Office Address

Aloknagar, Tinkune Kathmandu, Nepal



What are you looking for?

गण्डकी प्रदेश समिति र मुद्रण उद्योग संघ, कास्कीको संक्षिप्त चिनारी

जीवन गोर्खाली , सचिव, नेपाल मुद्रण उद्योग महासंघ
नेपालमा मुद्रण उद्योगको इतिहास लामो छ । त्यो इतिहाससँग पोखराको पनि इतिहास जोडिन्छ । पोखरा र गण्डकी क्षेत्रमा मुद्रण व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले मुद्रण व्यवसायमा संलग्न हुँदै मुद्रण उद्योग महासंघका सवै गतिविधिहरुमा सकारात्मक भूमिका प्रवाह गर्न सफल छन् । नेपाल मुद्रण उद्योग महासंघले सञ्चालन गर्ने कार्यक्रमहरुमा नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समिति र मुद्रण उद्योग संघ, कास्कीले सकृयता साथ सहभागीता जनाउँदै आएको छ । व्यवसायीका पक्षमा काम गर्नु नै महासंघ मातहतका संघ र नेतृत्वको मुख्य उद्देश्य हो । गण्डकी प्रदेशभरि करिव १५० व्यवसायी, १ अरव ६ करोड, ६५ लाख लगानी, ५६ करोड ६० लाख वार्षिक कारोबार र ६०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको तथ्यांक छ । यस लेख मार्फत मुद्रण उद्योग संघ, कास्की र नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समितिको संक्षिप्त इतिहास प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
मुद्रण उद्योग संघ, कास्की
 कल्याण पालिखे
संस्थापक अध्यक्ष
२०६६ सालमा पोखरामा मुद्रण व्यवसायीहरुलाई संगठित गर्न उद्देश्यले मुद्रण व्यवसायी भेटघाट कार्यक्रम तय भयो । सबै प्रेसका सञ्चालकको नाम सम्पर्क नं. संकलन गरी २०६६ आषाढ १७ गते मुद्रण व्यवसायीहरुको प्रथम भेला चिप्लेढुङ्गा स्थित दि भिलेज रेष्टुरेण्टको हलमा सम्पन्न भयो । उक्त भेलाले मुद्रण उद्योग संघ, कास्की नामाकरण गरी ७ सदस्यीय तदर्थ समिति गठन गर्दै संस्थालाई जन्म दियो । उक्त समितिमा संयोजक पदमलाल श्रेष्ठ, सह संयोजक गिर बहादुर श्रेष्ठ, सदस्य सुवास सिग्देल, जीवन गोर्खाली र रामनाथ भण्डारी चयन हुनुभयो भने सल्लाहकार कल्याण पालिखे र रबी सिग्देल रहनुभएको थियो । यो कार्यक्रम कल्याण पालिखे, पदमलाल श्रेष्ठ र गिरबहादुर श्रेष्ठको विशेष सकृयतामा सम्पन्न भएको थियो ।
२०६७ सालमा विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा मुद्रण उद्योग संघ, कास्की दर्ता भयो । २०६७ फागुपूर्णिमाको दिन महेन्द्रगुफामा दोश्रो साधारण सभा तथा प्रथम  अधिवेशन सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मुद्रण  उद्योग संघका अध्यक्ष नरेश बाबु मल्ल हुनुहुन्थ्यो । दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट अग्रज मुद्रण व्यवसायी श्री कल्याण पालिखेज्यू अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो । पदमलाल श्रेष्ठ उपाध्यक्ष, रामनाथ भण्डारी सचिव, गिर बहादुर श्रेष्ठ सहसचिव, सुवास सिग्देल कोषाध्यक्ष र सदस्यहरुमा महेन्द्र बजिमय, नवराज सुवेदी, रतन गुरुङ, अनुप बज्राचार्य कार्य समितिमा निर्वाचित हुनुभयो । सोही कार्यकालमा नेपाल मुद्रण उद्योग महासंघको प्रथम अधिवेशनमा मुद्रण उद्योग संघ कास्कीबाट करिब ७ जना प्रतिनिधले भाग लिएका थिए । सोही अधिवेशनमा मुद्रण उद्योग संघ, कास्कीका संस्थापक अध्यक्ष कल्याण पालिखे पश्चिमाञ्चल क्षेत्रको केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकालमा पोखराका व्यवसायीहरुले पहिलो पटक इन्डियाको प्रगती मैदानमा भएको मुद्रण सम्वन्धी मेला अवलोकन कार्यक्रम सम्पन्न भएको थियो । कल्याण पालिखेज्यूको कार्यकालमा मुद्रण उद्योग संघ, कास्कीले आफ्नो संगठन विस्तार, विकास र थुप्रै समस्या र चुनौतिहरुको सामना र समाधानको मार्ग प्रदान गर्दै ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।                                                                          
 महेन्द्र बजिमिया
पूर्व अध्यक्ष
२०७० फागुनमा मुद्रण व्यवसायी महेन्द्र बजिमयज्यूलाई पाँचौ साधारण सभा तथा दोश्रो अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी कास्कीका मुद्रण व्यवसायीहरुले प्रदान गरे । उक्त अधिवेशनबाट कार्यसमितिमा कल्याण पालिखे निवर्तमान अध्यक्ष, पदमलाल श्रेष्ठ उपाध्यक्ष, गिर बहादुर श्रेष्ठ सचिव, जीवन गोर्खाली सहसचिव, चिन्तामणि बास्तोला कोषाध्यक्ष र सदस्यहरुमा सुवास सिग्देल, राजन कुमाल, दिनेशचन्द्र वास्तोला, गोविन्द रेग्मी, बसन्त बास्तोला मनोहर दाहाल निर्विरोध निर्वाचित हुनुभयो । सल्लाहकारहरुमा श्री रतन गुरुङ, श्री देवी प्रसाद अर्याल, श्री रामनाथ भण्डारी र श्री कृष्णप्रसाद ढुङ्गानाज्यूहरुलाई पहिलो बैठकबाट मनोनित गरियो । उहाँको कार्यकालमा मुद्रण उद्योग संघ कास्कीले पुराना र अग्रज मुद्रण व्यवसायीहरु चित्राङ्गत सिग्देल, कृष्णजी शर्मा तिवारी, बसन्तलाल बजिमय र तीर्थलाल रञ्जीत जस्ता पुराना  अग्रज व्यवसायीहरुलाई सम्मान गर्ने कार्यदेखि लिएर थुप्रै सामाजिक र  व्यवसायी हितका कामहरु सम्पन्न भएका थिए । उहाँकै कार्यकालमा  नेपाल मुद्रण उद्योग महासंघको केन्द्रिय सदस्य जस्तो गरिमामय महेन्द्र वजिमय र पदमलाल श्रेष्ठले महासंघमा नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो । उहाँको कार्यकालमा पनि इन्डियाको ग्रेटर नोयडामा भएको प्रिन्ट प्याक अवलोकन गर्दै महेन्द्र वजिमयज्यूको कार्यकाल भब्य रुपमा स्मरणयोग्य रुपमा सम्पन्न गर्न सबै व्यवसायीहरुको साथ थियो ।
पदमलाल श्रेष्ठ  
निवर्तमान अध्यक्ष
२०७४ माघ १ गते सोमबारका दिन आठौं साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भयो । उक्त अधिवेशनबाट श्री पदमलाल श्रेष्ठज्यू अध्यक्ष निर्वाचित हुनुभयो । अधिवेशनबाट कार्यसमितिमा मेहन्द्र बजिमय निबर्तमान अध्यक्ष, गिर बहादुर श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, चिन्तामणि वास्तोला प्रथम उपाध्यक्ष, सुवास सिग्देल द्वितिय उपाध्यक्ष, जीवन गोर्खाली महासचिव, निरञ्जन वजिमय सचिव, बसन्त वास्तोला कोषाध्यक्ष, राजन कुमाल सहकोषाध्यक्ष र सदस्यहरुमा दिनेशचन्द्र वास्तोला, विष्णु बहादुर अधिकारी, रामप्रसाद भुर्तेल, पदम श्रेष्ठ, प्रकाश पौडेल निर्विरोध निर्वाचित हुनुभयो । उपसमितिका सदस्यहरुमा अनन्त प्रधानाङ्ग, कृष्ण रञ्जितलाई मनोनित गरिएको थियो । सल्लाहकारहरुमा संस्थापक अध्यक्ष श्री कल्याण पालिखे, श्री रतन गुरुङ, श्री देवीप्रसाद अर्याल, श्री उमानाथ बराल र श्री कृष्णप्रसाद ढुङ्गाना ज्यूहरुलाई पहिलो बैठकले मनोनित गरेको थियो ।  यस बेलासम्म संस्थाले एउटा बास्तविक स्वरुप धारण                          गरिसकेको थियो । चुनौति र अवसरहरुलाई सामना गर्दै अध्यक्ष श्री पदमलाल श्रेष्ठको कार्यकाल प्रारम्भ भयो । नयाँ कार्यसमिति चयन भइसकेपछि नेपाल मुद्रण उद्योग महासंघको तेश्रो अधिवेशनमा भाग लिन पोखराबाट करिब १० जना प्रतिनिधिहरु काठमाण्डौं गई क्षेत्रिय उपाध्यक्षमा देविप्रसाद अर्याल, केन्द्रिय सदस्यहरुमा जीवन गोर्खाली र गोविन्द रेग्मीलाई निर्वाचित गराई महासंघमा नेतृत्व गर्ने अवसर प्रदान भयो ।
