नेपाल मुद्रण उद्योग महासंघको संक्षिप्त इतिहास
अर्जुनप्रसाद सापकोटा, उप–महासचिव, नेपाल मुद्रण उद्योग महासंघ
देशभरी छरिएर रहेका मुद्रण उद्योगहरूलाई एकाकार र गोलबन्द गर्दै संगठित रूपमा अगाडि बढाउनका लागि तिनीहरूको विकास, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनको त्यतिकै आवश्यकता महशुस गरी देशको आर्थिक विकासमा समेत ठोस योगदान पुयाउने अभिप्रायले देशको बदलिदो परिस्थिति र अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको प्रगति विकासका साथै मुद्रण उद्योगको विस्तारित कार्यक्षेत्र समेतलाई ध्यानमा राखी मुद्रण व्यवसायीहरूको एउटा बलियो र भरपर्दो संगठन निर्माण गर्नुपर्ने आवश्यकता महशुस गरियो ।
देशभरि रहेका मुद्रण व्यवसायीहरु जिल्ला संघहरूमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, चितवन, धादिङ्ग, मकवानपुर, सुनसरी, मोरङ, झापा, जनकपुर, कास्की, रुपन्देही, दाङ, स्याङ्जा, बाँके, सुर्खेत, कैलाली जस्ता जिल्लाहरूमा जिल्ला संघ गठन गरी मुद्रणका क्षेत्रमा सामान्य काम गर्दै थिए, जसका कारण ती मुद्रण संघहरू आ–आफ्नो तरिकाले पेशा र व्यवसायप्रति लगनशीलता देखाउँदै मुद्रण उद्योगका क्षेत्रमा समस्या र समाधानको उपाय खोज्दै थिए । त्यस बाहेकका कतिपय जिल्लामा गोलवन्द हुने अवस्था नभए पनि मुद्रण व्यवसायीहरू आफ्ना समस्याका विषयमा एक आपसमा छलफल गर्ने गरेको पाईन्छ । यसरी यत्रतत्र छरिएका विभिन्न जिल्ला संघहरू कुनै आधिकारिक तरिकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर काम गरेका थिए भने कतिपय नगरिक नै पनि कार्य गरेका थिए । त्यो परिस्थितिमा केही जागरूक मुद्रण व्यवसायीहरूले यत्रतत्रको संगठनको अवस्थालाई मध्यनजर गर्दै एउटै महासंघको आवधारणा अगाडि ल्याउनु भयो, जसको अगुवाई नेपाल मुद्रण उद्योग संघ काठमाडौंले गर्ने भयो । अलिकति चलायमान मुद्रण उद्योग संघ पनि काठमाडौंमा रहेकोले उसैलाई महासंघको पनि अगुवाई गराउन सजिलो भएकोले अन्य कानुनी मान्यता पाएका जिल्ला संघहरूलाई समेटी तत्काल महासंघ गठन गर्ने र कानुनी मान्यता नलिएका जिल्ला संघहरुलाई कानुनी मान्यता लिन अग्रसरता हुनका लागि आग्रह गर्दै महासंघ निर्माणका खातिर अगाडि बढ्ने अवस्थाको शुरूवात गरियो ।
सोही अनुसार २०६८ माघ २१ गते काठमाडौंमा सम्पन्न भएको वृहद राष्ट्रिय भेलाबाट महासंघ निर्माणको प्रारूप तयार भएको हो । जतिबेला जुन उद्देश्यका साथ महासंघ निर्माण गर्ने अभियानको थालनी भयो त्यसबेला खास गरी नेपाल मुद्रण उद्योग संघ (जुन अहिले पनि ल्एब् को नाममा अवस्थित छ) को अगुवाईमा महासंघ निर्माणको प्रारूप तयार भएको थियो । त्यससँग सम्बन्धित अन्य जिल्ला संघहरूको सहयोग र समर्थनमा महासंघ निर्माण गर्ने कार्य अगाडि बढेको थियो भने महासंघ दर्ताको अभियानमा पुग्ने बेलासम्म त्यसले भिन्दै रूपलिन पुग्यो । जसको अगुवाईमा महासंघ दर्ता हुन गैरहेको थियो उसैले महासंघ निर्माणमा तगारो हाल्यो (नेपाल मुद्रण उद्योग संघले) फलत काठमाडौं मुद्रण उद्योग संघ गठन गर्न पर्ने अवस्था सृजना हुन पुग्यो । महासंघ निर्माणको अभियानमा जुटेका अगुवाहरूको सक्रियतामा महासंघ दर्ताको लागि बाटो तयारी गर्नु नै थियो । जिल्ला संघहरू पनि महासंघ निर्माणमा लाग्नु नै भएको थियो । महासंघ निर्माणको लागि लागिसकेपछि यसलाई वैधानिकता दिनु सबैको दायित्व थियो । फेरि पनि अग्रसरता लिएको संघ पछाडि हट्दा निर्माणको लागि अर्को संघ गठन र दर्ताले समय लिने हुँदा केही समय ढिलो हुनु स्वभाविक थियो ।
