नेपाल मुद्रण उद्योग महासंघ एसिया प्रिन्ट महासंघमा आवद्ध

नेपाल मुद्रण उद्योग महासंघ एसिया प्रिन्ट महासंघमा आवद्ध


नेपाल मुद्रण उद्योग महासंघ एसिया प्रिन्ट महासंघमा आवद्ध
May 15, 2019

नेपाल मुद्रण उद्योग महासंघ एसिया प्रिन्ट महासंघ (एसिया प्रिन्ट) मा आवद्ध भएको छ । एसियाली मूलुकका बिभिन्न प्रिन्टि सम्वद्ध बिभिन्न राष्ट्रिय संघ महासंघ सम्वद्ध यस एसिया प्रिन्ट महासंघमा नेपाल मुद्रण उद्योगले पहिलो पटक आवद्धता पाएको हो ।
हाल यस एसिया प्रिन्ट महासंघमा नेपाल लगायत चाईना, भारत, इण्डोनोसिया, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका र थाईल्यान्ड सदस्यको रुपमा रहेका छन् । हाल यस महासंघको अध्यक्ष मलेसियन नागरिक बेल्ले याम रहनुभएको छ ।
सन् २००९मा चाईनाको बेईजिड शहरमा दक्षिण एशियाली प्रिन्टड संस्थाहरुको भेलाले यस एसिया प्रिन्ट महासंघ गठन गरिएको हो । तत्पश्च्यात यस यस एसिया प्रिन्ट महासंघले दक्षिण एसियाली मूलुकहरुमा प्रिन्टिड सम्वद्ध बिभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।