मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौं विजयी

मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौं विजयी


मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौं विजयी
February 14, 2021

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौ मुद्रण उद्योग संघ बिजयी भएको छ ।

वैजयन्ती फुटसल, ड्रिमसिटी, भक्तपूरमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल मुद्रण उद्योग महासंघ/नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश र काठमाडौ मुद्रण उद्योग संघवीच प्रतिस्पर्धा भएको थियो ।

दुबै टिमको ३/३ गोल भै खेल बराबर भएकोले पेनाल्टीबाट जित हात पार्दै काठमाडौ मुद्रण उद्योग संघले ट्रफी हात पार्न सफल भएको थियो ।

खेलको समापन पछि बिजयी टिम काठमाडौ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठलाई नेपाल सरकार बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत र नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले ट्रफी प्रदान गरेका थिए ।

Source: https://www.janatapati.com/news-detail/65827