धेरै प्रयास गरी महासंघ गठनको तयारी अवस्थाको अन्तिम चरणसम्म पुगीसकेपछि पनि अप्ठेयारो अवस्थाको परिस्थितिलाई चिर्दै १० वटा (जुन जिल्ला संघहरु सरकारी निकायमा दर्ता भई संचालित थिए) जिल्ला संघहरुको सक्रियतामा नेपाल मुद्रण उद्योग महासंघ २०६८/९/२९ गते शुक्रवारका दिन विधिवत नेपाल सरकारको निकायमा दर्ता हुन पायो । संस्थापक रुपमा महासंघ दर्ता गर्दा सम्बन्धन लिने जिल्ला संघहरुलाई यहा सम्झनु पर्ने देखिन्छ ।
महासंघ गठन गर्ने बेलामा १० वटा मुद्रण उद्योग संघहरू जसको अगुवाईमा नेपाल मुद्रण उद्योग महासंघ गठन हुन पुग्यो । जसले संगठन निर्माणमा कानुनी मान्यता प्राप्त गरेर महासंघ निर्माण गरे ती संस्थापक संघहरूको नाम उल्लेख गर्नु सान्दर्भिक ठान्दछु ।
१) काठमाडौं मुद्रण उद्योग संघ
२) मोरङ्ग मुद्रण उद्योग संघ
३) बाँके मुद्रण उद्योग संघ
४) झापा मुद्रण उद्योग संघ
५) ताप्लेजुङ्ग मुद्रण उद्योग संघ
६) रूपन्देही मुद्रण उद्योग संघ
७) कन्चनपुर मुद्रण उद्योग संघ
८) कैलाली मुद्रण उद्योग संघ
९) कास्की मुद्रण उद्योग संघ
१०) सिन्धुली मुद्रण उद्योग संघ
यी संघहरुमा रहनुभएका पदाधिकारी, कार्यसमितिका मित्रहरु र महासंघ निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यवसायीहरु सहित त्यससँग सम्बन्धित सबै मित्रहरूलाई यहाँ स्मरण गर्नु उपयुक्त ठान्दछु । जसले यो महासंघ निर्माणमा अहोरात्र खटेर आजको अवस्थासम्म ल्याउन सफल हुनुभयो । यसपछिका नेतृत्व गर्नुहुने महासंघका अध्यक्षहरु, पदाधिकारी एवं सदस्यहरूलाई समेत पनि यहाँपनि सम्झना गर्दा उपयुक्त होला ।
भेलाबाट महासंघ दर्ता गर्नका लागि अगुवाई गर्न र त्यसलाई कार्यन्वयन गर्न एउटा कार्य सम्पादन समिति पनि निर्माण गरिएको थियो भने विधानलाई व्यवस्थित गर्नका लागि एउटा विधान मस्यौदा समिति पनि निर्माण गरिएको थियो । कार्य सम्पादक समिति र विधान मस्यौदा समितिको नामावली निम्न अनुसार छ । कार्य सम्पादक समितिमा उदय नरसिंह श्रेष्ठ संयोजक, भरतकुमार श्रेष्ठ सहसंयोजक, माधव केसी महासचिव, सदस्यहरुमा प्रेमकुमार उपाध्याय, सुनिल ठकुरी, खेमप्रसाद लुइटेल र नरसिंह धामी गरी ७ सदस्यीय समिति बनेको थियो । विधान मस्यौदा समितिमा माधव के.सी.को संयोजकत्वमा कृष्ण अधिकारी र पिवी पोखरेल सहित ३ सदस्यीय समिति थियो । समितिले २०६८÷९÷२९ मा महासंघ दर्ताको प्रक्रिया पुरा गरेपछि अब सबै मुद्रण व्यवसायीलाई संघको महाधिवेशनको आवश्यकता जाग्यो र २०७० श्रावण २५ र २६ गते मै यसको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी अनुसार काठमाण्डौमा एक भव्य कार्यक्रम विच प्रथम महाधिवेशन सम्पन्न गरियो । तत्कालित समितिको प्रमुख सक्रियतामा र सबै जिल्ला संघहरुको उल्लेख्य सहभागीमा महासंघको प्रथम