नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्य समिति चयन

नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्य समिति चयन


नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्य समिति चयन
November 17, 2018

काठमाडौं । नेपाल मुद्रण उद्योेग महासंघको तेस्रो महाधिवेशन अन्तर्गत मसिर १ गते सम्पन्न निर्वाचनले आगामी दुई बर्षका लागि निवर्तमान महासचिव पुष्कल गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । ३९ सदयीय कार्यसमितिमा ३७ जनाको प्रत्यक्ष निर्वाचनबाट निर्वाचन गर्ने प्रावधान अनुसार निर्वाचन गरिएको छ भने बाँकी २ जना अध्यक्षले मनोनयन गर्न पाउने ब्यवस्था रहेको छ ।
देशभरबाट सहभागी महाधिवेशन प्रतिनिधिहरुको बीचबाट अध्यक्ष लगायत सबै पदका लागि निर्वाचन भएको थियो । केन्द्रीय पदाधिकारीहरुमा अध्यक्षमा पुष्कल गौतम, बरिष्ठ उपाध्यक्षमा खोमकान्त रेग्मी, उपाध्यक्षहरुमा देवेन्द्र बहादुर बस्नेत, सिताराम शाह, गोपाल प्रसाद ढकाल, देवी प्रसाद अर्याल, बिष्णु तिवारी, हिमा कुमारी उपाध्याय र महेश दाहाल निर्वाचित हुनुभएको छ ।
त्यसंगरी महासचिवमा युवराज श्रेष्ठ, सचिवमा अरुण सापकोटा सहसचिवमा राजकुमार घिमिरे, कोषध्यक्षमा कुयाङ.लामा, सह कोषाध्यक्षमा टिका नेपाल, एसोसियट सदस्यमा बसन्त नारायण भोछिभोया र सदस्यहरुमा अर्जुन प्रसाद सापकोटा, मनोज कुमार जिसी, सुदिप न्यौपाने, राजन प्रसाद पाठक , टपेन्द्र बिक्रम शाह , चण्डी ढकाल ,निराजन शाक्य, राजकुमार शाह, प्रलाद दाहाल, फुदम यादव, प्रविण कुमार यादव, इन्द्र पालिखेल, कमल कार्की, जीवन गोर्खाली, गोविन्द प्रसाद रेग्मी, गिरिराज गैरे, मिना सुवेदी ढकाल, शुसिल शर्मा, छत्रबहादुर साउद र डम्बर सिह धामी चयन हुनुभएको छ ।