नेपाल मुद्रण उद्योग महासंघको वर्तमान संगठन अवस्था
1
कमलप्रसाद पोखरेल, महासचिव, नेपाल मुद्रण उद्योग महासंघ
मुद्रण व्यवसायसँग आवद्ध रहेर विभिन्न जिल्लामा आफ्नो पेशा व्यवसाय गरिरहनु भएका मुद्रण व्यवसायीहरुले चनाखोपनले आफ्ना समस्या र समाधनको बाटो पहिल्याउने उद्देश्यले देशै भरी आफ्ना व्यवसायीहरुलाई एकै ठाउँमा जम्मा गरेर मात्र हाम्रा मागहरु सरकार र सम्वन्धित निकायलाई सुनाउन सकिन्छ र राज्यले पनि सुन्न सक्छ भन्ने बुझेर केही जागरुक र क्रियाशिल अग्रज मुद्रण व्यवसायीहरुको आफ्नो महत्वपुर्ण छलफल पश्चात् २०६८÷८÷२१ गते काठमाडौमा एउटा मुद्रण व्यवसायीहरुको वृहद राष्ट्रिय भेला बोलाइयो । देशभरी छरिएर रहेका मुद्रण उद्योगहरूलाई एकाकार र गोलबन्द गर्दै संगठित रूपमा अगाडि बढाउन, तिनीहरूको विकास, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनको त्यतिकै आवश्यकता महशुस गरी देशको आर्थिक विकासमा समेत ठोस योगदान पु¥याउने अभिप्रायले देशको बदलिदो परिस्थिति र अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको प्रगति विकासका साथै मुद्रण उद्योगको विस्तारित कार्यक्षेत्र समेतलाई ध्यानमा राखी मुद्रण व्यवसायीहरूको एउटा बलियो र भरपर्दो संगठन निर्माण गर्नुपर्ने आवश्यकता महशुस गरियो । विभिन्न जिल्लामा सरकारी निकायमा दर्ता भई काम गरेका मुद्रण संघहरू र दर्ता नभएर पनि व्यावसायिकहितमा काम गरेका मुद्रण उद्योग संघहरु विचको आपसी समन्वय र समझदारीले २०६८/९/२९ गते शुक्रवारका दिन सरकारी निकायमा दर्ता भएका १० वटा जिल्ला संघको पहलमा नेपाल मुद्रण उद्योग महासंघको विधिवत स्थापना भएको थियो ।
महासंघ स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने मुद्रण उद्योग संघहरुको पनि स्मरण गर्नु उपयुक्त हुने देख्दछु । जुन निम्न अनुसार छन्ः
१) काठमाडौं मुद्रण उद्योग संघ
२) मोरङ्ग मुद्रण उद्योग संघ
३)बाँके मुद्रण उद्योग संघ
४) झापा मुद्रण उद्योग संघ
५) ताप्लेजुङ्ग मुद्रण उद्योग संघ
६) रूपन्देही मुद्रण उद्योग संघ
७) कन्चनपुर मुद्रण उद्योग संघ
८) कैलाली मुद्रण उद्योग संघ
९) मुद्रण उद्योग संघ, कास्की
१०) सिन्धुली मुद्रण उद्योग संघ
संस्थापक मुद्रण उद्योग संघहरू सहित अहिले हाम्रो महासंघमा धेरै जिल्ला संघहरू आवद्ध भएका छन् । कतिपय जिल्लाहरू कानुनी रूपले नै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी जिल्ला मुद्रण उद्योग संघ गठन गरेका छन् भने कतिपय जिल्लाहरूमा जिल्ला समिति गठन गरी आवश्यकीय कानुनी प्रकृयाका लागि अगाडि बढ्का छन् । जिल्ला संघ गठन गर्न नसकेका तर गठन गर्ने प्रक्रियामा रहेका र सम्पर्क समिति निर्माण गरेका जिल्ला संघहरू पनि छन । जिल्ला संघ गठन गरी कानुनी मान्यता पाएका, कानुनी मान्यता पाई नसकेका र जिल्ला संघ र सम्पर्क समिति बनेका जिल्ला संघहरूलाई लिएर महासंघ अगाडि बढेको छ ।
हालसम्म गठन गरिएका प्रदेश र जिल्ला संघहरुको अवस्था
प्रदेश संघको विवरणः
प्रदेश नं. १ : गठन भएको अध्यक्ष लव घिमिरे
मधेश प्रदेश : गठन भएको अध्यक्ष अकबर मन्सुर
प्रदेश वागमती : गठन भएको अध्यक्ष भक्त श्रेष्ठ
गण्डकी प्रदेश : गठन भएको अध्यक्ष वसन्त बास्तोला
लुम्बिनी प्रदेश : गठन भएको अध्यक्ष कृष्णप्रसाद पराजुली
कर्णाली प्रदेश : गठन भएको अध्यक्ष पन्चरत्न शर्मा
सुदरपश्चिम प्रदेश : गठन भएको अध्यक्ष महेन्द्र विक्रम शाही