गिरबहादुर श्रेष्ठ (किरण) 
अध्यक्ष
२०७७ फागुन २१ र २२ गते पोखरा–२२, कालावाङ घडेरी होमस्टेमा सम्पन्न ११ औं साधारण सभा र चौथो अधिवेशनबाट गिर बहादुर श्रेष्ठ किरणको नेतृत्वमा मुद्रण उद्योग संघ, कास्कीको कार्यसमिति निर्वाचित भयो । जसमा पदमलाल श्रेष्ठ निवर्तमान अध्यक्ष, चिन्तामणि बास्तोला बरिष्ठ उपाध्यक्ष, निरञ्जन बजिमया प्रथम उपाध्यक्ष, दिनेशचन्द्र बास्तोला द्धितीय उपाध्यक्ष, रामप्रसाद भूर्तेल महासचिव, राजन कुमाल सचिव, प्रकाशराज पौडेल कोषाध्यक्ष सहकोषाध्यक्ष पदम श्रेष्ठ र सदस्यहरुमा क्रमशः अनन्त प्रधानाङ्ग, गुरुदत्त पौडेल, नारायण अधिकारी, कृष्णलाल रञ्जित, प्रविण विजुक्छे, पुष्कर श्रेष्ठ निर्वाचित हुनुभएको थियो । कोरना कालमा शुरु भएको वहाँको कार्यकालमा केही उदाहरणीय कार्यहरुको सुरुवात भएको छ । कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिमको व्यवस्थापन, राहत वितरण, अध्ययन अवलोकन भ्रमण, व्यवसायीहरु बीच भाइचारा अभिवृद्धि, मर्यादित व्यवसायीक   सहकार्य आदिका माध्यमबाट वहाँले आफ्नो कार्यकाल चलाईरहनु  भएको छ । साथीहरुसँग छलफल र सहकार्य गरेर अगाडि बढेको कास्कीको नेतृत्वले महासंघले पनि सम्झनलायक कामहरु गरेको छ । हाल कास्कीको सल्लाहकार समितिमा मुद्रण उद्योग संघ कास्कीका संस्थापक अध्यक्ष कल्याण पालिखे, पूर्व अध्यक्ष महेन्द्र बजिमय, कृष्णराज ढुङ्गाना, उमनाथ बराल, रतन गुरुङ, सुवाश सिग्देल र राजु बैद्यज्यूलाई रहनु भएको छ । यो समितिले सम्पूर्ण व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा सहयोग पु¥याउनका लागि प्याक मेनेजर नामक क्यालकुलेशन सफ्टवयरको विकास गरी प्रयोगमा ल्याउन सफल भएको छ । यसलाई देशभरिका व्यवसायी माझ लगेर आर्थिक रुपमा पनि संस्थालाई बलियो बनाउने उद्देश्य संघले राखेको छ ।
नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समिति
नेपाल मुद्रण उद्योग महासंघले प्रदेश समिति गठन गर्ने निर्णय गरेपछि नेपालभरिमा सबैभन्दा पहिला गण्डकी प्रदेश समिति गठन भएको थियो । जसरी गण्डकी प्रदेश समिति गठन भयो, त्यसरी नै आफ्ना गतिविधिहरुलाई सकृयताका साथ अगाडि बढाउँदै प्रदेशभरिका व्यवसायीहरुलाई आवद्ध गर्ने काम यो समितिले सफलता प्राप्त ग¥यो । जिल्ला संघहरु गठन गर्दै व्यवसायीहरुका समस्या र समाधानका लागि सम्बन्धित निकायको ध्यानकर्षण गर्न पनि यो समिति सफल भएको थियो । मुद्रण उद्योग संघ, कास्कीको नेतृत्वलाई सफलतापूर्वक सम्पन्न गरी प्रदेशको नेतृत्व सम्हाल्न आउनु भएका अग्रज मुद्रण व्यवसायी महेन्द्र बजिमयले मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समितिलाई संस्थागत रुपमा व्यवसायीहरुका बीचमा स्थापित गर्न सफल हुनुभयो । २०७५ साल पौष १८ गते भएको पहिलो अधिवेशनबाट महेन्द्र बजिमयको अध्यक्षतामा खगेन्द्रप्रसाद अर्याल प्रथम उपाध्यक्ष, रामराज