यको दायित्व हो ।
सन्दर्भ सामग्रीः
स्मारिका, मुद्रण उद्योग संघ, कास्की
मुद्रण स्मारिका, मुद्रण संघ, चितवन