महाधिवेशनले ३४ सदस्यीय निर्विरोध कार्य समितिको चयन ग¥यो, जस अनुसार अध्यक्ष श्री उदय नरसिंह वादे श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट रामलाल शाह, मध्यमाञ्चलवाट पुष्कल गौतम, पश्चिमाञ्चलवाट कल्याण पालिखे, मध्यपश्चिमाञ्चलवाट मेघराज वली र सुदुर पश्चिमाञ्चलबाट नरसिंह धामी, महासचिव माधव केसी, सचिव खेमप्रसाद लुइटेल, सहसचिव राजेन्द्र ढकाल, कोषाध्यक्ष गोविन्द घिमिरे, सहकोषाध्यक्ष श्री मनोज राजवशीं, सदस्यहरुमा प्रेमकुमार उपाध्याय नविन्द्रमान प्रधान, खिलराज पराजुली, विष्णु तिवारी, गिरिराज गैरे, हिमकुमारी उपाध्याय, तपेन्द्र विक्रम शाह, ज्योतिलाल भण्डारी, शैलेन्द्र श्रेष्ठ, देवेन्द्र वहादुर वस्नेत, गणेशकुमार श्रेष्ठ, युवराज श्रेष्ठ, सन्तोष गजुरेल, पिवि पोखरेल, केदार प्रधान, कृष्णप्रसाद खनाल, पुन्यप्रसाद लोहनी, शंकर खड्का, शेषराज दाहाल, कृष्णप्रसाद पोखरेल र गणेश खनाल रहेको केन्द्रीय कार्यसमिति निर्माण गरियो । यो समिति निर्माण हुँदा सम्म तत्कालीन नेपाल मुद्रण उद्योग संघका आजीवन सदस्यहरुलाई एक बराबर एक प्रतिनिधिको व्यवस्था गरी उहाँहरुलाई केन्द्रीय कार्यसमितिका केही पदहरु पनि आरक्षण गरिएको थियो ।
त्यसपछि महासंघले आफ्नो कार्यलाई विस्तार गर्दै लग्यो विभिन्न जिल्लाहरुमा आफ्ना कार्यहरु गर्दै गयो, अन्तराष्ट्रिय सम्बन्ध पनि राम्रोेसँग विस्तार गर्दै लगि २०७२ सालमा दोस्रो महाधिवेशनको भव्य तयारीका साथ नेतृत्व हस्तान्तरण गरेको थियो । जसको अध्यक्षमा माधव केसीलाई निर्विरोध निर्वाचित गर्दै उक्त महाधिवेशनले रामलाल शाह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट गणेश श्रेष्ठ, मध्यमाञ्चलवाट अजय सिहं, पश्चिमाञ्चलवाट विष्णु तिवारी, मध्यपश्चिमाञ्चलवाट मेघराज वली र सुदुर पश्चिमाञ्चलबाट नरसिहं धामी, पुष्कल गौतम महासचिव, युवराज श्रेष्ठ सचिव, राजकुमार घिमिरे सहसचिव, पुन्यप्रसाद लोहनी कोषाध्यक्ष, कृष्णप्रसाद पोखरेल सहकोषाध्यक्ष सहित सदस्यहरुमा नविन्द्रमान प्रधान, गिरीराज गैरे, महेन्द्र वजिमिया, कृष्ण आचार्य, रामप्रसाद श्रेष्ठ, टिका नेपाल, कुसुम वस्नेत, भक्त श्रेष्ठ, युवराज डगी, पुरुचन्द्र देवकोटा, बालकृष्ण वली, कमल कार्की, पदमलाल श्रेष्ठ, कुयाङ्ग लाामा, कौशल खड्का, महेश दाहाल, महेन्द्रविक्रम शाही, मुक्तिनाथ गजुरेल, नारायण भट्टराई, इन्द्रप्रसाद नेपाल, शुशिल गुप्ता सहितको केन्द्रीय कार्य समिति निर्माण भयो ।
त्यसपछि फेरी नेपाल मुद्रण उद्योग महासंघको तेस्रो महाधिवेशन २०७५ मंसिर १ गतेका दिन सम्पन्न गरियो । विचका समयमा गरिनुपर्ने साधारण सभा वाहेक अन्य कृयाकलापहरु पनि महासंघले गर्दै गयो । तेस्रो महाधिवेशनले पुष्कल गौतम अध्यक्ष चुनिनु भयो भने वरिष्ठ उपाध्यक्षमा खोमकान्त रेग्मी निर्वाचित हुनु भयो । त्यतिवेला नेपालको प्रशासनिक संरचना पनि प्रादेशिक रुपमा विभाजित भैसकेको हुँदा महासंलाई पनि सोही ढाँचा अनुसार लाने गरी विधान संशोधन समेत गरी व्यवस्था मिलाइ सकिएको थियो । सोही अनुसार प्रदेश अनुसारका उपाध्यक्षहरुमा देवेन्द्र वहादुर वस्नेत, सीताराम शाह, गोपालप्रसाद ढकाल, देवीप्रसाद अर्याल, विष्णु तिवारी, हिमकुमारी उपाध्याय र महेश दाहाल निर्वाचित हुनुु भयो भने युवराज श्रेष्ठ महासचिव, अरुण सापकोटा सचिव, राजकुमार घिमिरे सहसचिव, कुयाङ्ग लामा कोषाध्यक्ष, टिका नेपाल सह कोषाध्यक्ष र सदस्यहरुमा वसन्त नारायण भोचिभोया, अर्जुनप्रसाद सापकोटा, राजनप्रसाद पाठक, निराजन शाक्य, तपेन्द्र विक्रम शाह, मनोजकुमार जि.