गुरुङ द्धितीय उपाध्यक्ष, बसन्त बास्तोला महासचिव, भिमबहादुर रसायली सचिव, विष्णुबहादुर अधिकारी कोषाध्यक्ष, सुदर्शन रेग्मी सहकोषाध्यक्ष र सदस्यहरुमा श्रीधर कँडेल, विष्णुप्रसाद वाग्ले, राजन श्रेष्ठ, श्रीराम सिग्देल, गीता खनाल, इन्द्रबिर कार्की, सूर्यप्रसाद पौडेल, कोपिला श्रेष्ठ, पुनम गुरुङ, मनोहर दाहाल, भिमनाथ शर्मा रहेको १९ सदस्यीय प्रदेश समिति गठन भएको थियो । पहिलो समिति भएकाले यसले आफ्ना गतिविधिहरु प्रदेश केन्द्रित गर्दै विभिन्न जिल्लामा संगठन विस्तार, भिन्न भिन्न जिल्लामा बैठकको आयोजना गर्दैै व्यवसायीहरुलाई एकतावद्ध बनाउँदै सकृयताका साथ गतिविधीहरु सञ्चालन गरेको थियो । प्रदेश समितिलाई व्यवस्थित बनाउँदै व्यवसायीहरुका बीचमा नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समिति अभिन्न अंगजस्तै बनिसकेको छ ।
  बसन्त बास्तोला 
प्रदेश अध्यक्ष
२०७९ असार १८ गते नेपाल मुद्रण उद्योग महासंघ, गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनबाट बसन्त बास्तोलाले नेतृत्व सम्हाल्नुभयो । उक्त समितिमा महेन्द्र बजिमय निवर्तमान अध्यक्ष, सुदर्शन रेग्मी प्रथम उपाध्यक्ष, भिम रसाईली द्धितीय उपाध्यक्ष, मनोहर दाहाल महासचिव, भिमनाथ शर्मा सचिव, कोपिला श्रेष्ठ कोषाध्यक्ष, सूर्य पौडेल सहकोषाध्यक्ष र सदस्यहरुमा पुनम गुरुङ, धनश्याम गौतम, गीता खनाल, गोविन्द सिग्देल, सन्दीप खत्री, नविन श्रेष्ठ, माधव तिवारी, श्रीधर कँडेल, ध्रुव तिवारी सहितको गठन भएको छ । यो समितिले पनि अघिल्लो समितिले ल्याएका योजना र कार्यक्रमहरुलाई निरन्तरता दिदैं आएको छ । सकृयताका साथ मुद्रण गतिविधिहरुलाई व्यवसायीहरुका माझमा लगेर गुनासाहरु सुन्दै समाधान तर्फ उन्मुख समिति प्रतिकूल परिस्थितिका बावजुद पनि सकृयताका साथ अगाडि बढेको छ । नेपाल मुद्रण उद्योग महासंघले पनि मुद्रण उद्योग संघ, कास्की गण्डकी प्रदेस समितिलाई   अत्यन्त नजिकबाट सहयोगी हात र काँधको रुपमा लिएर अगाडि   बढिरहेको देशैभरिका व्यवसायीहरुले अनुभूती गर्न सक्ने अवस्था छ ।
नियमित क्यालेण्डर प्रकाशन गर्ने, समयसापेक्ष रुपमा मूल्य समायोजन गर्दै मूल्यसूची प्रकाशन गर्ने, संगठन विस्तार र भाइचारा अभिवृद्धि, रोकारवाला निकायसँग व्यावसायिकहकहितका लागि क्रियाशील, सुख, दुःखमा व्यवसायीका साथमा संगठनलाई उपस्थित गराउने, देश तथा विदेशमा आयोजना भएका कार्यक्रमहरुमा सहभागीता जनाउने, संघ, महासंघका साधारण सभा र अधिवेशनमा उपस्थिती जनाउने, सरकारी निकायमा व्यवसायीका समस्याहरुलाई लिपीवद्ध रुपमा राख्ने अभियानको थालनी, मुद्रण व्यवसायसँग आवद्ध जनशक्तिलाई दक्ष र क्षमतावान बनाउन तालिमको व्यवस्थापन, अन्य वस्तुगत संघ, संगठनसँग सहकार्य, अन्तरकृया गरी व्यवसायीक ज्ञान आदान प्रदान गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्दै राहत वितरण, सार्वजनिक कार्यमा अन्य संघ संस्थासँग सहकार्य, रक्तदान जस्ता कार्यक्रमहरु सञ्चालन गरेको, व्यवसायीहरुलाई दक्ष बनाउँदै सबल व्यवसायी बनाउन विभिन्न समयमा तालिम र सेमिनारको आयोजना जस्ता कार्यक्रमहरु सञ्चालन गरेर मुद्रण उद्योग संघ, कास्की र गण्डकी प्रदेश समितिले व्यवसायीहरुलाई संगठित गरिरहनु भएको छ ।
सन्दर्भ सामग्रीः
मुद्रण सन्देश २०७७– मुद्रण उद्योग संघ, कास्की