नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय समितिको तेस्रो बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न

नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय समितिको तेस्रो बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न


नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय समितिको तेस्रो बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न
March 14, 2019

नेपाल मुद्रण उद्योग महासंघको मिति २०७५ फगुन २५ गते चितवन जिल्लाको सौराहामा केन्द्रीय समितिको तेस्रो बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

सो बैठकले सचिवालयबाट यस बीचमा भएका निर्णयहरुको अनुमोदन गर्दै केन्द्रीय समितिको बैठकबाट यस अघि गरिएका बिभिन्न निर्णयहरु तथा यस बैठकबाट समेत भएका निर्णहरुलाई तदारुक्ताका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ । साथै बैठकबाट महासंघका कार्य तथा गतिविधिहरुलाई ब्यवस्थित रुपमा अघि बढाउन बिधानको ब्यवस्था अनुसार प्रकाशन र संचार तथा प्रशारण समिति गठन गरिएको छ ।
सचिवालयबाट तयार बनाईएको बार्षिक कार्ययोजनाहरुलाई कार्यान्वयन गर्ने आधार र प्रक्रिया थप गर्नेगरी पारित गरिएको छ । साथै प्रिन्टिङ्ग तथा फोटो ग्राफी एक्सपोमा मुद्रण ब्यसायिको ब्यापक सहभागिता गराई मुद्रण ब्यवसायिको हितमा उपभोग गर्ने, २०७६ सालको क्यालेण्डर प्रकाशन गर्ने, सामूदायिक विद्यायका पाठ्यपुस्तक छपाई तथा बितरणका लागि सूचिकृत ब्यवसायीका बीचमा समन्वयगरी समयमै जिम्मेवारी अनुरुपको कार्य पूरा गर्न गराउनका लागि पहल गर्ने, World Printing and Communication Forum को London हुने Conference तथा बैठकामा महासंघको तर्फबाट सहभागिता जनाउने र महासंघका उद्धेश्य तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्न पदाधिकारी तथा सदश्यहरुका बिचमा कार्य बिभाजन गर्ने CNI लगायतका प्रतिनिधिमूलक संस्थाहरुमा आवद्धताका लागि आवस्यक छलफल गर्ने निर्णय गरिएको छ ।

साथै सो बैठकबाट सचिव अरुण सापकोटाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गोविन्द रेग्मी, राजन प्रसाद पाठक र सुदिप न्यौपाने सदश्य रहेको प्रकाशन समिति र केन्द्रीय सदस्य पीबी पोखरेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु जीवन गोर्खाली र छत्रबहादुर साउद सदस्य रहेको संचार तथा प्रशारण समिति गठन गरिएको छ ।