Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

ललितपुर मुद्रण उद्योग संघ

संक्षिप्त परिचय
उपत्यकाको ३ जिल्ला मध्य १ भौगोलिक हिसाबले अत्यन्तै धेरै सुगम देखि दुर्गम सम्म रहेको यस जिल्लामा छापाखाना सञ्चालन गर्ने उद्योगीहरु पेशागत एकता मर्यादित व्यवसाय र राज्य नीति निर्माणमा पहुँच रहनु पर्दछ । व्यवसायीक एकताबाटनै हाम्रो आवजहरु नीति निर्माण गर्ने राज्यका निकायहरुले सुन्छन् भन्ने उद्देश्यले ललितपुर मुद्रण उद्योग संघ २०७०/४/२३ गते जिल्ला प्रसाशन कार्यालय ललितपुरमा दर्ता भएको गैह्र सरकारी स्वायत संस्था हो र यो संस्थाले २०७० मा नेपाल मुद्रण उद्योग महासंघमा आफ्नो आवद्वता दियो ।
जिल्लामा छापाखाना व्यवसायीहरु एक जुट हुनको लागी संगठनको आवश्यकता महशुस गरियो । उता भर्खरै मात्र नेपाल मुद्रण उद्योग माहासंघको स्थापना भएको थियो । तात्कालीन वरिष्ठ उपाध्यक्ष भरत कुमार श्रेष्ठ र वरिष्ठ मुद्रण व्यवसायी प्रेम कुमार उपाध्यायले यस कार्यको अग्रसरता लिई जिल्ला संगठन निर्माणको लागि सहयोग गर्नुभएको थियो । २०७० सालमा मुस्किलले ७ वटा प्रेसहरु मिलेर संगठन दर्ता गरी संस्थापक अध्यक्ष सन्तोष गजुरेलज्यूको नेतृत्वमा ७ सदस्य तदर्थ समिति गठन गरियो भने २०७४ सालमा कमल प्रसाद पोखरेलज्यूको अध्यक्षतामा ९ सदस्य कार्यसमितिको गठन भयो २०७८ सालमा राजकुमार घिमिरेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन भएको छ ।
पाटन अर्थात् ललितपुर जिल्लामा हाल २०० भन्दा बढि छापाखानहरु जिल्ला संघकाम आवद्व छन् । स–साना स्क्रीन प्रिन्ट, फ्लेक्स, डेस्कटप देखि अत्याधुनीक मेसिनहरु सहितका कर्पोरेट हाउस ललितपुर जिल्लामा रहेका छन् । व्यवसायी बिचको भाइचाराको विकास र व्यवसायीक एकता संगठनको उद्देश्य हो । हिजो प्रतिस्पर्धी भनि सम्बन्ध नरहेने व्यवसायीहरु संगठनको माध्ययमबाट आज एकवद्ध भई व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना भएको छ ।