यसरी हेर्दा हाम्रो महासंघका जिल्ला संघ बनिसकेका जिल्लाहरु ४२, सम्पर्कका रहेका तत्काल जिल्ला संघ गठन हुन सक्ने जिल्लाहरु २१, सम्पर्क भएका जिल्लाहरु ८ र सम्पर्क गर्नुपर्ने जिल्लाहरु ६ वटा रहेको पाईन्छ । नितान्त दुर्गम क्षेत्र र प्रेस स्थापना भएर पनि सम्पर्क हुन नसकेका केही जिल्लाहरु भन्दा बाहेक सबै जिल्लामा तत्काल सम्पर्क स्थापना हुन सक्ने देखिन्छ । अंकगणितय हिसाबले प्रदेश नं. १, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा संगठन निर्माणको कार्य बढी गर्नुपर्ने देखिन्छ भने बाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा संगठनको अवस्था राम्रो बनेको छ । महासंघ अन्तर्गत एशोसियट सदस्य पनि रहेका छन् । अलि कम संख्यामा रहेका एशोसियट सदस्यलाई वृद्धि गर्ने तर्फ लाग्नु पर्ने देखिन्छ ।
अझै प्रेस व्यवसाय सामान्य व्यवसाय नभएको यसमा लागि पूँजी लगानीको आवश्यकता हुँदाहुँदै पनि दक्ष जनशक्ति नभै उत्पादन हुन नसक्ने हुँदा जहाँ त्यही व्यवसाय स्थापनामा कठीनाई आउने हुँदा सबै जिल्ला तहमा पर्याप्त मात्रामा प्रेसहरु सञ्चालन नभैरहेको अवस्था हो । त्यसैले पनि संगठन निर्माण कम भएको पाईन्छ ।
नेपाल मुद्रण उद्योग महासंघको संगठनको अवस्थालाई अझबढी क्रियाशील र मजवुत बनाउनु पर्ने देखिन्छ भने चुस्त र तन्दुरूस्त संगठन नै संघको बल हुने हुँदा यसलाई सवलीकरण गराउनु सबैको दायित्व हुन आउछ । खास गरी जिल्ला संघहरूको सक्रियता र आसपासका निस्कृय जिल्लाहरूलाई सक्रियतामा परिणत गराउन अनि जिम्मेबारी लिने पदाधिकारीहरूले संगठन निर्माणमा महत्व दिई सुगम जिल्लाले दुर्गम र पिछडिएका जिल्लालाई पनि समेट्ने प्रयत्न गर्दै व्यवस्थापनमा सरिक भई चासो लिइ दिई भाइचारा सम्बन्ध कायम गर्ने कुरालाई अँगाल्दै एकाकार हुने वातावरणको सृजना गर्न, एकले अर्कालाई व्यावसायिकमर्यादा उल्लङ्घन नगरी आपसी सहकार्यमा रमाउने वातावरणको सृजना गरी संगठनप्रति सकारात्मक भाव राखिएमा नेपाल मुद्रण उद्योग महासंघ एउटा नमूनायोग्य महासंघ बन्ने कुरामा दुईमत छैन ।
नेपाल मुद्रण उद्योग महासंघको संगठनात्मक ढाँचालाई पनि केही परिवर्तन गर्नुपर्ने खाँचो देखिएको हुँदा महाधिवेशनबाटै यसमा केही परिवर्तन गरिएको कुरा पनि यहाँ राख्न उपयुक्त होला । देशभरि रहेका मुद्रण उद्योगहरुको अवस्थालाई हेर्दा र यससँग सम्बन्धित विषयलाई मध्यनजर गर्दै महासंघमा पदाधिकारीहरुको संख्या र सदस्य संख्यामा उल्लेख्य वृद्धि गर्दै राष्ट्रिय रुपमा महासंघलाई स्थापित गर्ने संगठनात्मक ढाँचाको व्यवस्थापन गरिएको छ । कार्य समितिमा कम्तिमा २ जना महिला सदस्यको आरक्षणको व्यवस्था गर्दै उद्योगमा ठूलो पूँजी लगानी गरी व्यवसाय सञ्चालन गरेका उद्योगीलाई एशोसियट सदस्यको रुपमा भित्र्याई महासंघमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था अनुसार विधान समेत संशोधनको व्यवस्था गरिएको छ । १५ सदस्य रहेको केन्द्रीय पदाधिकारीमा प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, उप–महासचिव सहित ४ जना खुल्ला सदस्यको चयन र २ जना आरक्षित महिला गरी ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको अवधारणा स्थापित गरिएको छ ।
यसरी नेपाल मुद्रण उद्योग महासंघले आफ्नो संगठन बिस्तार गर्नुका साथै देश बाहिर पनि भाइचारा सम्बन्ध कायम गर्दै विभिन्न संघ र संगठनको सदस्यता प्राप्त गरेको छ । युरोपका देशहरु, अमेरिका, चीन, जापान, भारत समेत रहेको World Print Communication Forum (WPCF), एसियाका देशहरु रहेको Forum of Asia Pacific Graphic Arts (FAPGA)को सदस्य प्राप्त गरी FAPGA को उपाध्यक्ष समेत नेपालले प्राप्त गरेको छ ।
Recent Posts
कसरी बन्न सक्दछ सबल व्यावसायिक संस्था
November 30, 2024
नेपाल मुद्रण उद्योग : समाधानका उपायहरु
November 26, 2024
नेपाल मुद्रण महासंघको गतिविधि
November 22, 2024
आ.व. २०७९/०८० को बजेट मार्फत सम्बोधन गराउनका लागि नेपाल मुद्रण महासंघ मार्फत नेपाल सरकारलाई पेश गरिने सुझावहरुः
November 22, 2024
ललितपुर मुद्रण उद्योग संघ
November 22, 2024