सी, सुदिप न्यौपाने, चण्डी ढकाल, राजकुमार शाह, प्रल्हाद दाहाल, प्रविणकुमार यादव, इन्द्रप्रसाद पोलिखेल अर्जुन वहादुर कार्की (कमल) जीवन गोर्खाली, फुदन यादव, गोविन्दप्रसाद रेग्मी, गिरीराज गैरे, मिना सुवेदी ढकाल, शुशिल शर्मा, छत्र वहादुर साउद गरी ३६ सदसीय कार्य समिति चपन भयो जसमा २ जना दिपक भण्डारी र पि.वि पोखरेल पछि मनोनित गरी ३८ सदस्यीय कार्य समितिले कार्य सम्हाल्यो । २०७८ फाल्गुण २० र २१ मा महासंघको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो जसको नेतृत्वमा वर्तमान समिति कार्यरत छ । जुन समितिमा अध्यक्षमा खोमकान्त रेग्मी, निवर्तमान अध्यक्ष पुष्कल गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, प्रथम उपाध्यक्ष अरुण सापकोटा, द्वितीय उपाध्यक्ष राजकुमार घिमिरे, उपाध्यक्षहरुमा १ नम्बर प्रदेशवाट राजनप्रसाद पाठक, मधेश प्रदेशवाट प्रमोदकुमार गुप्ता, बाग्मति प्रदेशवाट कुयाङ्ग लामा, गण्डकी प्रदेशवाट पदमलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट मनोजकुमार जि.सी, कर्णली प्रदेशवाट हिमकुमारी उपाध्याय, सुदुर पश्चिम प्रदेशवाट नरसिंह धामी, महासचिव कमलप्रसाद पोखरेल, उपमहासचिव अर्जुनप्रसाद सापकोटा, सचिव जिवन गोर्खाली, सहसचिव मिना सुवेदी ढकाल, कोषाध्यक्ष सुदिप न्यौपाने, सहकोषाध्यक्ष गिरीराज गैरे, सदस्यहरुमा बसन्तनारायण भोचीभोया, खिलाराज पराजुली, खड्ग वहादुर खड्का, नवालकिशोवर राय, बिजय पाख्रिन, खिलनाथ लुइटेल, कृष्णप्रसाद बास्तोला, खगेन्द्रप्रसाद अर्याल, हरिभक्त डागी, चन्डीप्रसाद गैरे, सोमराज ढकाल, हिरामणी चौलागाई, छत्र वहादुर साउद, मनिकान्त मिश्र, विश्वराज दुवाल, सत्यराम मर्हजन, निराजन शाक्य, चण्डी ढकाल, हरि पहरी, राजु पोखरेल, दिपक दाहाल, कृष्णप्रसाद पराजुली, ईद्रप्रसाद नेपाल, शम्भु शाह, गौराज श्रेष्ठ निर्वाचित हुनु भएको थियो । यसै गरी कार्य समितिको वैठकवाट गोपालप्रसाद ढकाल, बिनोद पौडेल, रामशरण कुँवर मनोनित हुनु भएको थियो । यसै गरी सल्लाहकार सदस्यहरुमा उदयनरसिंह श्रेष्ठ, माधव के.सी, भरतकुमार श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रामलाल शाह, युवराज श्रेष्ठ र खेम लुइटेल मनोनित हुनु भएको छ ।
महासंघको विधान २०६९ सालमा महासंघ दर्ता हुँदा पहिलो पटक बनेको थियो । त्यसलाई २०७० सालमा केही संशोधन गरी २०७५ सालमा पनि थप संशोधन गरिएको छ भने । २०७८ सालमा अझ परिमार्जित गरी फराकिलो गरिएको छ ।
Recent Posts
कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
November 30, 2024
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
नेपाल मुद्रण महासंघको गतिविधि
November 22, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024